×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२७ माघ २०८१

२७ माघ ,एजेन्सी ।

शनिबार क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल उत्तर र केम्यान टापुबाट १३० माइल दक्षिण–पश्चिम रहेको छ ।

Advertisement
Advertisement

यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ ।

केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ । मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ ।

यूएसजीएसका अनुसार यो स्थानमा यस्ता ठूला भूकम्पहरू आउनु अस्वाभाविक भने होइन । यसअघि सन् २०१८ मा पनि ७.५ म्याग्निच्युडको भूकम्प यही क्षेत्रमा गएको थियो, जसले केही क्षति पु¥याउनुका साथै सानो सुनामी पनि ल्याएको थियो ।

शनिबारको भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो ।

यूएसजीएसले स्थानीय समय अनुसार साँझ ६ः२३ बजे समुद्रको बीचमा यो भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार पोर्टो रिकोको उत्तरपश्चिमी क्षेत्रमा खतरा बढेपछि मानिसहरू तटीय क्षेत्र छोड्न बाध्य भए ।

Advertisement

जोखिम व्यवस्थापन केम्यान टापुहरूले तट नजिकै रहेका बासिन्दाहरूलाई भित्री र अग्लो जमिनमा सर्न आग्रह गरेको छ । अमेरिकी सरकारको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले क्युबाका केही तटहरूमा ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर माथिसम्म पुग्ने सुनामी छालहरू आउन सक्ने बताएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top