×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै

४ फाल्गुन २०८१

४ फागुन , एजेन्सी ।

विश्वका दुई क्षेत्रमा जारी दुई ठूला युद्ध, रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध अन्त्यका लागि साउदी अरेबियाले शान्तिदूत बन्दै महत्वपूर्ण भूमिका निभाइरहेको छ । इजरायल र हमासबीच युद्धविराम गराउने मध्यस्तकर्तामध्येको एक साउदीले अब रुस र युक्रेनबीचको सेटलमेन्ट तथा शान्ति वार्ताको पहलसमेत गर्ने भएको छ ।

Advertisement
Advertisement

अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरेबिया पुग्ने पुष्टि गरेका छन् । यससंगै युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो । अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जानेछन् ।

उनीहरू कहिले जाने भन्ने यकिन नभइसकेको रोयटर्सले जनाएको छ । प्रारम्भिक छलफलका लागि रूसबाट कुन कुन अधिकारी साउदी अरब पुग्नेछन् भन्ने यकिन नभएको पनि ह्वाइट हाउसका अधिकारी माइकल मिककोलले रोयटर्सलाई बताएका छन् ।

ती अधिकारीहरूले साउदी अरबमा ट्रम्प, पुटिन र जेलेन्स्कीको भेटवार्ता र छलफलको वातावरण तय गर्ने भनिएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनीहरूबीच युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल भएको भनेर ट्रम्पले सार्वजनिक गरेका थिए ।

त्यतिबेला उनले मध्यस्थताका लागि अमेरिकाले विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन ¥याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाएको बताएका थिए ।

ट्रम्पले युद्ध रोक्नका लागि पुटिन पनि सकारात्मक भएको टेलिफोन वार्ताबारे जेलेन्स्कीलाई पनि जानकारी गराउने भनेका थिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन् ।

जर्मनीमा शुक्रबार भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले आफू त्यसबारेमा अवगत नभएको जानकारी गराएका थिए । उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए । त्यसपछि युक्रेनलाई सहायता गर्दै आएका युरोपेली मुलुकका प्रतिनिधिहरूले भान्सलाई किएभको सुरक्षाको ज्ञारेन्टी अमेरिकाले लिन सक्छ भनेर प्रश्न गरेका थिए ।

वार्तामा सहभागी नगराउने भनेपछि युरोपेली मुलुकहरू झस्किएको रोयटर्सले जनाएको छ । यता अमेरिकी विदेशमन्त्री रूबिओले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग शनिबार कुराकानी भएको बताइएको छ ।

रूसी विदेश मन्त्रालयले ट्रम्प र पुटिनबीच भेटवार्ताका लागि दुई देशबीच नियमित सम्पर्क भइरहेको बताएको छ । पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले चाँडै नै दुई देशका राष्ट्रप्रमुखहरुले एक अर्काको देश भ्रमण गर्ने पनि बताएका थिए ।

ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ ।

त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top