मस्कले ९७ अर्ब डलर अफर गर्दापनि च्याटजीपीटी पाएनन्

२८ माघ , एजेन्सी ।

विश्वकै धनाढ्य तथा अमेरिकी सरकारका प्रभावशाली ब्यक्ति इलोन मस्कको एआई टुल च्याटजीपीटीको मालिक बन्ने सपना तत्कालका लागि पूरा नहुने भएको छ। मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई करिब ९७.४ अर्ब डलरमा खरिद गर्न प्रस्ताव गरेको थियो ।

तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको द इकोनोमिक टाइम्सले जनाएको छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर (एक्स) नै खरिद गर्ने प्रस्ताव राखेका छन् ।

Advertisement

उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’ मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमाट्विटर खरिद गरेर एक्स बनाएका थिए । मिडिया रिपोर्टका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको छ ।

मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो । ओपनएआई खरिदको प्रस्ताव राख्नेहरुमा एलन मस्कको एआई स्टार्टअप एक्सएआईका साथै ब्यारेन क्यापिटल ग्रुप, भेलर म्यानेजमेन्ट, एटरीड्स म्यानेजमेन्ट, भीवाई फण्ड, इम्यानुअल क्यापिटल म्यानेजमेन्ट र एट पार्टनर भीसी जस्ता लगानीकर्ता छन्।

मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । पछि नेतृत्वमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईको सञ्चालक बोर्डबाट राजीनामा दिएका थिए । त्यसयता, ओपनएआईको दिशा र उद्देश्यबारे मस्क र अल्टम्यानबीच विवाद जारी छ ।

मस्कले २०१५ देखि २०१८ सम्म ओपनएआईमा करिब ४५ मिलियन डलर लगानी गरेका छन् । ओपनएआईका प्रारम्भिक लगानीकर्ता तथा सञ्चालक बोर्डका सदस्य समेत रहेका मस्कले गत वर्ष क्यालिफोर्नियाको राज्य अदालत र संघीय अदालत दुवैमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनले ओपनएआईले सार्वजनिक हितका लागि सञ्चालन हुने गैरनाफामुखी अनुसन्धान प्रयोगशालाको रूपमा राख्नुपर्ने मूल उद्देश्य त्यागेर नाफा कमाउन लागेको आरोप लगाएका छन् । गत हप्ता, मस्क र ओपनएआईका कानुनी टोलीहरू क्यालिफोर्नियाको संघीय अदालतमा आमनेसामने भएका थिए जहाँ न्यायाधीशले ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्ने आदेश दिने कि नदिने भन्ने विषयमा छलफल समेत भएको थियो ।

ओपनएआई एक अमेरिकी कृत्रिम बुद्धिमत्ता अनुसन्धान संस्था हो, जसको स्थापना २०१५ मा साम आल्टम्यान, इलन मस्क, र अन्य प्रविधि अग्रणीहरूले गरेका थिए। यसको उद्देश्य सुरक्षित र मानवताका लागि लाभदायक कृत्रिम सामान्य बुद्धिमत्ता विकास गर्नु हो।

कम्पनीले च्याटजीपीटी जस्ता चर्चित एआई मोडेलहरू विकास गरेको छ, जसले यसलाई विश्वभरि परिचित बनाएको छ। बजार मूल्यको हिसाबले, अक्टोबर २०२४ मा ओपनएआईले ६.६ अर्ब अमेरिकी डलरको लगानी जुटाएको थियो, जसले कम्पनीको मूल्यांकनलाई १५७ अर्ब डलर पु¥यायो।

हालै, कम्पनीले ४० अर्ब डलरसम्मको लगानी जुटाउने छलफल गरिरहेको छ, जसले यसको मूल्यांकनलाई ३४० अर्ब डलरसम्म पु¥याउन सक्नेछ। ओपनएआईको मुख्य लगानीकर्ताहरूमा माइक्रोसफ्ट, थ्राइभ क्यापिटल, खोसला भेन्चर्स, र एनभिडिया जस्ता प्रतिष्ठित कम्पनीहरू छन्।

ओपनएआईले एआई अनुसन्धान र विकासमा निरन्तर अग्रणी भूमिका खेल्दै आएको छ, जसले यसलाई विश्वकै प्रमुख एआई कम्पनीहरूमध्ये एक बनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top