१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो

२३ माघ , एजेन्सी ।

अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा ल्याएको छ । भारतीय समय अनुसार बुधबार दिउँसो २ बजे अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् । उनीहरूमध्ये ३३ जना गुजरात राज्यका छन् । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका यी भारतीय नागरिक मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परेका थिए ।

उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पहिलो पटक अमेरिकाले यति ठूलो संख्यामा भारतीयहरूलाई फिर्ता पठाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणअघि नै गैरकानूनी रूपमा अमेरिका छिरेका भारतीय नागरिकहरूलाई फिर्ता पठाइएको हो।

मोदी दुई दिने अमेरिका भ्रमणमा जाँदै छन्, जहाँ उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। केही समयअघि भएको फोन वार्तामा दुवै नेताहरूबीच अवैध प्रवासनसम्बन्धी छलफल भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई गैरकानूनी प्रवासीहरूको व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए।

भारतले पनि गैरकानूनी रूपमा अमेरिका गएका भारतीयहरूलाई फिर्ता लिन सहमत जनाएको थियो । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा निकायको २०२४ वार्षिक रिपोर्टअनुसार, गत तीन वर्षमा अमेरिकाबाट फिर्ता पठाइएका भारतीयहरूको संख्या ४०० प्रतिशतले वृद्धि भएको छ।

रिपोर्ट अनुसार, २०२१ मा २९२ भारतीयहरूलाई मात्र फिर्ता पठाइएको थियो, तर २०२४ मा यो संख्या १,५२९ पुगेको थियो । ब्लूमबर्गको एक रिपोर्ट अनुसार, अमेरिका र भारतले १८ हजार जना गैरकानूनी रूपमा अमेरिका गएका भारतीयहरूको पहिचान गरेको थियो ।

जसलाई फिर्ता पठाइनेछ। तर वास्तविक संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ। अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्नेहरूमा ३ प्रतिशत भारतीय नागरिक रहेको अमेरिकी सीमा सुरक्षा निकायले जनाएको छ।

ट्रम्पले शपथ ग्रहण गरेकै दिन आप्रवासीलाई घर फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसयता दैनिक हजारौं संख्यामा आप्रवासीलाई डिपोर्ट गरिँदै आएको छ । अमेरिकाको अध्यागमन कार्यालयले देश निकाला गर्ने १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक गरेको छ ।

अमेरिकाले घर फिर्ता गर्न लागेकाहरूमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू रहेका छन् । अमेरिकाकोे सार्वजनिक गरेको सूची अनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

त्यस्तै, चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् । अमेरिकाबाट देश निकाला हुनेको सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top