काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

४ फागुन ८१, सोमबार

५ फागुन , काठमाण्डौ।

हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा वर्ष र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरुमा आज विहान पनि हल्का हुस्सु लागेको छ। महाशाखाले सोमबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ।

Advertisement

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा हुने पनि महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रको केही भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

Advertisement

वर्षा हिमपात र बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै काठमाडौंमा चिसो महसुस भएको छ। शुक्रबारदेखि नै काठमाडौंमा चिसो महसुस गरिएको थियो। आगामी केही दिनसम्म पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने भएकाले काठमाडौंमा चिसो महसुस हुने वरिष्ठ मौसमविद्हरुले बताएका छन् ।

केही दिनअघि काठमाडौंमा तापक्रम बढेको थियो। अहिले त्यसमा केही गिरावट आएको छ। सोमबार बिहान ८ः४५ बजे काठमाडौंको कीर्तिपुरको तापक्रम ७.६ डिग्री सेल्सियस थियो। नगरकोटको ५.५ डिग्री सेल्सियस थियो।

ललितपुरको खुमलटारको तापक्रम ८ डिग्री सेल्सियस थियो। पछिल्लो तीन घन्टामा मुलुकका केही भागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। सोमबार बिहान मकवानपुरको दामन, पाल्पाको बल्ड्याङगढी केन्द्रमा मौसम वर्षा भएको रेकर्ड भएको छ।

हावापानी विश्लेषण शाखाका अनुसार शनिबार र आइतबारको २४ घन्टाको अवधिमा १० वटा केन्द्रमा १ मिलिमिटरभन्दा बढी पानी परेको छ। पछिल्लो केही दिन पश्चिमी तथा पूर्वी भागमा फाट्टफुट्टदेखि हल्का वर्षा भए पनि यस वर्षको हिउँद याम सुख्खा नै रहेको छ।

औसतभन्दा धेरै कम वर्षा भएको छ। विभागका अनुसार यस वर्षको हिउँदयाम (मंसिर १६देखि फागुन ४ गतेसम्मको अवधिमा)मा ५.७० मिलिमिटर वर्षा भएको छ। हिउँद याममा सरदर ६०.१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष अहिलेसम्म ९.५ प्रतिशतमात्रै वर्षा भएको छ।

जसका कारण वायुमण्डलमा धुलो, धुवाँका कणहरू थुप्रिएर बसेका छन्। यसैबीच काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top