×

NEPAL TIMES UPDATES

Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026

सामाजिक संजालको क्रेजः दुर्गा प्रसाईँको ‘ड्रामा’

४ फाल्गुन २०८१

४ फागुन ,काठमाण्डौ।

नेपालमा पनि सामाजिक संजालको प्रयोग र ब्यापकता हरेकदिन बढ्दो छ । सर्वसाधारण मात्रै होइन नीति निर्माण र नेतृत्वमा रहेका नेताहरु समेत सामाजिक संजालमा रमाउन थालेका छन् ।काठमाण्डौंका मेयर बालेन शाहदेखि धरानका मेयर हर्क साङपाङ मात्र हैन झापाका दुर्गा प्रसाईँसम्म सामाजिक संजालमा ब्यक्त अभिव्यक्तिकै कारण चर्चामा आउने गरेका छन् ।

Advertisement
Advertisement

प्रशंसा होस् या आलोचना यिनकै लोकप्रियताको लोभले अन्यलाई पनि सामाजिक संजालमा आकर्षित गरेको छ । मेयर बालेनका अभिब्यक्ति सुचना संप्रेशणदेखि सरकार र नेताहरुविरुद्ध केन्द्रित हुन्छन् भने साम्पाङ सामाजिक सञ्जालमा हरदमका स्टाटसदेखि गीतसम्ममा ब्यङ गर्दै श्रमअभियान र सरकारमाथि खनिन्छन् ।

दुर्गा प्रसाईँ भने तल्लोस्तरसम्म झर्दै मुखमा आए जति त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकै दलका केही नेताहरूविरुद्ध खनिन्छन् । कुनै बेला झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालकका रुपमा मात्र चिनिने प्रसाईँको परिचय यति बेला फेरिएको छ ।

सात वर्ष पहिला तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भारत खुवाएर चर्चामा आएका प्रसाईँ अहिले पनि चर्चामा आइ रहने पात्र भएका छन् ।

सुरुका दिनमा चिकित्सा क्षेत्रका सुधार अभियन्ता डा. गोविन्द केसीलाई तथानाम गाली गर्दै सामाजिक सञ्जालमा भाइरल हुने प्रसाईँको पछिल्लो निसाना एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

सुरुमा आफू माओवादीको कार्यकर्ता र पछि नेकपाको कार्यकर्ता रहेको बताउँदै प्रचण्ड र ओलीको किचेनसम्म पहुँच बनाउन सफल भएका थिए । एमाले र माओवादी फुटेपछि केपी ओलीकै निगाहमा उनी एमालेको केन्द्रीय सदस्य सम्म बने ।

कुनै समय ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्ने प्रसाईँ पछिल्लो समय उनै ओलीलाई ‘तथानाम’ गर्छन् । गएको निर्वाचनमा सांसदको टिकट नपाएपछि उनी एमाले सँग रुष्ट बनेका थिए । लगत्तै २०७९ को फागुनमा झापामा पूर्व राजा ज्ञानेन्द्र शाह, उनकी श्रीमती कोमल शाह र छोरा पारससहित एउटै मञ्चमा देखिए, प्रसाईँ ।

त्यसपछि उनी एमाले बाट बिदा भए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठसँग कसिलो सम्बन्ध बनाएका प्रसाईँले घूस–संवाद बाहिर ल्याए र श्रेष्ठको सांसद पद नै उडाइ दिए । पछिल्लो समय दुर्गा गएको मङ्सिरमा ओली नै प्रधानमन्त्री भएका बेला ओलीकै दूश्प्रचार गरेको आरोपमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे ।

प्रसाईँले कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यस बेला उनले केही कागजातहरू देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

यसैप्रकरणमा प्रहरीले अफवाह फैलाएको अभियोगमा उनलाई हतकडी लगायो । त्यसअघि उनी साइबर अपराधमा पक्राउ परेका थिए । दुवै अभियोगमा अदालतबाट धरौटीमा छुटेका प्रसाईं अहिलेपनि सार्वजनिक मंच पाउनासाथ ओलीविरुद्धको लगानीको दाबी दोहोर्याउदै आएका छन् ।

दुर्गा प्रसाईँको विगत निकै रोचक र रहस्यमय छ । पूर्वी पहाडबाट झापा झरेका दुर्गा प्रसाईँको परिवार आर्थिक रूपमा सामान्य वर्ग हो । उनले ८ कक्षा सम्म मात्र पढेका छन् । कक्षा ८ मा पढ्दा सरले मलाई कुटे त्यसपछि मैले नै सरलाई कुटे अनि मेरो पढाइमा पूर्ण विराम लाग्यो, उनले पटक पटक यो अभिव्यक्ति भाषणमा नै दिई सकेका छन् ।

पढाइमा मध्यम भए पनि प्रसाईँ सानैदेखि हठी स्वभावका थिए । एक समय उनी ग्रिल फ्याक्ट्रीमा काम गर्थे । उनी यसो उसो गरेर पैसा कमाउन भन्दै युरोप छिरे । तर, विदेशमा धेरै समय नबसी फर्किए । विदेश गएर भैँसी फार्ममा काम गरेको अनुभव हासिल गरेर त्यसपछि मेडिकल सञ्चालक वने ।

मेडिकल व्यवसायीको परिचय बनाएका प्रसाईँ झापामा रहेको आफ्नो बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने बाटो खोज्दाखोज्दै यो बाटोमा आइ पुगेका हुन् । सम्बन्धनकै लागि उनी माओवादीसहित एमाले बने भने पछि लघुबित्तकम खराब ऋणीहरुको सहयोगमा ऋणमोचन अभियानने सुरु गरे ।

यो अभियान पनि उनको चर्चामा मात्रै सिमित भयो । राजनीतिको गोल चक्करबाट आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाउने देखिएपछि २०७७ मा उनी सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले मङ्सिर २०८० मा प्रसाईँको कलेजलाई सम्बन्धन दिने फैसला ग¥यो ।

प्रसाँईं कहिले बैंकंको ब्याज नतिर भन्दै हिँड्छन् त कहिले राजा फर्काउने अभियन्ता बन्छन् त कहिले समाजसेवी अनि कहिले राष्ट्रवादी त कहिले आन्दोलनकारीका रूपमा देखिन्छन् । यी सबैका पछाडि एउटै साझा उद्धेश्य देखिएको छ , राज्यलाई दबाब दिने प्रयास र चर्चा ।

उनी २०८१ वैशाखमा इलाममा भएको उप चुनावमा प्रसाईँ ‘नो भोट’को अभियान लिएर इलाम पुगे । त्यसपछि प्रसाईँका आन्दोलन कहिले माइतीघर, कहिले बानेश्वर त कहिले भृकुटीमण्डपमा हुन थाले ।

व्यापारी, व्यवसायीमाथि अनेक लाञ्छना लगाएर भिड उत्तेजित बनाउने प्रयास गर्न समेत उनी पछि पर्दैनन् । २ वर्ष अघि दुबईका राजकुमार भनिएका जुमा अल मोक्तुमले सुनको लौरो उपहार दिएको चर्चा पनि कम भएन ।

तर जुमा नत मर्यादाक्रम भित्रका यूएईका राजकुमार निस्किए नत लौंरो नै सुनको निस्कियो । राजनीतिक संरक्षणको आड–भरोसा पाएका प्रसाईँ अर्धस्वचालित हतियारसहितका अंगरक्षक राख्छन् । सोही हतियारका लागि कसैले नपाएको लाइसेन्स उनले शक्तिकेन्द्रको आडमा लिन सफल भएका थिए ।

प्रसाईं जहाँ गए पनि आफ्नो साथमा एक हुल युट्युबर लिएर हिँड्छन् । र, जतिखेर, जसका विषयमा जे मन लाग्यो, त्यही बोल्छन् । प्रसाईका यी गतिविधिपछि बेला बेला हाम्रा ठूला भनिएका राजनितिक दलका नेताहरु गणतन्त्र नै खतरामा परेको टिप्पणी समेत गर्न भ्याउँछन् ।

Advertisement
Advertisement

वास्तवमा दुर्गा प्रसाईँको आन्दोलनले संरचनागत परिवर्तन ल्याउन सक्छ भन्ने कुराको विश्वास गर्न गाह्रो छ । प्रसाईँले यो आन्दोलनलाई कुन तहसम्म लैजान सक्लान् वा यो यत्तिकै विसर्जन होला भन्ने कुरा भोलिका दिनमा देखिएलान् । तर, उनले जनताको आक्रोशको ज्वालालाई भने समाएका छन् ।

भर्खरको समाचार

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

सम्बन्धित खबरहरु

Scroll to Top