×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

नेपाल प्रहरी ओडिसा पुग्यो,नेपाली कुट्ने गार्ड पक्राउ, किटको याचना

६ फाल्गुन २०८१

६ फागुन ,  काठमाण्डौ ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारले नेपालमा ठूलो चर्चा पाएको छ।

Advertisement
Advertisement

नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको, उनीहरूमाथि अपमानजनक भाषा प्रयोग गरिएको र उनीहरूको सुरक्षाबारे प्रशासनले बेवास्ता गरेको भन्दै नेपालभर विरोध भइरहेको छ। यस घटनाले नेपाल सरकारको कूटनीतिक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

नेपाली विद्यार्थीहरूले आफूहरूमाथि गरिएको अन्यायबारे आवाज उठाउँदा भारतीय पक्षबाट ‘तपाईंहरूको देशको बजेटभन्दा हाम्रो विश्वविद्यालयको बजेट धेरै छ’ भन्ने जस्ता अपमानजनक टिप्पणी गरिएको भिडियो सार्वजनिक भएको छ।

यो घटनाले नेपाली नागरिकप्रति भारतीय संस्थानहरूमा रहेको हेपाहा प्रवृत्ति उजागर गरेको भन्दै यो संसदमा समेत बहसको विषय बनेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन र उच्चस्तरीय कूटनीतिक वार्ताको माग गरेका छन् ।

सरकारले भारतीय पक्षसँग गम्भीर संवाद गरेर मृतक छात्राको न्याय सुनिश्चित गर्नुपर्ने र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताए।

उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने उनले बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे ।

उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताए । उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए ।

उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताए । झाले मुलुकको कुटनीतिक संरचना नै सुधार गर्न जरुरी रहेको बताए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गरेका छन् ।

यही विषय राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले पनि सरकारको कुटनैतिक कमजोरी देखिएको भन्दै नेपालीको सुरक्षा, मृत्यु प्रकरणको छानविन र सहजै पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् ।

सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।उता किटमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको जनाएको छ।

श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ। श्रीवास्तव प्रकृतिको साथी हुन्। श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ।

श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ। साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ। साथै कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ। ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीले माफी मागेकी छिन् । दुई कर्मचारीलाई किटले निलम्बन गरेको जनाएको छ । नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार भएको घटनामा किटले पनि माफी मागेको छ।

किटका उपकुलपति शरणजित सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै कलिंग इन्स्टिच्युटमा भएको घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन्। साथै उनले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद पनि व्यक्त गरेका छन् ।

यता परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताएकी छन् । परराष्ट्र मन्त्री राणाका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान किटमा पुगिसकेका छन् ।

ती प्रहरीहरूसँग आफूले कुराकानी गरेको र घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको परराष्ट्र मन्त्रीको भनाइ छ।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्र मन्त्री राणाको भनाइ छ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top