×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश राजधानीकै सोरुमबाट ८० लाखको कार चोरियो

२ फाल्गुन २०८१

२ फागुन , विराटनगर ।

प्रदेशको राजधानी विराटनगर, जहाँ प्रहरीको २४ सै घण्टा उच्च सुरक्षा रहने गर्दछ । तर त्यही विराटनगरको अति ब्यस्त राजमार्गमा रहेको कार सोरुमबाटै कार चोरी भएको छ । विराटनगरस्थित भक्स्वागन कम्पनीको सोरुमबाट कार चोरी भएको छ।

Advertisement
Advertisement

बिहीबार राति अज्ञात समूहले सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडी कार चोरेका हुन्। चोरी भएको बा ०१३० च ८५८१ नम्बरको रातो रंगको कारको मूल्य ८० लाख २५ हजार रहेको पूजा इन्टरनेशनल नेपाल प्रा. लि. का एसिस्टेन्ट सेल्स म्यानेजर इन्द्रराज श्रेष्ठले बताएका छन्।

सीसीटीभी फुटेजअनुसार चोरहरू सोरुमभित्र प्रवेश गरी कारको प्लास्टिक कभर हटाएर सजिलै लिएर गएका थिए। उनीहरूले ल्यापटपसहित अन्य सामानसमेत कारमा राखी लगेका छन्। चोरी भएको सोरुम कोशी राजमार्गअन्तर्गत एयरपोर्ट रोडको एमके रिसेप्सन एन्ड पार्टी प्यालेसको अगाडिको भागमा रहेको छ।

पश्चिमतर्फ हाम्रो अस्पताल रहेको स्थानमा सोरुममा रहेका दुई कारमध्ये केही दिनअघि एक कार काठमाडौं पठाइएकाले चोरीको समय सोरुममा केवल एक मात्र कार रहेको थियो। घटनापछि मोरङ प्रहरीले उच्च सतर्कता अपनाउँदै अनुसन्धान अघि बढाएको जनाएको छ ।

सीमा क्षेत्र नजिक रहेकाले भारततर्फ लैजाने सम्भावनालाई ध्यानमा राखी निगरानी बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी हेमराज ओलीले बताएपनि कारण सुनसरीको इनरुवामा बरामद भएको छ । सिसीटिभी फुटेजमा स्पष्ट देखिने अनुहारका आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।

Advertisement

चोरी भएको कार इनरुवा क्षेत्रमा एक व्यक्तिसहित फेला परेको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार चोरिएको कार चालकसहित नियन्त्रणमा लिएर मोरङ प्रहरीले बुझाइसकिएको छ। चोरीको घटनाले भने विराटनगरमा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top