×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारलाई प्रचण्डले भन्नुसम्म भने, माफियाको टेस्टमा सरकार

२४ माघ २०८१

२४ माघ ,काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले जिल्ला जिल्लाको मर्निंग वाकमा त कहिले आफ्नोसहित प्रतिष्पर्धीहरुको समेत किल्लाबाट हालको सत्ता गठबन्धन टुट्नै लागेको र ओली नेतृत्वको सरकार ढल्नै लागेको दाबी पछिल्ला महिनाहरुमा गर्दै आएका छन् ।

Advertisement
Advertisement

जसको खण्डनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस–एमालेका नेताहरुले समय खर्च गर्दै आएका छन् । यता क्रमभंगता रुचाउँदै आएका प्रचण्डले भने आफ्नो सोही दाबीलाई आज संसदमा पनि निरन्तरता दिए ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सरकार लामो समय टिक्छ भन्ने विश्वास स्वयं ओलीलाई नभएको दाबी गरे । त्यसको पुष्टि ओलीले पटक पटक समयअघि नै शेरबहादुर देउवालाई कुर्सी सुम्पिन्छु भन्ने कुराले गरेको प्रचण्डको भनाइ थियो ।

यस्तै वर्तमान सरकार असफल भइसकेको, माफियाको टेस्टमा परेको दाबी गरे । ‘प्रचण्ड’ले आजको बैठकमा सम्बोधन गर्ने क्रममा कम्तीमा ७९ वटा प्रश्न गरेका छन् । उनले एमाले, केपी शर्मा ओली र कांग्रेसमाथि प्रश्नको वर्षा गरे ।

सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्तिको अपराधीकरण गर्न खोजेको देखि जनताको मुख थुनेर विवेक नै बन्धक बनाउने नियत देखिएको भनी सरकारको आलोचना गरे । यस क्रममा उनले ओलीको नियत त पहिलादेखि नै प्रस्ट भइसकेको तर अहिले आएर कांग्रेस पनि विवेकहीन समाज बनाउन लागिपरेको त होइन भनेर प्रश्न गरे ।

संविधान संशोधनको एजेन्डामा सरकार बनाइएको तर अहिले प्रधानमन्त्रीले नै यो एजेन्डा छाडेकोमा पनि उनले प्रश्न उठाए । दाहालले सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको आरोप लगाए ।

वर्तमान सरकारले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो ।

मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा,’उनले भने, ‘अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान ।

अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’

सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भनेरसमेत दाहालले सरकारलाई सोधेका छन् । त्यस्तै बिचौलियाहरूलाई नयाँ स्टक एक्सचेन्ज दिन लागिएको उनको दाबी छ । सात महिनाको अवधिमा सरकारका कामले गति नलिएको उल्लेख गर्दै सर्वसाधारणमा निराशा बढ्दै गएको बताए ।

सम्बोधनकै क्रममा उनले सहकारी ठगीमा छानबिनका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिरक्षा गरे । उनले सत्ता साझेदार कांग्रेसले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा मौन बसेको आरोप पनि लगाए ।

अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने खालको विधेयक आउँदा पनि कांग्रेस नबोलेको भन्दै आलोचना गरे । अध्यक्ष दाहालले कांग्रेस नेताहरूको विवेकमाथि पनि प्रश्न उठाए । उनले प्रधानमन्त्री केपी ओलीले विरोध सहन नसक्ने भए पनि कांग्रेसमा भने त्यस्तो किन भयो भनेर प्रश्न गरे ।

कांग्रेसलाई प्रश्न गर्दै अध्यक्ष दाहालले सोधे, ’के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो ।

आज कता हुनुहुन्छ ? तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरुको वैचारिकी ?’ यस्तै ’प्रचण्ड’ले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारमाथि माफियाको ठूलो टेस्ट भएको आरोप लगाएका छन् ।

“डेडिकेटेड तथा ट्रंकलाइनबाट उपभोग गरेको उद्योगहरूले प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्री तहबाटै भएको अवरोधले के प्रमाणित गरेको छ भने माफियाहरूको शक्ति र सरकारको निरीहता स्थापित भएको छ,” उनले भने, यसबीचमा के भएन ?

प्रधानमन्त्रीले रोस्ट्रमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चिता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यलाई बर्खास्त गर्नुभएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ?” यस्तै, ऊर्जामन्त्री दीपक खड्काले रातारात प्राधिकरणमा कार्यकक्ष बनाउने र पटकपटक स्पष्टीकरण सोध्दै कुलमान घिसिङमाथि अपमान गरेको आरोप लगाए ।
अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताए । उनले किसानको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको बताए ।

यस्तै अहिलेको सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप पनि प्रचण्डको छ । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ । प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा लगाइँदैछ ।

यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ प्रचण्डले पनि त्यसै घटनाप्रति संकेत गर्दै सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशोध साँध्ने र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको टिप्पणी समेत गरे ।

यता पाथीभरा केवलकारको विवादमा झडप हुँदा प्रहरीले गोली चलाएको र सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको घटनासमेत जोड्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको आरोप लगाए ।

प्रचण्डले प्रश्न गरे, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?’ यसक्रममा ’प्रचण्ड’ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई जोड्न सकिन्छ कि भनेर प्रधानमन्त्री नै लागेको दाबी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पनि चासो रहेको सुनाए । शेरा दरबारमा आफू जोडिए छानबिन गर्न उनले चुनौती दिए । “शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top