NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन

आइतवार माघ २७ , २०८१
Reading Time: 1 min read
A A
पञ्जाबमा केजरीवालको प्रतिवद्धता- आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ माघ , एजेन्सी ।

दिल्लीको मुख्यमन्त्रीका रुपमा दोस्रो कार्यकालमा पनि आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले काम गर्न नदिएको भन्दै पटक पटक गुनासो गरे । मुख्यमन्त्री रहदै उनीमाथि मदिरा घोटालाको आरोप लाग्यो ।

यही आरोपमा उनी हप्तौसम्म प्रहरी हिरासतमा बसे । अदालतले नै उनलाई न्यायिक प्रहरी हिरासतमा पठायो । अरविन्द र उनको दल आपले यसलाई राजनीतिक प्रतिशोध भने । प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाहको रुपमा ब्याख्या गरियो ।

LS Auto

यो मुद्दाको अन्तिम फैसला भएको छैन् ।तर अरविन्दलाई अदालतले हिरासतमुक्त गर्याे र उनलाई चुनाव लड्ने अवसर दियो । तर दिल्लीका जनताले आप र अरविन्दले जे भनिरहेका थिए । त्यसलाई अनुमोदन नगर्ने सन्देश दिँदै केजरीवाललाई प्रतिपक्ष दलको नेताका रुपमा पनि अस्वीकार गर्ने जनादेश दिएका छन् ।

दिल्लीमा २५ वर्ष पछि बल्ल केन्द्र सरकारमा तीन कार्यकाल शासन गरिरहेको भाजपाले जितेको छ । १० बर्ष राज गरेको आप हारेर दोश्रो दल भएको छ । सबैभन्दा आश्चर्यकै विषय हो दुई कार्यकाल प्रचण्ड सिटका साथ दिल्लीमा सरकार चलाएको आपका संयोजक नै पराजित भएका छन् ।

यसबाहेक आप अघि लगातार तीन कार्यकाल सरकार संचालन गरेको सबभन्दा पूरानो दल कांग्रेस र कम्युनिष्टहरुको पत्ता साफ भएको छ।केजरीवालको उदय उनको रजगज, भ्रष्टचारको आरोप र निर्वाचनमा भोगेको अप्रत्यासित हारलाई भने नेपालको वैकल्पिक शक्तिका रुपमा विश्लेषण गर्ने गरिएको राष्ट्रियस्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछानेसँग जोडेर हेरिएको छ ।

केजरीवालसँग रविलाई दाँज्ने काम भने रविका कटुआलोचक मध्येका एक नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत रहेका छन् । दिल्लीको विधानसभाको मतपरिणामपछि केजरीवालले हार स्वीकारेसँगै बस्नेतले लेखेका छन्, इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ ।

नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। भारतमा केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय ! नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ ।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन र धरानका मेयर हर्क साम्पाङप्रतिपनि कटाक्ष गर्दै लेखेका छन्, बालेन्द्र र हर्केको कुरै नगरौँ। उता पूर्वमुख्यमन्त्री केजरीवाललाई पराजित गर्ने भारतीय जनता पार्टी (भाजपा) प्रवेश वर्मा यतिबेला चर्चाको शिखरमा छन् ।

केजरीवाललाई पराजित गरेपछि प्रवेशलाई दिल्लीको मुख्यमन्त्री पदको बलियो दाबेदार मानिएको छ । नयाँ दिल्ली सिटबाट उनले केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरे । प्रवेश भाजपाका पञ्जाबी र जाट अनुहार हुन् ।

उनले ’राष्ट्रिय स्वयंम्’ नामक सामाजिक सेवा संस्था पनि चलाउँछन् । उनी दिल्लीका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता स्वर्गीय साहिबसिंह वर्माका छोरा हुन् । यो परिवार दिल्लीको प्रभावशाली राजनीतिक परिवारहरूमध्ये एक हो ।

प्रवेश वर्माका काका पनि राजनीतिमा छन् । उनी उत्तर दिल्ली नगर निगमका मेयर रहेका छन् र २०१३ मा मुन्डकाबाट विधानसभा चुनाव पनि लडेका थिए । प्रवेशकी श्रीमती स्वाती सिंह मध्य प्रदेश भाजपा नेता विक्रम वर्माकी छोरी हुन् ।

उनका दुई छोरी र एक छोरा छन् । उनका दुवै छोरीले पनि चुनावी अभियानमा उत्साहजनक रूपमा भाग लिए । प्रवेशका बुवा पूर्वमुख्यमन्त्री साहिबसिंह भाजपाका दिग्गज नेताहरूमा गनिन्थे। उनी भाजपाका अनुभवी जाट नेताहरूमध्ये एक थिए ।

आफ्ना बुवाको पाइला पछ्याउँदै प्रवेश पनि राजनीतिमा प्रवेश गरेका हुन् । उनी सन् २०१३ मा पहिलो पटक चुनाव लडे र मेहरौलीबाट विधायक बने । २०१९ को लोकसभा चुनावमा भाजपाले उनलाई पश्चिम दिल्लीबाट टिकट दियो ।

यस चुनावमा प्रवेशले पाँच लाखभन्दा बढी मतले जित हासिल गरेका थिए । यसपछि, उनी संसद् सदस्यहरूको तलब तथा भत्तासम्बन्धी संयुक्त संसदीय समिति र सहरी विकाससम्बन्धी स्थायी समितिको सदस्य पनि भए ।

२०२४ मा भने भाजपाले उनलाई टिकट दिएन । तर पार्टीले उनलाई विधानसभा चुनावमा उठायो र उनले अरविन्द केजरीवाललाई पराजित गरे । चुनावको समयमा उनले केजरीवाल र आम आदमी पार्टी सरकारको नीतिहरूको आक्रामक आलोचना गरे ।

उनले प्रदूषण व्यवस्थापन र पूर्वाधारलगायत धेरै मुद्दाहरूमा तीव्र प्रतिक्रिया जनाए । चुनावमा स्रोतसाधनको दुरुपयोग, यमुना प्रदूषण र मुख्यमन्त्रीको सरकारी निवासमा भाजपाको ’शीशमहल’को आरोपमा उनको केजरीवालसँग चर्को बहस पनि भयो ।

प्रवेशले किरोरी मल कलेजबाट बीए र फोर स्कूल अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन् । प्रवेश भाजपाका अर्बपति विधायकहरूमध्ये एक हुन् । निर्वाचन आयोगलाई दिइएको शपथपत्र अनुसार उनको कुल सम्पत्ति ११५ करोड रुपैयाँभन्दा बढी छ ।

आक्रामक अभिव्यक्तिका कारण उनी धेरै पटक विवादमा परेका छन् । २०२० को दिल्ली विधानसभा चुनावको समयमा प्रवेशले अरविन्द केजरीवालका बारेमा आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसपछि निर्वाचन आयोगले उनलाई २४ घण्टाका लागि प्रचारप्रसारमा प्रतिबन्ध लगाएको थियो । २०२५ को चुनावको समयमा पनि प्रवेश वर्मामाथि महिला मतदाताहरूलाई जुत्ता बाँडेको आरोप लागेको थियो, त्यसपछि उनीविरुद्ध निर्वाचन आयोगमा आदर्श आचारसंहिताअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

नयाँ मात्र भनेर चर्का नारा दिएर पुग्दैन, गरेर देखाउनु पर्छ भन्ने स्पष्ट संदेश दिल्लीको विद्यानसभा निर्वाचनले दिएको छ। पुरानाले पनि बदलिएर आउने हो भने जनताले पत्याउने रहेछन् र अवसर दिने रहेछन् भन्ने उदाहरण पनि दिल्ली चुनावको सन्देश हो ।

यसलै भनिन्छ राजनीतिमा नत हार सधैको लागि हुन्छ, नत जित। यसैले त जनता जनार्दन हुन् । यिनलाई कमजोर र रैती ठान्ने प्रयास नेताले कहिल्यै नगरुन ।

Tags: #केजरीवालाई हराउने अर्बपति विधायक#‘केजरीवाल र रविको अवस्था उस्तै’

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.