५ फागुन , एजेन्सी ।
आज विहान नेपालको मनाङ केन्द्रविन्दु भएर र भारतको नयाँ दिल्ली–एनसीआर केन्द्रविन्दु भएर भुकम्प गयो । दिल्लीमा जमीनको सतहभन्दा ५ किलोमिटर तल उत्पत्ति भएको भुकम्पको तीव्रता ४ म्याग्नेच्युडको रहेको थियो ।
भने नेपालमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो । नेपालका पश्चिमी क्षेत्रमा लगातारजसो भुकम्प गई नै रहेको छ ।
यसक्षेत्रमा महाभूकम्प आउन सक्ने विज्ञहरुले चेतावनी पनि दिदै आएका छन् । यसै संदर्भमा आज हामी विश्वमा कहिलेदेखि भूकम्पको रेकर्ड राख्न थालियो, सबैभन्दा शक्तिशाली भूकम्प कहिले गएको थियो र त्यसमा कति क्षति भएको थियो, लगायतका बारेमा चर्चा गर्दैछौं ।
१– पहिलो भूकम्प कहिले र कहाँ गएको थियो ?
भूकम्पको सबैभन्दा पहिलो साक्षात्कार चीनको शांदोंग प्रांतमा १८३१ ईसा पूर्वमा भएको पाइन्छ । यो रेकर्डमा भने छैन ।
२– विश्वको सबैभन्दा शक्तिशाली भूकम्प कहिले गएको थियो ?
विश्वमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प २२ मे, १९६० मा चिलीमा गएको थियो । यसको तीव्रता ९.५ रेकर्ड भएको थियो ।
३– अमेरिकामा सबैभन्दा ठूलो भूकम्प कहाँ गएको थियो ?
संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो भूकम्प ९.२ तीव्रताको थियो । यो २८ मार्च, १९६४ (गुड फ्राइडे)का दिन प्रिंस विलियम साउंड, अलास्कामा गएको थियो ।
४– विश्वमा सबैभन्दा धेरै भूकम्प कहाँ गईरहन्छ ?
विश्वमा सबैभन्दा धेरै भूकंप जापानमा गइरहन्छ । जापानपछि इंडोनेशियामा सबैभन्दा धेरै भूकम्प गइरहन्छ । जुन क्षेत्रमा भूकम्प गइरहन्छ त्यसलाई ‘रिंग अफ फायर’ क्षेत्र भनिन्छ ।
५– भूकम्प किन जान्छन् ?
टेक्टोनिक प्लेटमा हलचल हुँदा भूकम्प जान्छ । पृथ्वी १२ टेक्टोनिक प्लेट्समा अवस्थित छ । जुन लगातार स्लो स्पीडमा हल्लिरहन्छन् । यी प्लेटहरु आपसमा टकराउँदा वा घर्षण हुँदा इनर्जी निस्कन्छ, जसले भूकम्पको झट्का महसूस हुन्छ । वैज्ञानिकहरुका अनुसार, यी प्लेटहरुले हरेक वर्ष लगभग ४ देखि ५ मिलीमीटरसम्म आफ्नो पोजिशन बदल्छन् । कहिलेकाँही यीनिहरु आपस ठोक्किएर फस्न पुग्छन् र अचानक इनर्जी रिलीज हुँदा भूकम्पको झट्क महसूस हुन्छ ।
६– भूकम्पको केन्द्र के हो ?
पृथ्वीको सतह तलको त्यो बिन्दु, जहां चट्टानहरुमा घर्षणका कारण टूटफूट हुन्छ, त्यसलाई हाइपोसेंटर भनिन्छ । यहीँबाट इनर्जी वेभ्सका रूपमा बाहिर निस्कन्छ, जसले भूकम्पको झट्का महसूस हन्छ । भूकम्पको केन्द्र अर्थात एपिसेंटर पृथ्वीको सतहमा हाइपोसेंटरको ठीक माथिको स्थान हो ।
७– विश्वमा हरेक वर्ष कति भूकम्प आउँछ ?
अनुमान अनुसार विश्वमा हरेक वर्ष ५ लाख यस्ता भूकम्प आइरहन्छ, जसको बारेमा थाहा हुन्छ । त्यसमा १ लाख भूकंपलाई महसूस गर्न सकिन्छ । र त्यसमा पनि १०० यस्ता हुन्छन्, जसले क्षति पुर्याउँछ ।
८– के चन्द्रमामा पनि जान्छ भूकम्प ?
मूनक्वेक अर्थात चन्द्रमामा ‘भूकंप’ पृथ्वीमा आउने भूकम्पको तुलनामा कम तीव्रता भएका हुन्छन् । यो चंद्रमाको सतह र केंद्रका बीच लगभग आधा गहिराईमा पनि जाने गरेका छन् ।
९– पहिलो रेकर्डेड भूकम्प कहिले गएको थियो ?
१८ अप्रिल १९०६ मा सान फ्रांसिस्कोमा कयौं मिनेटसम्म भूकम्पको झट्का आएको थियो । भवनहरु लडे र त्यसमा आगलागी हुँदा ७०० देखि ३०००का बीचमा मानिसहरु मारिएका थिए ।
१०– कुन भूकम्पमा सबैभन्दा धेरै मानिसहरु मारिएका थिए ?
१२ जनवरी २०१० मा हाइटीमा गएको विनाशकारी भूकंपमा ३ लाख १६ हजार मानिसको मृत्यु भएको थियो । यो भूकंपले देशको भूगोल नै परिवर्तन भएको थियो ।
११– नेपालमा गएका ठूला भूकम्पहरु
नेपाल संसारको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एकमा अवस्थित छ । तथ्याङ्क अनुसार वि.सं. १३१०, १८९०, १९९०, २०४५, २०६८, ०७२ मा ठूला भूकम्प गएका छन् । २०८० मा पनि जाजरकोटमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।
१२– भूकम्पको तीव्रता केले मापन हुन्छ ?
भूकम्पको तीव्रता मापनका लागि रेक्टरस्केल र मर्कली स्केलको प्रयोग गरिन्छ ।
१३– भूकम्पको अधिकतम तीव्रता कति हो ?
केही भूकम्पहरु यति साना हुन्छन् कि त्यसलाई नेगेटिभ संख्यामा व्यक्त गरिन्छ । स्केलको कुनै पनि माथिल्लो सीमा छैन । सबैभन्दा ठूलो रेकर्डेड भूकंप १९६० मा चिलीमा सबडक्शन जोन नजिक आएको थियो जुन ९.५ तीव्रताको थियो, तर यसभन्दा ठूलो भूकंप पनि आउन सक्छ ।
१४– के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ?
भूकंपको पूर्वानुमान वा भविष्यवाणी संभव छैन । भुकम्प आउनका लागि कहिले भूमिगत चट्टानहरु टुक्रिन्छन् भन्ने थाहा पाउँन अहिलेसम्म सकिएको छैन । वैज्ञानिकहरुले भूकंपको कारण के हो भन्ने त पत्ता लगाए तर अहिलेसम्म भूमिगत चट्टानहरु कहिले टुक्रिन्छन भन्ने पत्ता लगाउन सकिएको छैन ।