×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

सिरहामा सामूहिक बलात्कार,पञ्चायतको निर्णयपछि आत्महत्या !

४ फाल्गुन २०८१

४ फागुन , विराटनगर।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयामा १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको घटनापछि गाउँ पञ्चायतले न्याय दिनुको साटो उल्टै पीडित परिवारलाई धम्क्याएको आरोप लागेको छ ।

Advertisement
Advertisement

स्थानीय पञ्चायतले घटनालाई गुपचुप राख्न दबाब दिँदै आरोपीहरूबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना असुल्ने निर्णय गरेको भोलिपल्टै किशोरीले आत्महत्या गरेकी हुन् । किशोरीकी आमाका अनुसार गत माघ २६ गते शौचालय जान गएकी छोरीलाई टिंकु मण्डल, चन्दन साह र रमेश मण्डलले अपहरण शैलीमा उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरेका थिए।

राति करिब ३ बजे ती युवाहरूले अचेत अवस्थामा रहेकी रिंकुलाई घरमै ल्याएर छाडेका थिए। होसमा आएपछि परिवारलाई उनले घटनाबारे जानकारी दिएकी थिइन्। भोलिपल्ट गाउँमा पञ्चायत बसेको थियो, जहाँ आरोपीहरू र उनका परिवारलाई समेत बोलाइएको थियो।

तर पञ्चायतले पीडितलाई न्याय दिनुको साटो परिवारलाई नै धम्क्याउँदै आर्थिक जरिवाना तोकेको पीडित पक्षको आरोप छ। तर यी सबै घटनाबारे सिरहा प्रहरी भने बेखबर रहेको छ। घटनाबारे प्रहरीले जानकारी नपाएको बताउँदै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले आत्महत्या दुरुत्साहनको आरोपमा मात्र किटानी जाहेरी परेको बताएका छन्।

मृतकका काकाले टिंकु मण्डलसँग रिंकुको प्रेम सम्बन्ध रहेको र विवाह गर्ने भनेर लगिएको तर जातकै कारण नराखेको बताएपछि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान भइरहेको डीएसपी पासवानले बताएका छन् ।

यद्यपि, पीडित परिवारले बलात्कारका आधारमा मुद्दा दर्ता हुनुपर्ने माग गर्दै प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाएको छ। सामूहिक दुव्र्यवहारको आरोप बाहिर आएपछि प्रहरीले घटनालाई संवेदनशील मान्दै मृतकको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाएको छ।

डीएसपी पासवानका अनुसार, यदि पूरक जाहेरी पर्याे भने प्रहरी बलात्कारको विषयमा समेत अनुसन्धान गर्न तयार रहनेछ। उनले पोस्टमार्टम रिपोर्टपछि बलात्कारको आरोपमा समेत अनुशन्धान हुने बताएका छन् ।

Advertisement
Advertisement

मृतककी आमाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै दोषीहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top