×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

कांग्रेसमा देउवापछि आरजु, शेखर र गगन कहाँ ?

२३ माघ २०८१

२३ माघ , विराटनगर।

नेपाली काँग्रेस, जो अहिलेको सबैभन्दा ठूलो दल हो र सत्तारुढ पनि । यद्यपि सरकारमा उसका मन्त्रीहरुमात्रै छन् । केपी ओलीले दुई वर्ष चलाएर शेरबहादुर देउवालाई चुनावसम्म बाँकी रहेका बर्ष सरकार चलाउने गरिको शर्तमा प्रधानमन्त्रीको कुर्सी भने एमालेलाई थमाएको छ ।

Advertisement
Advertisement

तर अहिले कांग्रेसको उपस्थिति वा गतिविधि सरकारमा भन्दा पनि पार्टीमै बढी केन्द्रित देखिएको छ । सरकारमा रहेका उसका मन्त्रीहरुको चर्चाभन्दा पनि पार्टीका विभिन्न पोटफोलियोमा रहेका नेताहरुको चर्चा बेस्सरी चलिरहेको छ, उनीहरुको सक्रियता र दौडधुप पनि नेताकार्यकर्ता भेटघाट र देश दौडाहामा बढेको छ ।

कारण हो आउँदै गरेको महाधिवेशन, जो तोकिएको समयमा नहुन् पनि सक्छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । विधानअनुसार चार÷चार वर्षमा महाधिवेशन हुनुपर्छ । त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्नेछ ।

तर अहिले यसको टुंगो लागिसकेको छैन । यसैको आशंकामा गगन थापाले ८४ को चुनावअघि नै महाधिवेशन हुनु पर्छ भन्दै नेतृत्वमा दबाव दिइरहेका छन् । यद्यपि नेताहरू यसको तयारीमा लागेका छन् ।

यसबीच नेता–कार्यकर्तामाझ सबैको चासोको केन्द्रमा छन– सभापति देउवाकी पत्नी डा. आरजु देउवा र महामन्त्री गगन थापा । किनभने गगन थापाले आफूसंग सिमित समय बाँकी रहेको र प्रधानमन्त्री बन्नकै लागि गत चुनाव लडेको बताउँदै आएका छन् ।

यसका लागि उनले संसदीय दलको नेतामा देउवालाई चुनौती पनि दिए तर असफल रहे । पछिल्लो समय भने महामन्त्री थापा र सभापति देउवाबीच सम्बन्ध सुधार भएको चर्चा व्यापक छ । हेर्दा पनि त्यस्तै देखिन्छ । किनभने आलोचनाकै पर्याय बनेका महामन्त्री गगन यतिबेला मौन छन् ।

देउवासहभागी कार्यक्रममा गगन छुट्दैनन् भने उनले सरकार र नेतृत्वको बचाउ गरिरहेका छन् । गठबन्धन र सरकार चाडै ढल्छ भन्नेलाई यो चुनावसम्मै जाने बारबार बताउँदै आएका छन् । यता शेखर कोइरालासँग महामन्त्री थापाको दूरी बढेको छ ।

आउँदो महाधिवेशनमा पार्टी सभापतिको प्रत्यासी बन्ने घोषणा गरिसकेका शेखरसँग दूरी बढ्नु र देउवासँग हिमचिम बढ्नुलाई गगनको व्यक्तिगत महत्वाकांक्षा मात्र नभएर देउवाकै स्वार्थका रूपमा पनि अथ्र्याइएको छ ।

किनभने नेपाली कांग्रेसको विधानअनुसार अब देउवा सभापति बन्न पाउँदैनन् । तर उनी परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी डा. आरजु देउवालाई पार्टीमा स्थापित गर्न चाहन्छन् । यसको संकेत उनले मंगलबार दिए ।

पोखरामा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले घुमाउरो पाराले धर्मपत्नी आरजुको ‘ब्रान्डिङ’ गरे । देउवाले सुरुमा पहाडदेखि हिमालसम्म बस्ने जातजाति, महिला, आदिवासी, दलित सबैको हितका लागि कांग्रेसले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रो देशबाट सबै ठाउँमा अनुकरण हुनसक्छ । त्यसैले हाम्रो पार्टीको काँधमा ठूलो जिम्मेवारी छ । अहिले हामी नेपालले सुरु ग¥यौँ महिलालाई ३३ प्रतिशत । अरू देशमा पनि अहिले आवाज उठेको छ । सबै देशमा महिलाहरूको आरक्षणका लागि आवाज उठेका छन्।’

देउवाले महाधिवेशनमा आफू के चाहन्छन् त भनेनन् तर दुईपटक महिला आरक्षणको प्रशंसा गर्दै महिला र त्यो पनि आरजुलाई अगाडि बढाउने संकेत गरे । पार्टीभित्र आरजुले कुन पद रोज्छिन्, प्रस्ट भइसकेको छैन तर देउवाले आउँदो महाधिवेशनमा उनी आरजुलाई अगाडि बढाउन चाहन्छन् भन्ने प्रस्ट पारेका छन् ।

पोखरा भेलामा देउवाले आरजुका लागि सन्देश प्रवाह गरिरहदा पार्टीका इतर पक्षका नेता शेखर कोइरालालाई नबोलाइएपछि गगन र शेखरको दुरी मात्रै होइन बाटो नै अलग भइसकेको सन्देश मिलेको छ ।

पार्टीको सात प्रदेश सभापति, उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको शेखर निकट नेता गुरुराज घिमिरेले बताएका छन् ।

नेता घिमिरेले पार्टी भनेको पद ओगटेका दुई÷चार व्यक्तिमात्र नभएको टिप्पणी गरेका छन् । उनले थपेका छन्, ‘मूलतः आठ लाख ६० हजार क्रियाशील सदस्य हुन् । पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको असफलता हो । पार्टी आयोजनामा भएको कार्यक्रमलाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ ।’

आरजु नेपाली कांग्रेसको विधान निर्माण गर्नेदेखि समावेशी एजेन्डा बोक्नेसम्म सक्रिय नेतृ हुन् । गैरसरकारी संस्थामार्फत उनले महिला अधिकारका सवालमा कैयौँ काम पनि गरेकी छन् । उनी अहिले कांग्रेसको केन्द्रीय सदस्य छन् ।

परराष्ट्रमन्त्रीका रूपमा उनको भूमिका मध्यमस्तरकै छ । विपिन जोशीको सम्भावित रिहाइ तथा प्रधानमन्त्री ओलीको भारत भ्रमणको तारतम्य मिलाउन सके उनीप्रति तत्काल प्रश्न उठ्ने छैन । तर, पार्टीभित्र उनलाई नरुचाउनेको पंक्ति ठूलो छ ।

आरजुलाई अगाडि बढाउँदा स्वयं शेरबहादुरलाई पनि वंशवादलाई प्रोत्साहन गरेको आरोप लाग्नेवाला छ । यस्तोमा आरजुलाई स्थापित गराउँनै लागि भएपनि देउवालाई गगनजस्ता नेताहरुको र गगनलाई प्रधानमन्त्री वा सभापति बन्न देउवा साथ अनिवार्य छ ।

यसैकालागि दुई नेताबीच हिमचिम पनि बढेको सहजै अनुमान लगाउन सकिन्छ । देउवाको निकट पुगेपछि यसअघि शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार प्रस्ताव गर्छु भनेका थापा अहिले आफैँ सभापति लड्ने गरी देश दौडाहा गरिरहेका छन् ।

उनलाई सभापतिको उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु सिवाकोटी, सांसदहरू प्रतिमा गौतम र कुसुम थापालगायतले पनि जोडबल गरिरहेका छन् । यता महामन्त्री भएपछि स्वयं गगन पार्टीको आन्तरिक संगठनमा पनि शक्तिशाली भएका छन् ।

यता यसअघि पार्टीको संसदीय दलको नेतामा शेखरलाई पछि हटाएर आफूले उम्मेदवारी दिदा उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले समर्थन गरे । तर अहिले भने विश्वप्रकाश शर्माले पनि शेखरसँग नजिक हुने संकेत गरेपछि गगन अब कसको साथ र आडमा सभापतिको उम्मेदवार हुन्छन् भन्ने चासो बढेको छ ।

यद्यपि कतिपयले भने महामन्त्री थापा सभापतिको उम्मेदवार बन्दा कुनै गुटमा सामेल हुनुपर्ने अवस्था नभएको बताउँछन् । गगनले शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा सभापतिको उम्मेदवार हुँदा आरजु देउवा राणाको राजनीतिक व्यवस्थापनको सुनिश्चितता भने गर्नुपर्ने छ ।

यस्तै देउवाले यही गठबन्धनलाई कायम राखेर प्रधानमन्त्री बन्नका लागि गगनको सहयोग लिएको देखिन्छ । अब देउवालाई प्रधानमन्त्री हुने गरी गगनले सहयोग गरिरहेकाले देउवाले पनि आगामी सभापति बनाउन गगनसँग केही राजनीतिक लेनदेन गर्न सक्छन् भन्ने एकथरीको बुझाई छ ।

यस्तोमा अहिले नै महाधिवेशन नियमित समयमा गर्ने कि, आम निर्वाचनअघि वा पछि कहिले गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । महामन्त्री थापा पनि नियमित समय गर्नुपर्छ भन्दै आएका नेतामध्ये थिए ।

तर अहिले उनले पनि महाधिवेशन निर्वाचनअघि गरौँ भन्न थालेका छन् ।यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top