NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

चीनको बाहुबली फाइटर जेटका अघि अमेरिकी एफ–३५ फिका ,चिनियाँ सबमरीनलाई काबु गर्न के गर्दैछ भारत ?

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
चीनको बाहुबली फाइटर जेटका अघि अमेरिकी एफ–३५ फिका ,चिनियाँ सबमरीनलाई काबु गर्न के गर्दैछ भारत ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ फागुन , एजेन्सी ।

विश्वभर ठूला शक्तिराष्ट्रसहित कयौं देशहरु आफ्नो हतियार विकासका साथै एयरफोर्स अपग्रेड गर्नमा जुटेका छन् । नेपालका दुई छिमेकी भीमकाय चीन र भारत यसमा पछि पर्ने सवाल नै रहेन । यसैकारण हो कि भारतले अमेरिकासंग पाँचौं पुस्ताको एफ–३५ फाइटर जेट किन्नका लागि सम्झौता गरिसकेको छ ।

अर्कातर्फ, चीनले पनि पाँचौं जेनरेशनको एयरक्राफ्ट डेभलप गरेको छ । चीनले हालै पाँचौं जेनरेशन फाइटर जेट जे–३५ ए लाई विश्वका सामु पेश गरेको छ । बेजिंगले एफ–३५ बाट प्रेरित भएर जे–३५ए फाइटर जेट बनाएको बताइन्छ ।

Advertisement

यद्यपि, चिनियाँ लडाकू विमान स्पीड र टेक्नोलोजीका मामिलामा अमेरिकाको एफ–३५ एयरक्राफ्टभन्दा पनि अपग्रेड छ । वास्तवमा चीनले गत केही वर्षहरुमा आफ्नो डिफेंसमा भारी खर्च गरेको छ। खासगरी एयरफोर्स र नेभी अपग्रेड गरेको छ । यो प्रक्रिया अहिले पनि जारी छ ।

यसैलाई ध्यानमा राख्दै भारतले पनि यस दिशामा कदम उठाएको हो । उसले पनि एयरफोर्सलाई अपग्रेड गरिरहेको छ । राफेल पछि अब अमेरिकाबाट एफ–३५ एयरक्राफ्ट किन्ने निर्णय गरेको हो। अर्कातर्फ नेभीलाई पनि मोडर्न बनाइरहेको छ ।

राफेल–एम को खरीद सोही प्रक्रियाको हिस्सा हो । यसको अलावा मिसाइल र अन्य आधुनिक वेपनहरु पनि डेभलप गरिरहेको छ भारतले । तर यसबीच चीनको पछिल्लो संस्करणको एयरक्राफ्टले भारत र अमेरिका दुवैका लागि झट्का दिएको छ ।

सबैभन्दा पहिला चीनको ५ औं जेनेरेशनको विमान जे–३५ ए को कुरा गरौं । बेजिंगले बद्लििदो सामरिक माहोलका बीच ५औं पीढीको विमानको निर्माण शुरू गरेको हो । यसक्रममा जे–३५ ए डेभलप गरेको हो ।

यो फाइटर जेट स्टील्थ भएका कारण रडारको पकड भन्दा बाहिर छ । मतलब यसलाई रडारले पक्रन सक्दैन । यसको स्पीड ध्वनीको गतिभन्दा दुई गुणा बढि तेज छ । यसको अलावा जे–३५ए को कम्ब्याट रेडियस १२०७ किलोमीटर भन्दा धेरै छ ।

चीनको यो लडाकू विमान ट्विन इंजिन भएको छ । यसको सर्भिस सीलिंग ५२ हजार फीट छ । यो फाइटर जेटले एयर टू एयर, एयर टू सरफेस मिसाइल लैजानमा सक्षम छ । उता अमेरिकाको एफ–३५ फाइटर जेट पनि पाँचौं पुस्ताकै विमान हो ।

यो एयरक्राफ्ट म्याक–१.६ को रफ्तारले उडान भर्नमा सक्षम छ । फिफ्थ जेनरेशनको विमान भएका कारणले यो पनि रडारबाट टाढै रहन्छ । अर्थात यसलाई पनि रडारले पक्रन सक्दैन । यसमा एडभान्स्ड सेंसर लागेका हुन्छन्, ताकि टारगेट हासिल गर्न सहज होस् ।

यसको अलावा यो विमानसंग रडारलाई नै जाम गर्ने पनि क्षमता छ । साथै यो फाइटर जेट मोडर्न इलेक्ट्रोनिक वारफेयर सिस्टमले पनि सुसज्जित छ । चीन र भारतबीच एयरफोर्स अपग्रेड गर्न प्रतिस्पर्धा चलिरहेका बेला समुद्रमा पनि यी दुई देश एकअर्कालाई दबावमा राख्न लागिपरेका छन् ।

यसबीच भारत नजिक रहेका समुद्री क्षेत्रमा चिनियाँ युद्धक जहाजहरुको आवागमन सन् २००८ पछि निकै बढेको छ । कहिले सर्भेका नाम त कहिले एंटी पाइरेसी अपरेशनका नाममा चिनियाँ जहाजहरुले भारतको दिमाग खराब गरिरहेका छन् ।

यसबीच भारतले चिनियाँ वारशिप र सबमरीनको हर मूभमेन्टमा आफ्नो नौसेनाको नजर रहेको बताएको छ । यसक्रममा भारतीय नौसेनाका लागि लामो दुरीसम्म निगरानी गर्नेे ६ वटा ए ८ आई विमान उपलब्ध हुने बाटो खुलेको छ ।

हालै भएको भारत र अमेरिकाबीचको साझा बयानमा यो सम्झौताका बारेमा अपडेट दिइएको छ । बयानमा भनिएको छ कि ‘भारतको समुद्री निगरानी क्षमता बढाउनका लागि ६ अतिरिक्त ए–८ आई लंग रेंज मेरिटाइम रेकनेन्स विमान खरीदको काम छिटै नै पूरा हुनेछ ।

जसका लागि बिक्रीका शर्तहरुमा सहमति भइसकेको छ । यो कदमले भारतीय नौसेनाको शक्ति समुन्द्रमा थप बढ्ने विश्वास गरिएको छ । भारतले अहिलेसम्म अमेरिकाबाट कुल १२ वटा ए–८ आई विमानहरु खरीद गरिसकेको छ ।

पहिलो चरणमा सन २००९मा ८ र दोस्रो चरणमा २०१६ मा ४ ए–८ आई विमान किनेको थियो । यद्यपि नौसेनाले आफुलाई १० अतिरिक्त ए ८ आई विमानहरुको आवस्यकता रहेको बताएको थियो । यसमा १० त होइन मात्रै ६ का लागि स्वीकृति पाएको थियो ।

२०१९मा रक्षा अधिग्रहण परिषदले ६ अतिरिक्त विमान खरीदको स्वीकृति दिएको थियो । पी–८आई विमानको विशेषता भनेको ४१ हजार फिटको उचाईमा यसले उडान भर्न सक्छ । समुन्द्रको गहराईमा लुकेका सबमरीनलाई भेट्टाउन सक्छ र त्यसको शिकार पनि गर्न सक्छ ।

भारतीय नौसेनाका लागि लामो दुरीमा निगरानीका लागि अहिलेको समयमा योभन्दा राम्रो अर्को छैन । एक पटकमा यसले ८३०० किलोमीटरसम्म उडान भर्न सक्छ । यसमा ११ हार्ड प्वाइंट लागेका छन् । ५ इंटर्नल र ६ बाहिरका विंगमा ।

एंटी शिप मिसाइल हारपून, क्रूज मिसाइल, लाइट वेट टरपीडो, एंटी सबमरीन वारफेयर चार्ज र माइन लंच गर्न सक्छ । यो विमान पावरफुल मल्टी मिशन सर्फेस सर्च रडार सम्पन्न छ । भारत र अमेरिकाबीच ३१ एमक्यू ९ बी कालागि सम्झौता भइसकेको छ ।

भारतीय मिडियाहरुका अनुसार २०२९ सम्ममा पहिलो ड्रोन भारतले पाउने छ । अमेरिकाबाट भारतीय नौसेनाले अहिले भन २ वटा एमक्यू–९बी लीजमा लिएर प्रयोग गरिरहेको छ । भारतले अमेरिकाबाट एमक्यू–९ ड्रोनका एडभान्सड भर्जन किन्न लागेको हो ।

३.९९ बिलियन अमेरिकी डलरको अनुमानित लागतमा ३१ वटा एमक्यू–९ रिमोटली पायलटेड एयरक्राफ्ट (आरपिए) र संबंधित उपकरणहरु खरीदको सम्झौता भइसकेको छ । जसमध्ये १५ ड्रोन भारतीय नौसेनालाई, ८ थल सेना ८ वायुसेनालाई दिइने बताइएको छ ।

सबैभन्दा धेरै नौसेनाका लागि दिनु पछाडी यसको निगरानीको क्षेत्र अन्य सेनाभन्दा धेरै भएकाले हो । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी एफ–३५#चीनको बाहुबली फाइटर जेट#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.