केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन

२७ माघ , एजेन्सी ।

दिल्लीको मुख्यमन्त्रीका रुपमा दोस्रो कार्यकालमा पनि आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले काम गर्न नदिएको भन्दै पटक पटक गुनासो गरे । मुख्यमन्त्री रहदै उनीमाथि मदिरा घोटालाको आरोप लाग्यो ।

यही आरोपमा उनी हप्तौसम्म प्रहरी हिरासतमा बसे । अदालतले नै उनलाई न्यायिक प्रहरी हिरासतमा पठायो । अरविन्द र उनको दल आपले यसलाई राजनीतिक प्रतिशोध भने । प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाहको रुपमा ब्याख्या गरियो ।

Advertisement

यो मुद्दाको अन्तिम फैसला भएको छैन् ।तर अरविन्दलाई अदालतले हिरासतमुक्त गर्याे र उनलाई चुनाव लड्ने अवसर दियो । तर दिल्लीका जनताले आप र अरविन्दले जे भनिरहेका थिए । त्यसलाई अनुमोदन नगर्ने सन्देश दिँदै केजरीवाललाई प्रतिपक्ष दलको नेताका रुपमा पनि अस्वीकार गर्ने जनादेश दिएका छन् ।

दिल्लीमा २५ वर्ष पछि बल्ल केन्द्र सरकारमा तीन कार्यकाल शासन गरिरहेको भाजपाले जितेको छ । १० बर्ष राज गरेको आप हारेर दोश्रो दल भएको छ । सबैभन्दा आश्चर्यकै विषय हो दुई कार्यकाल प्रचण्ड सिटका साथ दिल्लीमा सरकार चलाएको आपका संयोजक नै पराजित भएका छन् ।

यसबाहेक आप अघि लगातार तीन कार्यकाल सरकार संचालन गरेको सबभन्दा पूरानो दल कांग्रेस र कम्युनिष्टहरुको पत्ता साफ भएको छ।केजरीवालको उदय उनको रजगज, भ्रष्टचारको आरोप र निर्वाचनमा भोगेको अप्रत्यासित हारलाई भने नेपालको वैकल्पिक शक्तिका रुपमा विश्लेषण गर्ने गरिएको राष्ट्रियस्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछानेसँग जोडेर हेरिएको छ ।

केजरीवालसँग रविलाई दाँज्ने काम भने रविका कटुआलोचक मध्येका एक नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत रहेका छन् । दिल्लीको विधानसभाको मतपरिणामपछि केजरीवालले हार स्वीकारेसँगै बस्नेतले लेखेका छन्, इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ ।

नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। भारतमा केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय ! नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ ।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन र धरानका मेयर हर्क साम्पाङप्रतिपनि कटाक्ष गर्दै लेखेका छन्, बालेन्द्र र हर्केको कुरै नगरौँ। उता पूर्वमुख्यमन्त्री केजरीवाललाई पराजित गर्ने भारतीय जनता पार्टी (भाजपा) प्रवेश वर्मा यतिबेला चर्चाको शिखरमा छन् ।

केजरीवाललाई पराजित गरेपछि प्रवेशलाई दिल्लीको मुख्यमन्त्री पदको बलियो दाबेदार मानिएको छ । नयाँ दिल्ली सिटबाट उनले केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरे । प्रवेश भाजपाका पञ्जाबी र जाट अनुहार हुन् ।

उनले ’राष्ट्रिय स्वयंम्’ नामक सामाजिक सेवा संस्था पनि चलाउँछन् । उनी दिल्लीका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता स्वर्गीय साहिबसिंह वर्माका छोरा हुन् । यो परिवार दिल्लीको प्रभावशाली राजनीतिक परिवारहरूमध्ये एक हो ।

प्रवेश वर्माका काका पनि राजनीतिमा छन् । उनी उत्तर दिल्ली नगर निगमका मेयर रहेका छन् र २०१३ मा मुन्डकाबाट विधानसभा चुनाव पनि लडेका थिए । प्रवेशकी श्रीमती स्वाती सिंह मध्य प्रदेश भाजपा नेता विक्रम वर्माकी छोरी हुन् ।

उनका दुई छोरी र एक छोरा छन् । उनका दुवै छोरीले पनि चुनावी अभियानमा उत्साहजनक रूपमा भाग लिए । प्रवेशका बुवा पूर्वमुख्यमन्त्री साहिबसिंह भाजपाका दिग्गज नेताहरूमा गनिन्थे। उनी भाजपाका अनुभवी जाट नेताहरूमध्ये एक थिए ।

आफ्ना बुवाको पाइला पछ्याउँदै प्रवेश पनि राजनीतिमा प्रवेश गरेका हुन् । उनी सन् २०१३ मा पहिलो पटक चुनाव लडे र मेहरौलीबाट विधायक बने । २०१९ को लोकसभा चुनावमा भाजपाले उनलाई पश्चिम दिल्लीबाट टिकट दियो ।

यस चुनावमा प्रवेशले पाँच लाखभन्दा बढी मतले जित हासिल गरेका थिए । यसपछि, उनी संसद् सदस्यहरूको तलब तथा भत्तासम्बन्धी संयुक्त संसदीय समिति र सहरी विकाससम्बन्धी स्थायी समितिको सदस्य पनि भए ।

२०२४ मा भने भाजपाले उनलाई टिकट दिएन । तर पार्टीले उनलाई विधानसभा चुनावमा उठायो र उनले अरविन्द केजरीवाललाई पराजित गरे । चुनावको समयमा उनले केजरीवाल र आम आदमी पार्टी सरकारको नीतिहरूको आक्रामक आलोचना गरे ।

उनले प्रदूषण व्यवस्थापन र पूर्वाधारलगायत धेरै मुद्दाहरूमा तीव्र प्रतिक्रिया जनाए । चुनावमा स्रोतसाधनको दुरुपयोग, यमुना प्रदूषण र मुख्यमन्त्रीको सरकारी निवासमा भाजपाको ’शीशमहल’को आरोपमा उनको केजरीवालसँग चर्को बहस पनि भयो ।

प्रवेशले किरोरी मल कलेजबाट बीए र फोर स्कूल अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन् । प्रवेश भाजपाका अर्बपति विधायकहरूमध्ये एक हुन् । निर्वाचन आयोगलाई दिइएको शपथपत्र अनुसार उनको कुल सम्पत्ति ११५ करोड रुपैयाँभन्दा बढी छ ।

आक्रामक अभिव्यक्तिका कारण उनी धेरै पटक विवादमा परेका छन् । २०२० को दिल्ली विधानसभा चुनावको समयमा प्रवेशले अरविन्द केजरीवालका बारेमा आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसपछि निर्वाचन आयोगले उनलाई २४ घण्टाका लागि प्रचारप्रसारमा प्रतिबन्ध लगाएको थियो । २०२५ को चुनावको समयमा पनि प्रवेश वर्मामाथि महिला मतदाताहरूलाई जुत्ता बाँडेको आरोप लागेको थियो, त्यसपछि उनीविरुद्ध निर्वाचन आयोगमा आदर्श आचारसंहिताअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

नयाँ मात्र भनेर चर्का नारा दिएर पुग्दैन, गरेर देखाउनु पर्छ भन्ने स्पष्ट संदेश दिल्लीको विद्यानसभा निर्वाचनले दिएको छ। पुरानाले पनि बदलिएर आउने हो भने जनताले पत्याउने रहेछन् र अवसर दिने रहेछन् भन्ने उदाहरण पनि दिल्ली चुनावको सन्देश हो ।

यसलै भनिन्छ राजनीतिमा नत हार सधैको लागि हुन्छ, नत जित। यसैले त जनता जनार्दन हुन् । यिनलाई कमजोर र रैती ठान्ने प्रयास नेताले कहिल्यै नगरुन ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top