भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा

२५ माघ , काठमाण्डौ ।

नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका उच्च नेता, सांसद र पूर्वसंवैधानिक निकायका प्रमुखहरूसम्म राज्यबाट सुविधासम्पन्न सेवा प्राप्त गर्छन्। कानूनी रूपमा सीमित व्यक्तिलाई मात्र सचिवालय, यातायात, आवास, भत्तासहितका सुविधा दिनुपर्ने भए पनि, यी सेवाहरू अपव्यय गर्ने प्रवृत्ति संस्थागत भइसकेको छ।

सचिवालयका कर्मचारी, पारिवारिक सदस्य र राजनीतिक आस्थावान व्यक्तिहरूले समेत सरकारी सवारी साधन निजी काममा प्रयोग गरिरहेका प्रशस्तै उदाहरण छन्। संघीयताको आगमनपछि स्थानीय तह र प्रदेश सरकारमा झनै यो प्रवृत्ति जरा गाडेर बसेको छ।

Advertisement

सरकारी सवारी साधनहरू कार्यालय प्रयोजनका लागि भनेर उपलब्ध गराइन्छन्, तर तिनको व्यापक दुरुपयोग व्यक्तिगत र पारिवारिक काममा भइरहेको छ। सार्वजनिक पदधारण गरेका नेताहरूले अनावश्यक सेवा सुविधा लिने मात्र होइन, ती सुविधाहरू आफू अनुकूल चलाउँछन्।

यति मात्र होइन, नेपालका नेताहरू नैतिकता र आचारसंहिताका विषयमा पटक्कै चिन्तित देखिँदैनन्। सामाजिक सञ्जालदेखि संसद् र सडकसम्म उनीहरूका सुविधाभोगी प्रवृत्तिको आलोचना भइरहे पनि, उनीहरू पदमा टाँस्सिइरहन सफल हुन्छन्।

Advertisement

सत्तामा रहुञ्जेल त नेताहरूले सेवा सुविधा भोग गर्छन् नै, तर पदबाट हटेपछि पनि उनीहरूको यही प्रवृत्ति परिवर्तन हुँदैन। तर, अष्ट्रेलियाबाट आएको एउटा खबरले भने नेपालमा लोप भइसकेको नैतिकता र सादगीको संस्कृतिलाई पुनः स्मरण गराएको छ।

अष्ट्रेलियाकी एक मन्त्रीले व्यक्तिगत पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा उपयोग गरेको स्वीकार गर्दै, नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएकी छन्।

उनको यो निर्णयले देखाउँछ— सार्वजनिक पदमा बस्नेहरूको पहिलो कर्तव्य नैतिकता, पारदर्शिता र जवाफदेहिता हो। नेपालमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूको संख्या असंख्य छ, तर जिम्मेवारी लिने साहस गर्ने कोही छैनन्।

यदि नेपालका नेताहरूमा थोरै मात्र नैतिकता बाँकी भएको भए, सायद आधाजसो पद खाली भइसक्थे होलान् । अस्ट्रेलियाकी यातायात मन्त्री जो हेल्यानले मन्त्री पदबाट राजीनामा दिएकी छिन्। मन्त्री जो हेल्यानले गत जनवरी २५ मा हन्टर भ्यालीमा आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा लिएकोमा क्षमा माग्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुविधा लिएकोमा चौतर्फी आलोचना भएको थियो । उनले अस्ट्रेलियाका जनता र करदाताको अवमूल्यन गरेको आरोप समेत लाग्यो ।

मन्त्री हेल्यानले आफूले गल्ती गरेको स्वीकार गर्दै भनेकी छन्– ‘मानिस पूर्ण हुँदैनन् , मैले गल्ती गरेँ , अघिल्लो सरकारभन्दा हामीले राम्रो गर्नुछ त्यसकारण म राजीनामा दिन्छु।’ उनीमाथि आफ्ना बच्चालाई खेलकुद मैदानसम्म लैजान सरकारी चालक सुविधा लिएको पनि आरोप लागेको थियो ।

मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् । अब उनी न्यु साउथ वेल्सको राज्य संसदमा पछिल्लो पंक्तिमा बसेर सांसदको भूमिका रहने सञ्चारमाध्याहरुले जनाएका छन् ।

अष्ट्रेलियन मन्त्रीको यो कदम नेपालका नेताहरूका लागि पाठ हुन सक्छ। सार्वजनिक सेवा भनेको विशेषाधिकार होइन, जिम्मेवारी हो। सुविधा र सत्ताको लोभमा पदमा लिसोजस्तै टाँस्सिरहने होइन, गल्ती गरेपछि स्वीकारेर किनारा लिन सक्ने हिम्मत पनि देखाउनुपर्छ।

तर प्रश्न उठ्छ —नेपालमा कहिले आउने होला यस्ता दिन, जब नेताहरूले सुविधाको दुरुपयोगको हिसाब दिनेछन् ? जब उनीहरूले पदलाई सुविधा होइन, जिम्मेवारी ठान्नेछन् ? अष्ट्रेलियामा एक मन्त्रीले सरकारी गाडीको सानो दुरुपयोग गर्दा राजीनामा दिन्छिन्, तर नेपालमा राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई उन्मुक्ति दिने परिपाटी कहिलेसम्म कायम रहने?

नेपालका नेताहरूले नैतिकता र पारदर्शिताको कुरा गर्ने गर्छन्, तर व्यवहारमा त्यसको दूरदराजसम्मको छायाँ पनि देखिँदैन। देशमा सानातिना गल्तीमा राजीनामा दिने राजनीतिक संस्कार स्थापित भए मात्र, नेपालमा भ्रष्टाचार, अनियमितता र अनैतिक सुविधाभोगी प्रवृत्तिमा सुधार आउन सक्छ। नेपालका नेताहरूलाई अष्ट्रेलियन मन्त्रीको यो सानो घटना एक ठूलो पाठ बन्न सक्छ, यदि सिक्न चाहने इच्छा छ भने!

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top