नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपाललाई युवा पत्रकारिता पुरस्कार

२२ माघ ,विराटनगर।

नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपाल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच नेपाललाई ‘कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८१ ले पुरस्कृत गरिएको हो ।

डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिताका विभिन्न विधामा काम गरिरहेका नेपाल हाल नेपाल टाइम्समा समाचार प्रमुखका रुपमा कार्यरत छन् । यसअघि विभिन्न टेलिभिजन, एफएम रेडियो तथा पत्रपत्रिकामा काम गरेको अनुभव उनीसंग रहेको छ ।

प्रेस स्वतन्त्रता तथा पत्रकारिताको उन्नयनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रेस चौतारी नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा उनलाई पुरस्कारसहित सम्मान गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी लगायतले समाचार प्रमुख नेपाललाई सम्मानपत्रसहित दोसल्ला ओडाएर पुरस्कार प्रदान गरे ।

सो अवसरमा विद्यावारिधी गरेका डा.धर्मराज ढकाल र डा. डिल्ली पोखरेललाई पनि सम्मान गरिएको छ । कार्यक्रममा संविधानसभा सदस्य समेत रहेका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले प्रेस स्वतन्त्रका पक्षमा प्रदेश सरकार सदैव उभिएको भन्दै पत्रकारहरुको आलोचनात्मक चेतको सरकारले सम्मान गर्ने बताए ।

 

 

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top