क्यान्सर दिवसका अवसरमा नोबेल क्यान्सर अस्पतालका विविध कार्यक्रम

२३ माघ , विराटनगर ।

विराटनगरस्थित नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विविध कार्यक्रमसहित सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा सम्पन्न गरेको छ। फेब्रुअरी ४ मा विश्वभर मनाइने क्यान्सर दिवसलाई विराटनगरमा विशेष रूपमा मनाइएको हो ।

कार्यक्रमको सुरुवात नोबेल क्यान्सर अस्पताल परिसरबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथन दौड बाट गरिएको थियो।

त्यसपछि क्यान्सर सचेतना ¥याली, स्लो साइक्लिङ्ग, पारा–साइकलिङ्ग प्रतियोगिता, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) को आयोजना गरिएको थियो।

मिनी म्याराथनको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, लायन्सका गर्भनर विकास अधिकारी, लायन्स जिल्ला ३२५ सीका लायन्स इन्द्र खत्री (राजन) लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

 

 

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, उप–निर्देशक डा. मुक्ति आचार्य, प्राचार्य प्रा. डा. रामहरि घिमिरे, सह–प्रधानाध्यापक डा. ऋतु शर्मा बराल, क्यान्सर उप–निर्देशक डा. प्रदीप भण्डारी, महाप्रबन्धक दिपेश राई, नर्सिङ निर्देशक गंगा अधिकारी, स्त्री तथा प्रसूति विभाग प्रमुख डा. गेहनाथ बराल, एनेस्थेसिया विभाग प्रमुख डा. वन्दना पौडेल लगायत चिकित्सक तथा संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

 

मिनी म्याराथनमा केन्याका नागरिक प्रथम भएका छन् ।

विराटनगरकै चर्चित ब्याण्ड “द शुभम एण्ड स्मृति“ ले सांगीतिक प्रस्तुति दिएको थियो।

साँझ आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो। यस प्रकारका सचेतनामूलक कार्यक्रमहरूले क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको नोबेल क्यान्सर अस्पतालले जनाएको छ ।

नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद्को सहकार्यमा सम्पन्न यो कार्यक्रम आगामी वर्षहरूमा अझ विस्तारित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

 

Scroll to Top