NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

ओलीविरुद्धको मुद्या सुवेदी र पाण्डेयको इजलासमा

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ फागुन , काठमाण्डौ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनमा आज सुनुवाइ हुँदैछ । यो निवेदनको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

LS Auto

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालको छ । २४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो ।

त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो  पहिलो, सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको थियो अनि खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्नु भनेको थियो ।

दोस्रो, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन भनी आदेश गरेको थियो । तेस्रो, हदबन्दी भन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो ।

फैसलाको पूर्णपाठ ५ असार, २०८१ मा महान्यायाधिवक्ता कार्यालयमा पुगेको थियो भने चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो ।  त्यतिबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बलराम अधिकारीले सम्हालेका थिए ।

३१ असारपछि केपी शर्मा ओली प्रधानमन्त्री छन् । कम्तीमा सात महिनादेखि फैसला कार्यान्वयनमा अवरोध गरेको अधिवक्ता अर्यालको जिकिर छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले दायर गरेको रिट निवेदनमाथि पनि सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउन पेसी तोकेको छ । कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको मुद्दामा सुनुवाइ पूरा भइ ‘निसु’ (निर्णय सुनाउने)का लागि पेसी तोकिएको हो ।

उक्त रिट निवेदन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ । उक्त इजलासले गत पुस २५ गते नै मुद्दालाई ‘निसु’मा पु¥याएको हो । आइतबार न्यायाधीशद्वय शर्मा र पौडेलको इजलासमा यो मुद्दा ‘निसु’का लागि पेसी तोकिएको छ ।

कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उक्त निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

न्यायाधीश कुमार चुडालको इजलासले २०७९ कात्तिक १५ गते उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि तीन पटकसम्म संयुक्त इजलासमा पेसी तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ भएको थियो ।

सोही वर्ष कात्तिक २८ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्कीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।

काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्तामात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने रिट निवेदकको जिकिर छ ।

Tags: #lonely#ओलीविरुद्धको मुद्या#ओलीविरुद्धको मुद्या सुवेदी र पाण्डेयको इजलासमा

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.