×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अब श्रम स्वीकृतिका लागि यूएईबाट नेपाल धाउनु नपर्ने

२ फाल्गुन २०८१

२ फागुन ,एजेन्सी ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिकहरूलाई ठूलो राहत दिने ऐतिहासिक निर्णय गरेको छ। अब संयुक्त अरब इमिरेट्स (यूएई) बाटै श्रम स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

Advertisement
Advertisement

बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो नयाँ सुविधाको औपचारिक शुभारम्भ गर्दै भने, “नेपाली श्रमिकहरू अब नेपाल फर्कनु पर्ने झन्झटबाट मुक्त हुनेछन्।“

यूएई लगायत मध्यपूर्वका मुलुकहरूमा काम गरिरहेका नेपाली श्रमिकहरूले पहिले श्रम स्वीकृतिको लागि नेपाल नै जानुपर्ने बाध्यता थियो। यसले उनीहरूको समय, पैसा र श्रम बर्बाद गराउँदै आएको थियो।

अबुधाबीस्थित नेपाली राजदूतावासमार्फत श्रम स्वीकृति लिने नयाँ प्रणाली लागू भएसँगै नेपाली श्रमिकहरूका लागि यो बाध्यता हटेको छ। नेपालको अर्थतन्त्रलाई धान्ने मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारी र रेमिट्यान्सका लागि सरकारले प्रविधिमैत्री र सहज सेवा उपलब्ध गराउँदै श्रमिकहरूको हितलाई पनि केन्द्रमा राख्न थालेको छ ।

यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै मन्त्री भण्डारीले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे ।

यूइईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताएका छन् ।

उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरूको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए ।

यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म यूएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए । उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित ६ हजार जनाको सहभागिता थियो ।

श्रम मन्त्री यूएईको भ्रमणमा रहदा उनको पद भने कुनै पनि समय जान सक्ने अवस्था छ । उनको दल लोसपाका अध्यक्ष महन्थ ठाकुरले नै कुनै पनि बेला पद छाड्नु पर्ने मन्त्री मन्त्री भण्डारीलाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

लोसपाले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेपछि सत्ता गठबन्धनमा हलचल उत्पन्न भएको छ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top