२४ माघ , काठमाण्डौ।
काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका छन् । आगलागीमा परेका १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज विहान बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् । घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो ।
त्यहाँबाट कीर्तिपुर पठाइएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो । अहिले आगलागी भने नियन्त्रणमा आइसकेको अधिकारीले बताए । सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका ११ जना सबै पुरुष रहेको उनले बताएका छन् ।
एसएसपी अधिकारीका अनुशार बिहीबार बिहान कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको हो।
मम सेन्टरमा १४ जना रहेकोमा एक जना बाहिर निस्किएको समयमा अचानक सिलिन्डर पड्किएको थियो । घटनामा २ जना सकुशल रहेका जना भने घाईते ११ जनामध्ये एकको अवस्था गम्भिर रहेको एसएसपी अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि हिमाल अस्पताल लगिए पनि त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुशार घाईते हुनेहरुमा:
१) मोरङको बेलबारी ८ स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ का मनीष पोखरेल
२) चितवन स्थायी घर भई हाल काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ को रोहन लामा
३) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २४ को संजोक मगर
४) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २२ को प्रतीक लामा
५) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २८ को धन बहादुर तामाङ
६) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २५ को नविन मगर
७) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १९ वियस मगर
८) काभ्रे स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २७ को छिरिङ लामा
९) ललितपुर सादोबाटो घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १९ को आयुष मगर
१०) मकवानपुर हेटौँडा स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ को रविन राई
११) उदयपुर स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २० को बिरास कुमार घले रहेका छन् ।
त्याहा कार्यरत फर्पिङ स्थायी घर भएका वर्ष २४ को राज कुमार तामाङ,उदयपुर कटारी घरभई कमलपोखरीमा नै बस्ने वर्ष २० को सुदीप महर्जन र वर्ष १७ को आर्यन महर्जन भने सकुशल रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । घटनाका विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।