×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार

३० माघ २०८१

३० माघ , काठमाण्डौ।

भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ । दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको हो ।

Advertisement
Advertisement

दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्माण भएको छ । उर्जा मन्त्रायलका अनुसार यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुनेछ ।

कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने भएको छ । संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रकृया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । अहिले नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।

यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति हुँदै आएकोमा क्षमता विस्तार गरी एक हजार मेगावाट आपूर्ति गर्न सक्षम बनाइने उल्लेख छ । यसबाहेक चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ ।

नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बङ्गलादेशमा पनि निर्यात गर्ने उदेश्य राखेको छ । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बैठक बसेको हो ।

बैठकले यस अघिको सहसचिवस्तरीय बैठकका निर्णयहरुमा सहमति गरेको हो । बैठकले चमेलिया (नेपाल) – जौलिजीवी (भारत) वीचको २२० किलोभोल्ट डवल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन २०२५ मार्चसम्म तयार गर्ने निर्णय गरेको छ ।

नेपाल खण्डको प्रसारण लाईन नेपाल विद्युत प्राधिकरण तथा भारत खण्डको प्रसारण लाइन पावर ग्रिडले २०२७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेपाल–भारत बीच इनरूवा – न्यु पुर्णिया र दोदोधरा – बरेली वीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य संयुक्त उपक्रम मार्फत क्रमशः सन् २०२८÷२९ र २०२९÷३० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

संयुक्त उपक्रम कम्पनी स्थापना सम्बन्धी कार्य १ महिनाभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ । सन् २०३४–३५ सम्मका लागि नेपालबाट थप विद्युत भारत निर्यात गर्नका अन्तर्देशीय प्रसारण लाइनहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण तथा विस्तार गर्ने सहमति भएको छ ।

Advertisement

त्यसका लागि निजगढ÷हरनैया (नेपाल) – मोतिहारी (भारत) बीच ४०० केभी प्रसारण लाइन सन २०३४–३५ सम्म निर्माण गर्ने सहमति भएको छ । हलपुर (नेपाल) – लखनउ (भारत) वीच ४०० केभी प्रसारण लाइनः २०३४–३५ सम्म निर्माण गर्ने सहमति भएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top