बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने,स्टार्क नखेल्ने, स्मिथले अस्ट्रेलियाको कप्तानी गर्ने

३० माघ ८१, बुधबार
Share this
752shares

३० माघ , एजेन्सी ।

Advertisement

स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श यसअघि नै टोलीबाट बाहिरिएका थिए । यसै महिनाको सुरुमा मार्कस स्टोइनिसले सन्यास लिएका थिए ।

Advertisement

अन्तिम समयमा मिचेल स्टार्कले पनि व्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिएका छन् । अन्तिम रुपमा घोषित अस्ट्रेलिया च्याम्पियन्स ट्रफी टोलीमा सिन एबोट, बेन डारसुइस, जेक फ्रेजर म्याकगर्क, स्पेन्सर जोन्सन र तनवीर संघालाई समावेश गरिएको छ ।

यस्तै टोलीमा एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, म्याथ्यु सर्ट र एडम जाम्पा रहेका छन् । च्याम्पियन्स ट्रफी समूह बी मा रहेको अस्ट्रेलियाले इङ्ग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Advertisement

यता भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहको स्थानमा हर्षित राणालाई भारतीय टोलीमा समावेश गरिएको छ । यससँगै दायाँ हाते स्पिनर वरुण चक्रवर्तीलाई पनि च्याम्पियन्स ट्रफीको लागि भारतीय टोलीमा समेटिएको छ ।

सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो । यसअघि उनले ढाडको चोटका कारण सन् २०२२ को टी–२० विश्वकप खेल्न सकेका थिएनन् । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले बुमराहलाई ढाडको चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएको बताएको छ ।

पुरुष छनोट समितिले उनको स्थानमा हर्षितको नाम दिएको छ । च्याम्पियन्स ट्रफीका लागि प्रस्तावित भारतीय टोलीमा यशस्वी जयसवालको स्थानमा वरुणलाई समावेश गरिएको छ । यद्यपि, जयसवाललाई ट्राभलिङ रिजर्भमा समावेश गरिएको छ ।

उनीसँगै मोहम्मद सिराज र शिवम दुबेको नाम पनि ट्राभलिङ रिजर्भमा छ । च्याम्पियन्स ट्रफीअघि अन्तिम टोली सूची जारी गर्न आइसिसीले तोकेको समयसीमा फेब्रुअरी ११ थियो । त्यसपछि टोलीमा कुनै पनि परिवर्तनको लागि आइसिसी प्राविधिक समितिको स्वीकृति आवश्यक पर्दछ ।

बुमराहको स्थानमा आएका हर्षितले हालै इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाबाट डेब्यू गरेका थिए । भारतीय टोली कप्तान रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा, वरुण चक्रवर्ती रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top