NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

सडक जामले एम्बुलेन्समै प्रसव पीडाको चित्कार!

मङ्लबार माघ २२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
सडक जामले एम्बुलेन्समै प्रसव पीडाको चित्कार!
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ माघ , काठमाण्डौ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा सडक आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले गरेको यातायात बन्दका कारण प्रसव पीडामा छट्पटाईरहेकी एक महिलाले थप असह्य पीडा भोग्नु परेको छ ।

पाँचथरको स्थानीयस्वास्थ्य चौकीमा प्रसुतिका लागि भर्ना गरिएकी एक महिलाको त्याहा शल्यक्रिया हुन् नसकेपछि जिल्ला अस्पताल लैजाने क्रममा उनी सवार एम्बुलेन्स नै रातभर बीच सडकमा रोकिएको थियो ।

Advertisement

असह्य प्रसव पीडाका बीच उनी सवार एम्बुलेन्सले सडकमा अवरोधका लागि राखिएको रुखको अवरोध छिचोल्न नसकेपछि उनले रातभर एम्बुलेन्समै प्रसव पीडासहित असह्य पीडा भोग्नु परेको थियो ।

रातीको झन्डै २ बजे हिलिहाङबाट उनी सवार एम्बुलेन्स पाँचथर सदरमुकाम फिदिम बजारतर्फ निस्किएको थियो । कबेली नजिकै रहेको सिंगापुर स्वास्थ्य चौकीमा बच्चा जन्मिन नसकेपछि मंगलबार राती हिलिहाङ गाउँपालिका– २ सिंगापुरकी १८ वर्षीया कल्पना जोगीलाई लिएर उनका आफन्त र एम्बुलेन्स चालक नर्बु शेर्पा जिल्ला अस्पताल फिदिमतर्फ जाँदै थिए ।

सुत्केरी बेथाले च्यापेपछि उनी सोमबार दिउँसो सिंगापुर स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँ पुग्दा सहज प्रसूति नभएपछि राती १० बजेतिर हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई एम्बुलेन्स पठाइदिन भनिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ गाउँपालिका–३ को एम्बुलेन्सलाई राती ११ बजेतिर हेल्थपोष्टमा बिरामी लिन पठाइएको थियो। एम्बुलेन्स चालकले पाथीभरामा केबलकार निर्माणविरुद्ध तत्काल बाटोमा रुख ढालेर अवरोध गरेको बारे स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई जानकारी गराएका थिए ।

झन्डै एक घण्टासम्म बाटो खुल्छ की भन्ने आसमा आफन्त र चालक बीच जंगलमै कुरेर बसे। तर बाटो खुल्ने छाँट देखिएन। तर, सुत्केरी व्यथा लागेकी जोगी निरन्तर छट्पटाई रहिन्। त्यही छट्पटाईरहेको अवस्थाको उनको चित्कारसहितको भिडिओ अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भिडिओमा अधिकांशले मानव संवेदनशीलतामाथि खेलबाड भएको भन्दै बन्दकर्ताहरुको बन्दको शैलीको कडा आलोचना गरेका छन् भने प्रसव पीडामा छट्पटाइरहेकी महिलाको चित्कार सुन्न आग्रह गरेका छन् ।

सडक खुल्ने छाँटकाट नदेखिएपछि एम्बुलेन्सलाई फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ–३ को बर्थिङ् सेन्टरमा पु¥याइएको थियो । तर त्यहाँ पनि उनको उपचार सम्भव भएन। रातभरिको छट्पटाहटमा पनि उनले शिशुको जन्म दिन सकिनन्।

रुख ढालेर बन्द गरिएको सडक खुलाउने प्रयास कसैबाट पनि भएन। जब बिहान भयो अनि प्रहरी टोली बाटो अवरुद्ध भएको ठाउँमा पुगेको थियो। बाटो मंगलबार बिहान मात्रै खुलेकोले जोगीलाई पाँचथर जिल्ला अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख एवम् स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताएका छन् ।

सुत्केरी बेथाले च्यापेकी उनको जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको छ । फुङलिङ नगरपालिकाको काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण गर्ने योजनाले स्थानीय समुदायमा असन्तुष्टि पैदा गरेको छ।

’नो केबलकार’ अभियानका समर्थकहरूले केबलकार निर्माणले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय सन्तुलनमा असर पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। माघ १२ गते केबलकार निर्माणको विषयमा भएको झडपमा प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए।

त्यसयता उनीहरु आन्दोलित भएका थिए । केबलकार विवाद समसधानका लागि संघीय सरकार र असन्तुष्ट पक्षका वार्ता टोलीबीच वार्ता प्रक्रिया भने सुरु भइरहेको छ । हिजो पहिलो चरणको वार्ता सकारात्मक भएकोमा आज पुनः सहमतिको प्रयास गरिएको छ ।

आन्दोलनका आफ्नै कारण र मागहरू हुन सक्छन्, तर त्यही आन्दोलनकै कारण कोही ज्यान गुमाउने अवस्थामा पुग्नुपर्ने? एउटा गर्भवती महिला, जो आफ्नो नवजात शिशु जन्माउन जीवन र मृत्युको दोसाँधमा थिइन्, उनी कुनै पक्षको विरोध वा समर्थन गर्न सवारी गरिरहेकी थिइनन्।

उनी त केवल अस्पताल पुग्न चाहन्थिन्। तर, आन्दोलनको आवरणमा गरिएको यातायात अवरोधका कारण उनले त्यो न्यूनतम अधिकारसमेत गुमाउनु प¥यो। मानवीय संवेदनशीलताभन्दा माथि कुनै पनि आन्दोलन हुन सक्दैन।

विरोधका स्वरूप जुनसुकै किन नहुन्, तिनले निर्दोष नागरिकको जीवन रक्षासँग सम्झौता गर्न दिनुहुँदैन। एकजना आमा र उनको जन्मदै गरेको नवजातशिशुले रातभर भोगेको पीडा कुनै पनि हालतमा उपेक्षा गर्न मिल्दैन।

यो केवल एउटा घटना होइन, यो हाम्रो समाजको संवेदनहीनताको ऐना हो। समय छँदै चेत नखुल्ने हो भने भोलि यस्तै पीडा तपाईँ–हामीले पनि भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। यसैले बन्दको विकल्प खोजौं

Tags: #मुक्कुम्लुङ पक्षधर बन्दकर्ता#सडक जामले एम्बुलेन्समै प्रसव पीडा

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.