×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

विपिन जोशीका विषयमा किन बोल्दैनन् प्रधानमन्त्री ?

२५ माघ २०८१

२५ माघ , एजेन्सी ।

परिणाम र प्रगति नदेखिएपनि हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले कुटनीतिक पहल गरिरहेकी छन् । पछिल्लो समय देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।

Advertisement
Advertisement

हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री आरजुको निजी सचिवालयले जनाएको छ।

इजरायल र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् । हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ ।

यसक्रममा मन्त्री डा राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन् । इजरायल र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री आरजुले हमाससँगको शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आइरहेकी छिन् ।

केही हप्ताअघि मन्त्री डा राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए ।

हिजो इजरायलका राष्ट्रपतिले फोन गरी जोशीको रिहा लागि पहल गर्ने आश्वासन दिएका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री आरजुले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छिन् ।

हरेक पहलमा उनले सकारात्मक आश्वासन मात्रै पाइरहेकी छन् ।तर आरजुको यो पहलले अहिलेसम्म परिणाम भने दिन सकेको छैन् । पहिलो चरणमा हमासले मुक्त गर्ने ३३ जनाको सूचीमा विपिन अटाएका छैनन् ।इजरेलबाहेकका थप ५ थाइल्याण्डका नागरिकलाई हमासले मुक्त गरिसकेको छ ।

इजरायलमाथि हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणका क्रममा विपिन उसको कब्जामा परेका थिए। इजरायल–हमासबीच अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम सम्झौता १९ जनवरी भएको पनि दुई हप्ताभन्दा बढी समय बितिसकेको छ।

बन्दीहरू १९ जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताका सर्त अनुसार एकपछि अर्काे गर्दै रिहा भइरहेका छन्। बदलामा इजरायलले पनि ठूलो संख्यामा प्यालेस्टिनी बन्दीहरू रिहा गरिरहेको छ।

परराष्ट्रमन्त्री डा. राणाले सम्बद्ध मुलुकका समकक्षीहरूसँग विपिनको रिहाइलाई प्राथमिकतामा राखिदिन आग्रह त गरिन्। तर, उनका पहलले परिणाम दिन सकेको स्थिति छैन।परराष्ट्र स्रोतका अनुसार इजरायली पक्षले यसैहप्ता नेपाललाई ‘विपिनको रिहाइका लागि आफूले अन्तिमसम्म पहल गरिरहेको तर, उनको रिहाइका लागि नेपालको उच्च तह (अर्थात् प्रधानमन्त्री) बाट पनि सक्रियता देखाउनुप¥यो’ भन्ने ‘गम्भीर सन्देश’ पठाएको छ।

विपिनको रिहाइका लागि हमासलाई दबाब दिन नेपालका प्रधानमन्त्रीले पनि हमाससँग सम्बन्ध भएका मुलुकका कार्यकारी प्रमुखहरूसँग कुराकानी गरिदिए हुन्थ्यो भन्ने सन्देश इजरायली पक्षको छ।

इजरायली पक्षको जोड टर्कीएका राष्ट्रपति रेसेप तायिप एर्दोगानसँग कुराकानी गरिदिए हुन्थ्यो भन्ने देखिन्छ। तर प्रधानमन्त्रीस्तरबाट अहिलेसम्म कुटनैतिक पहल भएको सार्वजनिक भएको छैन्।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top