×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ? भारतलाई १५ लाभ

२ फाल्गुन २०८१

२ फागुन , एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको द्विपक्षीय वार्तापछि भारत–अमेरिका सम्बन्धमा नयाँ कोसेढुंगा थपिएको विश्लेषण गरिएको छ । अमेरिकाका असल मित्र राष्ट्रहरुसँग ट्रम्पको बढ्दो दूरीका बीच मोदी र ट्रम्पबीचको भेटवार्तालाई विश्वका नेताहरुले नै महत्वका साथ हेरिएको विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement

ट्रम्पको दोस्रो कार्यकालमा मोदीसँगको यो पहिलो भेट भएकाले विश्वको ध्यान यो बैठकमा केन्द्रित थियो। बैठकमा व्यापार, रक्षा, आतंकवाद विरुद्धको रणनीति र ऊर्जा साझेदारीजस्ता महत्त्वपूर्ण विषयमा छलफल भएका छन् ।

जसमा भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भएको वार्ताबाट १५ ठूला निर्णयहरू भएका छन् ।

जसमा पहिलो छ : 

१. तहव्वुर राणालाई भारत पठाइने:

राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आतङ्ककारी आक्रमणमा संलग्न आरोपी तहव्वुर राणालाई भारत प्रत्यर्पण गर्ने घोषणा गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले यसलाई अनुमति दिइसकेको छ, जसले भारतलाई न्यायिक प्रक्रिया अघि बढाउन मद्दत गर्नेछ।

भारतले लामो समयदेखि राणाको सुपुर्दगीको माग गर्दै आएको छ । पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा हाल अमेरिकाको जेलमा छन् । सन् २०१३ मा अमेरिकामा तहव्वुर राणालाई उनका साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

यी मुद्दामा राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो । सन् २००८ को नोभेम्बर २६ राति १० चरमपन्थीले एकैसाथ मुम्बईका धेरै भवनहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा १६४ जनाको मृत्यु भएको थियो ।

जवाफी कारबाहीमा नौ अतिवादी पनि मारिएका थिए । भारतले यी आक्रमणकारी पाकिस्तानी भूमिमा सक्रिय चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको आरोप लगाएको थियो । आक्रमणकारीमध्ये त्यति बेला अजमल कसाब बाँचे ।

पछि सन् २०१२ नोभेम्बरमा उनलाई मृत्युदण्ड दिइएको थियो ।तहव्वुर हुसेन राणाको जन्म र हुर्काइ पाकिस्तानमा भएको थियो । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोरमा भर्ना भए ।

राणाकी श्रीमती पनि चिकित्सक थिइन् । पति–पत्नी दुवै सन् १९९७ मा क्यानडा गए । र, २००१ मा क्यानडाको नागरिक बने । सन् २००९ मा पक्राउ पर्नुभन्दा केही वर्षअघि राणाले अमेरिकाको सिकागोमा एक ट्राभल एजेन्सी खोलेका थिए ।

मुम्बई आक्रमणमा ६ अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । राणालाई अमेरिकी नागरिकको हत्यामा सघाएको सहित १२ आरोपमा सजाय सुनाइएको थियो । अर्काे छ

२. इस्लामिक आतंकवाद विरुद्ध संयुक्त प्रयास:

भारत र अमेरिका आतंकवादी संगठनहरूको वित्तीय आपूर्ति रोक्ने, गुप्तचर जानकारी साटासाट गर्ने र आतंकवाद विरुद्धको अभियानमा सहकार्य गर्ने सहमतिमा पुगेका छन् ।

ट्रम्पले कट्टरपन्थी आतंकवादलाई विश्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन्
३. इन्डो–प्यासिफिक रणनीतिक साझेदारी

अमेरिकाले भारतलाई एशिया–प्रशान्त क्षेत्रको प्रमुख रणनीतिक साझेदारका रूपमा मान्यता दिएको छ। क्वाड (भारत, अमेरिका, जापान, अष्ट्रेलिया) साझेदारीलाई अझै सुदृढ गर्ने सहमति भएको छ ।

४. भारतलाई अत्याधुनिक सैन्य प्रविधि हस्तान्तरण
अमेरिकाले भारतलाई अत्याधुनिक सैन्य उपकरण, लडाकु विमान र सुरक्षा प्रणाली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

दुबै देशले संयुक्त सैन्य उत्पादनमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

५. भारतलाई थप ऊर्जा आपूर्ति

अमेरिकाले भारतलाई कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्ति बढाउने निर्णय गरेको छ । दुबै देशले स्वच्छ ऊर्जा परियोजनामा पनि सहकार्य गर्ने घोषणा गरेका छन् ।

६. आर्टिफिसियल इन्टेलिजेन्समा सहकार्य

भारत र अमेरिका एआई प्रविधिमा सहकार्य गर्ने भएका छन्। यसले स्वास्थ्य, शिक्षा र सुरक्षाका क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

७. व्यापार असन्तुलन हटाउने प्रयास

अमेरिकाले भारतसँगको व्यापार घाटा हटाउन नयाँ व्यापार सम्झौता गर्ने बताएको छ । ट्रम्पले भारतलाई ‘टफ नेगोशिएटर’ (कडा वार्ताकार) भन्दै प्रशंसा गरेका छन् ।

८. सेमिकन्डक्टर उद्योगमा सहकार्य

अमेरिका भारतमा सेमिकन्डक्टर उत्पादनलाई प्रवद्र्धन गर्न प्रविधिगत सहायता दिने सहमतिमा पुगेको छ ।

९. सानो आकारको न्यूक्लियर रिएक्टर निर्माणमा सहकार्य

स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न भारत र अमेरिकाले साना न्यूक्लियर मोड्युलर रिएक्टर निर्माण गर्ने निर्णय गरेका छन् ।

१०. अमेरिकामा नयाँ भारतीय वाणिज्य दूतावास खोलिने

लस एन्जलस र बोस्टनमा नयाँ भारतीय वाणिज्य दूतावास स्थापना गरिने घोषणा गरिएको छ ।

११. यूक्रेन युद्धको शान्तिपूर्ण समाधानमा भारतको समर्थन

मोदीले यूक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको पहलको समर्थन गरेका छन् ।

१२. पारस्परिक ट्यारिफको विषय उठ्यो

ट्रम्पले भारतमा ट्यारिफ बढी भएको भन्दै अमेरिका पनि सोही दरमा ट्यारिफ लगाउने बताएका छन् ।

१३. भारत–चीन तनावबारे ट्रम्पको टिप्पणी

ट्रम्पले भारत–चीन तनावबारे तटस्थ अडान लिँदै भनेका छन्, “यदि आवश्यक परे मात्र म मद्दत गर्न सक्छु।

१४. अवैध आप्रवासन विरुद्ध कडा कदम

मोदीले मानव तस्करी रोक्न ठोस कदम चाल्न आह्वान गरेका छन् ।

Advertisement
Advertisement

१५. बंगलादेश मुद्दामा ट्रम्पको चुप्पी
ट्रम्पले बंगलादेशबारे कुनै टिप्पणी नगर्दै प्रश्नको जवाफ मोदीले दिने बताएका छन् । यसको अर्थ अमेरिकाको भारतको नजरबाट अब बंगलादेशलाई हेर्नेछ । भारतको निर्णय नै ट्रम्पलाई मान्य हुनेछ। साथै यो बैठकले भारत–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top