×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

गाजामा फ्लाट बनाएर बेच्न चाहान्छन् डोनाल्ड ट्रम्प

२८ माघ २०८१

२८ माघ, विराटनगर ।

गाजा कति विविध अर्थमा परिभाषित हुन सक्छ ? कसैका लागि यो प्यालेस्टिनीहरूको घर हो, कसैका लागि हमासजस्ता शसस्त्र समूहको अड्डा। अरू कसैका लागि भने यो एक साधारण भूभाग। तर गाजाका स्थानीयका लागि यो स्वतन्त्रताको लडाइँको केन्द्र, उनीहरूको पूर्वजको धरोहर हो।

Advertisement
Advertisement

इजरायलका लागि गाजा रणनीतिक रूपमा अत्यन्त संवेदनशील क्षेत्र हो। इजरायल यसलाई आफ्नो प्रभावक्षेत्रमा राख्न चाहन्छ, किनकि सुरक्षाको दृष्टिकोणले गाजा उसको लागि महत्वपूर्ण छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भने गाजा एउटा ठूलो ‘रियल स्टेट साइट’ हो।

व्यापारी स्वभावका ट्रम्प सधैं गाजालाई कब्जा गरेर यसको विकास गर्ने योजनाको वकालत गरिरहेका थिए। ट्रम्प मूलतः एक रियल स्टेट बिजनेसम्यान हुन्। न्यूयोर्कस्थित ट्रम्प टावर जति चर्चित छ, भारतसहित विभिन्न देशमा पनि उनका ‘ट्रम्प टावरहरु’ छन्।

अमेरिका बाहेक ट्रम्प टावरहरु भारत, क्यानडा, दक्षिण कोरिया, टर्कीए फिलिपिन्समा पनि रहेका छन् । अहिले राष्ट्रपतिका रूपमा पदभार सम्हालेपछि पनि उनको भाषा र शैली व्यापारिक सोचकै वरिपरि घुमिरहेको देखिन्छ ।

पछिल्लो पटक ट्रम्पले फेरि भनेका छन्, ‘युद्धपछि प्यालेस्टाइनीहरु र त्यहाँ रहेका अन्य मानिसहरुलाई गाजामा पटक पटक फर्कन दिइनु एक गल्ती हुनेछ । हामी हमासलाई पुनः त्यहाँ देख्न चाहादैनौं’ ।

उनले अगाडी भने, ‘यसलाई अर्थात गाजालाई एक ठूलो रियल स्टेट साइट जस्तै सम्झनुहोस, अमेरिका यसको मालिक हुनेछ । यो विस्तारै विस्तारै हुनेछ, किनभने हामीलाई कुनै हतार छैन । उनी थप्छन्, यसलाई विकसित गर्नेछौं । छिटै नै हामी मिडिल ईस्टमा स्थिरता ल्याउन गइरहेका छौं’ ।

यता हमास भने ट्रम्पको यो बयानमा भड्किएको छ । यस्तै संयुक्त राष्ट्र संघका अनुसार हमासविरुद्ध इजरायलले गाजाका ९० प्रतिशत स्थानीयलाई विस्थापित गरिदिएको छ, जसमध्यै कयौं मानिसहरु पटक पटक यताबाट उता भएका छन ।

रियल स्टेट क्षेत्रका खेलाडी ट्रम्पले गाजालाई ‘विनाश स्थल’ पनि भन्ने गरेका छन् । जसलाई सम्याएर पुनः ठिक गर्नुपर्ने आवस्यकता रहेको पनि उनी बताउछन् । उनले दोहोर्याएर सुझाव दिएका छन् कि मिडिल ईस्टका बाँकी देशहरुले प्यालेस्टाइनीहरुलाई सुन्दर स्थानमा बसाउनु उत्तम हुनेछ ।

तर हमास, प्यालेस्टाइनी प्राधिकरणसहित इजरायलबाहेक यसक्षेत्रका सबै देशहरु, खाडी, अरबदेशहरु सहित पश्चिमाहरुले पनि ट्रम्पको यो बयानको निन्दा गरेका छन् । यता नेतन्याहूले भने ट्रम्पको योजनालाई क्रांतिकारी र रचनात्मक भनेका छन् ।

उनले अमेरिकाबाट फर्किएपछि प्यालेस्टाइनलाई लिएर एक चकित पार्ने खालको बयान दिएका छन् । उनले भनेका छन् कि साउदी अरबमा निकै खाली क्षेत्र छ, त्यहाँ प्यालेस्टाइन बनाउनु पर्छ। यसका साथै उनले ट्रम्पसंग भएको छलफलले इजरायलको सुरक्षा आउँने कयौं पुस्तासम्म थप बढ्ने पनि बताएका छन् ।

यता ट्रम्पको पछिल्लो बयानपछि आइतबार नै इजिप्टले २७ फेब्रुअरीका लागि एक आपातकालीन अरब शिखर सम्मेलनको आयोजनाको घोषणा गरेको छ । जसमा अमेरिकी राष्ट्रपतिद्वारा गाजापट्टीबाट प्यालेस्टाइनीहरुलाई अन्त कतै सिफ्ट गर्ने प्रस्तावपछि ‘नयाँ थप खतरनाक घटनाक्रम’ मा चर्चा गर्ने भनिएको छ ।

गत साता इजराइलका प्रधानमंत्री बेंजामिन नेतन्याहूसंग व्हाइट हाउसमा भएको बैठकमा ट्रम्पका तर्फबाट दिइएको सुझावले इजिप्ट, जोर्डन र साउदीसहित सिंगो अरबजगत रुष्ट भएको छ, जो वाशिंगटनका प्रमुख सहयोगी मानिदै आएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र जोर्डनका राजा अब्दुल्ला द्वितीय दुवैले गाजामा १८ लाख प्यालेस्टाइनीहरुलाई अन्त कतै सार्ने र त्यो क्षेत्रमा अमेरिकाले स्वामित्व लिने ट्रम्पको आह्वानलाई खारेज गरेका छन् ।

तर ट्रम्पले भने दाबी गरेका छन् कि उनीहरुले अंततः यसलाई स्वीकार गर्नेछन् । यसबीच हमासका राजनीतिक ब्यूरोका सदस्य इज्जत अल–रिश्कले भनेका छन्, ‘गाजा कुनै प्रोपर्टी होइन, जसलाई किन्न र बेच्न सकिन्छ ।

र यो हाम्रो नियन्त्रणमा रहेको प्यालेस्टाइनी भूमिको अभिन्न अंग हो । एक रियल स्टेट डीलरको मानसिकताले प्यालेस्टाइनी मुद्याको हल खोज्नु एक असफल प्रयोग हो । यस्तै साउदी अरबले नेतन्याहूको हालैको टिप्पणी, जसमा उनले साउदीमा प्यालेस्टाइन बनाउन सकिने बताएका थिए, त्यसको निंदा गर्दै साउदीले भनेको छ कि प्यालेस्टाइनीहरुले गाजामा नै आफ्नो राज्य बनाउन सक्छन् ।

साउदीले भनेको छ कि यसको उद्देश्य ’गाजामा हाम्रा प्यालेस्टाइनी बन्धुहरुमाथि इजरायली कब्जद्वारा गरिएको अपराधहरुबाट ध्यान हटाउनु मात्रै हो, जसमा उनीहरुको जातीय सफाया पनि सामेल छ । यता कतारले पनि नेतन्याहूको टिप्पणीलाई ’भड्काउ’ र अंतर्राष्ट्रिय कानूनको घोर उल्लंघन भनेको छ ।

साउदी अरबको शक्तिशाली शूरा काउंसिलका सदस्य यूसुफ बिन त्राद अल–सादूनले नेतन्याहू र ट्रम्पकै मजाक उडाएका छन् । उनले भने, ‘अमेरिकी राष्ट्रपति ट्रंपले इजरायलीहरुलाई अलास्का र पछि ग्रीनल्याण्डमा राख्दा राम्रो हुन्छ ।

जसले ‘ग्रीनल्याण्ड अमेरिकामा विलय’ गरेपछि प्रयोग गर्न सकियोस्’ । अल –सादूनले शुक्रवार साउदी अखबार ओकाजमा छापिएको एक लेखमा ट्रंपको मिडिल ईस्ट नीतिमाथि आलोचना गरेका छन् । जसमा उनले तिखो प्रहार गर्दै भनेका छन् कि एक्सपट्र्सको सल्लाहलाई नजरअंदाज गर्र्दा र संवादलाई खारेज गर्दा यस्तै लापरवाह निर्णय हुने गर्छ ।

उनले चेतावनी दिए ‘जायोनिस्ट र उनका सहयोगी’ मीडिया दबाव र राजनीतिक चालबाजीका माध्यमले साउदी नेतृत्वलाई फकाउन असफल रहनेछन् । ट्रंप प्रशासनमाथि निशाना साध्दै उनले लेखेका छन् ‘अमेरिकाको आधिकारिक विदेश नीतिले प्यालेस्टाइनमाथि अवैध कब्जा र उसका नागरिकहरुको जातीय सफायाको माग गर्छ, जुन इजरायलको पनि दृष्टिकोण हो र मानवताविरुद्ध अपराध मानिन्छ ।

शूरा काउंसिल एक सल्लाहकार समिति हो जसले साउदी अरबका राजालाई विधायीकी र नीतिगत मामिलाहरुमा सल्लाह दिन्छ । यसका सदस्यहरुको नियुक्ति राजाले नै गर्छन । यसले कानून, आर्थिक योजनाहरु र सामाजिक नीतिहरुमा चर्चा गर्ने गरेको छ ।

यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top