Nepal Times
Nepal Times
3
Shares

नेपालको पाँचौँ हार, आज पनि १० विकेटले पराजित

नेपालको पाँचौँ हार, आज पनि १० विकेटले पराजित

२३ माघ , काठमाण्डौ।

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । पुजा महतोको अर्धशतकको बाबजुद नेपालले हार व्योहोर्यो ।

१४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन् । फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन् ।

कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन् । मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन् । ७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्।

कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन् । नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन् ।

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले, तेस्रो खेलमा नेदरल्यान्डसँग १५ रनले र चौथो खेलमा थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।

अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ । नेपाल जितविहिन भएसँगै फाइनलमा पुग्न पनि असफल भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.