हमास नेता पाकिस्तान आउँदा भारत त्राहिमाम ,

२३ माघ , एजेन्सी ।

इजरायल र हमासबीच युद्धविराम भइसकेको छ । तर अब हमासले भारतको तनाब बढाउने संकेत दिएको छ । हमासले केही यस्तो गर्दैछ जो भारतका लागि ठूलो खतरा हुनसक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

तर हमासले भारतमा होइन छिमेकी पाकिस्तानमा एक कार्यक्रम गर्दैछ, जसले भारतको तनाब बढाइदिएको हो । रिपोट्र्सका अनुसार जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा एक कार्यक्रम आयोजना गर्न लागेको छ ।

Advertisement

जसमा हमासका सदस्यहरु पनि सहभागि हुने बताइएको छ । जैश ए मोहम्मदका चीफ मसूद अजहर हुन् । उनीसमेत सहभागि हुने कार्यक्रमको स्थान रावलकोट हुनेछ जुन आतंकबादीहरुका लागि लन्चिंग प्याड रहेको मानिन्छ ।

हमासका नेताहरुका पोस्टर यहां टाँसिएका छन् । जम्मू–कश्मीरमा लगातार सैन्य दबावपछि जैश–ए–मोहम्मद निकै कमजोर भइसकेको छ, जसकाकारण अब उसलाई मानिसहरुसंग जोडिनका लागि हमासको सहयोग लिनु परेको छ ।

Advertisement

पीओकेको साबिर शहीद स्टेडियममा ‘कश्मीर सोलिडेरिटी एण्ड अल अक्सा फ्लड’ कन्फ्रेन्सका नामले आज एक बैठक बोलाइएको हो । यता हमासका नेताहरुको पीओकेमा उपस्थिति भारतका लागि भने शुभ समाचार होइन ।

हमासलाई अमेरिकाले आतंकबादी घोषणा गरेपनि भारतले अहिलेसम्म घोषणा गरेको छैन । खासमा भारतले लगातार प्यालेस्टाइनको समर्थन गर्दै आएको छ । इजरायलले भने पटक पटक भारतसंग हमासलाई एक आतंकबादी संगठन मान्नका लागि माग गर्दै आएको छ ।

सन २०२३ मा इजरायलले यस्तै नै एक माग राख्दै भारतमा २६÷११ हमलाका लागि जिम्मेवार मान्दै लश्कर–ए–तैयबालाई एक आतंकबादी संगठन घोषणा गरेको थियो । उता गतवर्ष अगस्टमा पनि हमास र लश्कर–ए–तैयबाका सैफुल्ला खालिदका बीचमा वार्ता भएको थियो ।

कतारको राजधानी दोहामा हमास नेता खालिद मेशालको साथ भएको वार्तालाई लिएर भारत अलर्ट भएको थियो । सैफुल्ला खालिदलाई २०१८मा अमेरिकाको ट्रेजरी विभागका तर्फबाट आतंकबादी घोषित गरिएको थियो ।

सो वार्तालाई लिएर भनिएको थियो कि ईरानमा हमास चीफ इस्माइल हानियाको हत्यामा आफ्नो संवेदना जाहेर गर्नका लागि मेशालसंग वार्ता भएको हो । सैफुल्ला लश्कर–ए–तैयबाका संस्थापक हाफिज सईदका निकटका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top