अरनिकोमा ४८औं खेलकुद प्रतियोगिता सुरु

२३ माघ ८१, बुधबार
Share this
715shares

२३ माघ , विराटनगर ।

Advertisement

विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले ४८औं खेलकुद प्रतियोगिता २०८१ मंगलबारदेखि सुरु गरेको छ। रिले दौड, फुटबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल, भलिबल लगायतका खेल समावेश गरिएका यस प्रतियोगिता शनिबार सम्पन्न हुने विद्यालयले जनाएको छ।

Advertisement

विद्यार्थीहरूको उत्साहजनक सहभागिताले प्रतियोगिता थप रोचक बनेको खेल प्रतियोगिताका संयोजक शिक्षक सुरज कोइरालाले बताए । उनका अनुसार पहिलो दिन सिनियर र जुनियर फुटबल प्रतिस्पर्धा सम्पन्न भएको छ ।

Advertisement

जसमा रेड हाउस विजयी बन्यो। आज बास्केटबल र रनिङ हिट्सका खेलहरू सम्पन्न भएका छन्। यस्तै १०० मिटर दौड, ४०० मिटर रेस, हाई जम्प, लङ जम्प जस्ता प्रतिस्पर्धाहरू सञ्चालन भएका छन्।

साथै, बेलुन दौड, शेक दौड, टग अफ वार जस्ता खेलहरू पनि साना बालबालिकाहरूका लागि राखिएको छ, जसले उनीहरूको शारीरिक सक्रियता बढाउने लक्ष्य राखिएको छ। वार्षिक रुपमा आयोजना हुने खेलकुद प्रतियोगिताले आफूहरुमा समेत उत्साह बढ्ने भन्दै विद्यार्थीहरुले पनि खुशी ब्यक्त गरेका छन् ।

खेलकुद प्रतियोगिताहरुमा ५ सय भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन् । विद्यालय प्रशासनका अनुसार यस्ता खेल गतिविधिहरूले विद्यार्थीको शारीरिक तन्दुरुस्ती सुधार्नुका साथै अनुशासन, टिम वर्क र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

खेलकुद गतिविधिलाई अझ व्यापक बनाउन शैक्षिक क्यालेन्डर अनुशार नै विद्यालयले थप योजनाहरू समेत बनाइरहेको विद्यालयका प्रधानाध्यापक राजेश कार्कीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top