×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास

२५ माघ २०८१

२५ माघ , एजेन्सी ।

विश्व फुटबलका सबैभन्दा सफल डिफेन्डरमध्ये एक ब्राजिली स्टार मार्सेलोले बिहीबार ३६ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ‘मेरो खेलाडी यात्रा यहीँ समाप्त हुन्छ। तर, फुटबललाई अझ धेरै दिन बाँकी छ।

Advertisement
Advertisement

सबैलाई धन्यवाद,’ मार्सेलोले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको भिडियोमार्फत भने। आक्रमणमा समेत उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डर मार्सेलोको करियर ट्रफीहरूबाट भरिपूर्ण छ। सन् २००७ देखि २०२२ सम्म स्पेनिस क्लब रियल मड्रिडमा उनी रहे।

तर, सन् २०२३–२४ उनी आफ्नै बाल्यकालीन क्लब फ्लुमिनेन्स फर्किए। मार्सेलोले ब्राजिलको जर्सीमा सन् २०१४ र २०१८ को विश्वकप खेलेका थिए। सन् २००८ को ओलम्पिकमा कांस्य र सन् २०१२ मा उनी रजत पदक विजेता पनि बने।

रियलबाट उनले पाँच पटक च्याम्पियन्स लिग, ६ पटक स्पेनिस लिगसहित २५ उपाधि जिते। रियलले उनको प्रशंसा गर्दै भनेको छ, ‘मार्सेलो हाम्रो क्लब र विश्व फुटबलका महान् हस्तीमध्ये एक हुन्।’ मार्सेलोले सन् २००६ मा युरोप यात्रा गर्दा रियल कठिन अवस्थामा थियो।

तर, उनले क्रिस्टियानो रोनाल्डोसँगको सहकार्यसँगै रियललाई इतिहासकै सफल युगमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेले। रोनाल्डोले पनि ‘एक्स’ मार्फत भने, ‘मेरो भाइ, कस्तो अविश्वसनीय करियर! हामीले सँगै धेरै क्षणहरू बाँडेका छौं।

तिमी मैदान बाहिर पनि जीवनभरको साथी होऊ। नयाँ यात्रा सफल होस्, साथी।’ १६ सिजनमा ५४६ खेल खेलेपछि मार्सेलोले सन् २०२२ मा पाँचौं युरोपियन कप जित्दै रियल छाडेका थिए। त्यति बेला उनी क्लबको इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडी थिए। तर, लुका मोड्रिच र नाचो फर्नान्डेजले २६ उपाधिसहित त्यो कीर्तिमान भंग गरे।

ग्रिसको ओलम्पियाकोस क्लबमा छोटो समय बिताएपछि मार्सेलो फ्लुमिनेन्स फर्किएका थिए। त्यहाँ उनले कोपा लिबरटाडोरेस उपाधि जित्दै आफ्नो गौरवमय करियरलाई अन्तिम बिदाइ दिएका थिए ।
यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबललाई पुनः प्रतिबन्ध लगाएको छ । फिफा क्यालेन्डर अनुसार नियमित काम नगरेको, समयमा निर्वाचन नगरेको भन्दै फिफाले साउथ एसियन जोनमा रहेको पाकिस्तानमाथि प्रतिबन्ध लगाएको हो ।

यसअघि सन् २०२१ मा पनि पाकिस्तान फिफाको प्रतिबन्धमा परेको थियो । प्रतिबन्धपछि फिफाको क्यालेन्डरमा रहेको अन्तर्राष्ट्रिय खेलहरूमा पाकिस्तान सहभागी हुन पाउनेछैन । सन् २०२१ को एक वर्ष लामो प्रतिबन्धलाई ०२२ मा फुकुवा गर्दै फिफाले विधान बमोजिमको काम गर्न पाकिस्तानलाई आग्रह गरेको थियो ।

तर पाकिस्तान फुटबलमा प्रत्यक्ष राजनीति हाबी भएसँगै समयमा ती कामहरू हुन नसक्दा फिफाले पुनः प्रतिबन्ध लगाएको हो । प्रतिबन्धमा परेसँगै पाकिस्तानले एएफसी एसियन कपको तेस्रो चरणको छनौट खेल्ने अनि अनिश्चित बनेको छ ।

Advertisement

छनौट प्रतियोगिता अन्तर्गत समूह ई मा रहेको पाकिस्तानले सिरिया, अफगानिस्तान र म्यानमारसँग खेल्ने कार्यक्रम रहेको थियो । यो प्रतिबन्ध कति समयको लागि हो भनेर फिफाले खुलासा भने गरेको छैन ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top