रुस–अमेरिकाबीच वार्ता, जेलेन्स्कीलाई बोलाइएन

६ फागुन , विराटनगर।

रुस र युक्रेनबीचको शान्ति सम्झौताका लागि आज अमेरिकाका विदेशमन्त्री र रुसका विदेशमन्त्रीबीच वार्ता सुरु भएको छ । अमेरिकी विदेशमन्त्री रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा साउदीमा वार्ता सुरु भएको हो ।

यो वार्तामा युक्रेन भने सहभागी छैन् । अमेरिकी अधिकारीहरूले यो वार्तालाई युद्ध अन्त्य गर्न रुस कति गम्भीर छ भन्ने विषय मापन गर्नका लागि महत्त्वपूर्ण हुने बताएका छन् । यस्तै, रुसी अधिकारीले यो वार्ताका माध्यमबाट अमेरिकासँगको सम्बन्ध सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।

रियादमा मंगलबार सम्पन्न बैठकमा रूसी पक्षबाट विदेशमन्त्री लाभरोभ र राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ सहभागी भएका थिए। अमेरिकी पक्षबाट विदेशमन्त्री रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र पश्चिम एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ बैठकमा उपस्थित भए।

यो बैठक युक्रेनमाथि रुसले आक्रमण गरेको तीन वर्षपछि आयोजना भएको हो । अमेरिकी शान्ति सम्झौतामा भूमिका भएकाले यसलाई निकै महत्वपूर्ण मानिएको छ। अमेरिकी विदेश विभाग र रूसी अधिकारीहरूबीचको यो वार्ता हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादपछि सम्भव भएको हो।

टेलिफोन वार्तामा दुवै नेताहरूले युक्रेन युद्धको शान्ति वार्ता तुरुन्त सुरु गर्ने सहमति जनाएका थिए। रूस र अमेरिका यो वार्ताका प्रमुख पक्ष हुन् भने साउदी अरब मध्यस्थकर्ताको भूमिकामा रहेको छ। तर, यस वार्तामा युक्रेनलाई आमन्त्रण गरिएको छैन, जुन युक्रेन–रूस युद्ध अन्त्य गर्ने प्रयासको मुख्य विषय हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यदि कीभ सहभागी हुन नपाएमा बैठकबाट आउने कुनै पनि निर्णय मान्य नहुने स्पष्ट पारेका छन्। युक्रेनको अनुपस्थितिप्रति युरोपेली नेताहरूले चिन्ता व्यक्त गरेका छन्।

वार्ता अघि रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पोस्कोभले साउदी अरब अमेरिका र रुस, दुवै देशबीच वार्ताका लागि एक अनुकुल स्थान भएको बताएका थिए । पेस्कोभको यो टिप्पणी साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको जितका रुपमा हेरिएको छ ।

क्राउन प्रिन्स सलमान, तेलमा आधारित साउदीको अर्थव्यवस्था र यसको कट्टरपन्थी इस्लामिक विगतलाई यस्तो राष्ट्रमा बदल्ने मिशनमा छन् जुन विश्वभरमा सफ्ट पावर बनेर माथि आओस् भन्ने उनी चाहान्छन् । र उनी यो मिशनमा सफल हुँदै गएको पनि देखिन्छ ।

अमेरिका र रुसका नेताहरुको मेजमानी गरेर साउदी अरबले अब उ गाजाको भविष्यका लागि पनि वार्ताको मध्यस्थता गर्न सक्छ भन्ने देखाउन प्रयास गरिरहेको छ । साउदीका एक अधिकारीले अमेरिकी टिभि नेटवर्क सीएनएनलाई भनेका छन् कि मंगलबार अमेरिका र रुसबीच हुने बैठकमा साउदीले मेजमानीबाट पनि अगाडी बढेर मध्यस्थकर्ताकै भूमिका पनि निभाउन सक्छ ।

साउदी टीमको नेतृत्व देशका राष्ट्रिय सुरक्षा सल्लाहकारले गर्नेछन् । साउदी अरबका टिप्पणीकार अली शिहाबी भन्छन्, मलाई लाग्दैन कि यस्तो कुनै अर्को स्थान छ जहाँका नेताहरुको ट्रम्प र पुटिन दुवैका साथ यति राम्रो व्यक्तिगत सम्बन्ध छ ।

साउदी अरबका लागि यो एक प्रतिष्ठित आयोजना हो र यसले क्षेत्रिय र विश्वस्तरमा पनि साउदीको सफ्ट पावरलाई बढाउने छ । यसअघि भने रुसले कयौं पटक भारत, चीनसहित ब्राजिलले पनि यो मध्यस्थता गर्न सक्ने बताएको थियो ।

स्वयं अमेरिकाले पनि चीनलाई राम्रो मध्यस्थता गर्न आग्रह गरेको थियो । तर ट्रम्प अमेरिकी नेतृत्वमा फर्किएपछि भने अब यो अवसर साउदीले पाएको छ । यसबीच अमेरिका र रुसी नेताहरुको साउदीमा भेटवार्ता किंगडममा भइरहेको व्यापक बदलाब कै एक हिस्सा हो ।

हालैका वर्षहरुमा साउदी अरबले वैश्विक संघर्षमा तटस्थता देखाएको छ र आफ्नो भिजन २०३० का लक्ष्यहरु हासिल गर्नका लागि अर्बौ डलरको लगानीमा फोकस गरेको छ । भिजन २०३० क्राउन प्रिन्सको महत्वकांक्षी प्रोजेक्ट हो जसको लक्ष्य साउदी अरबको तेलमा आधारित अर्थव्यवस्थामा विविधता ल्याउनु हो ।

मोहम्मद बिन सलमानले हुथी विद्रोहीहरुसंग वर्षौको युद्धपछि यमनबाट आफ्नो कदम फिर्ता लिएका छन् । यता क्षेत्रिय दुश्मन इरानका साथ सम्बन्ध सुधारमा लागेका छन् । र चीन–रुसका साथ घनिष्ठ सम्बन्ध बनाइरहेका छन् ।

यी सबका साथै उनले पश्चिमी देशहरुका साथ पनि बलियो सम्बन्ध बनाएका छन् । साउदी अरब पहिला खेल र मनोरंजनको दुनियाँबाट कोशौं टाढा रहेकामा अब उ खेल र मनोरंजनका अन्तर्राष्ट्रिय इभेन्ट्स नै आयोजना गरिरहेको छ ।

अर्कातर्फ साउदीले मानविय सहयोगका लागि पनि कयौं वैठकहरु आयोजना गरिसकेको छ । उसले शान्ति सम्मेलनहरु आयोजना गरिरहेको छ, जसका माध्यमले उसले आफूलाई विश्वकै शान्तिदूतका रुपमा पेश गरिरहेको छ ।

अगस्ट २०२३ मा साउदी अरबले युक्रेन मुद्यामा २ दिने शान्ति शिखर सम्मेलन आयोजना गरेको थियो जसमा ४० भन्दा धेरै देशहरुले सहभागिता जनाएका थिए । सोही वर्ष फेब्रुअरीमा साउदीले युक्रेनलाई ४० करोड डलरको मानविय सहयोग पनि दिने घोषणा गरेको थियो ।

खासमा शान्ति वार्तामा एक शक्तिशाली मध्यस्थका रुपमा प्रिन्स बिन सलमानको उदय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ उनको बलियो सम्बन्धका कारण भएको ठानिन्छ । ट्रम्पले क्राउन प्रिन्सलाई सधैं नै समर्थन गर्दै आएका छन् ।

सन २०१८ मा जब साउदी एजेन्ट्सले पत्रकार जमाल खाशोज्जीको हत्या गरेका थियो, जसका कारण राजकुमारले अन्तर्राष्ट्रिय स्तरमा नै तिरस्कार झेल्नु परेको थियो, त्यतिबेला पनि ट्रम्पले उनको समर्थन गरेका थिए ।

यस्तै सन २०१७ मा जब ट्रम्प पहिलो पटक राष्ट्रपति चुनिएका थिए त्यतिबेला उनले आफ्नो पहिलो विदेश भ्रमण साउदीबाटै गरेका थिए । सन २०२० मा जब उनी चुनावमा हारेका थिए, त्यसपछि पनि साउदीले ट्रम्पका साथ विजनेस जारी राखेको थियो ।

साउदीले ट्रम्पका ज्वाइँ जेयर कुशनेरको फर्ममा २ अर्ब डलरको लगानी गरेको छ र साउदीमा ट्रम्प टावर बनाउने पनि घोषणा गरेको थियो । क्राउन प्रिन्सको सम्बन्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका साथ पनि निकै बलियो रहेको छ ।

पुटिनले पनि खाशोज्जीको हत्यापछि राजकुमारकै साथ दिएका थिए । युक्रेनमा युद्ध सुरु भएपछि साउदीमाथि पश्चिमा देशहरुले रुसलाई एक्ल्याउन, रुसी तेलको विश्व सप्लाईलाई नियन्त्रण गर्न भन्दै निकै दबाब दिएका थिए ।

तर साउदीले यस्तो गर्न मानेन । र २०२२ मा जो बाइडेनले साउदीलाई तेल उत्पादन बढाउन पनि भनेको थियो, त्यतिबेला पनि साउदीले मानेको थिएन । तर अब ट्रम्प आएपछि अमेरिकासंगको उसको मित्रता थप बलियो बनेको छ

यसबीच अब साउदीमै युक्रेनको भविष्य तय हुने निश्चित छ । यूक्रेनयुद्ध सुरु भएको तीन वर्ष हुन लाग्दा अब भने शान्तिका लागि ठोस पहल हुन लागेको हो । स्थायी शांति स्थापित गर्नका लागि यसमा अमेरिकाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

आजको यो बैठकको एक दिनपछि बुधवार यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्की पनि साउदी अरबको औपचारिक यात्रामा हुनेछन् । जेलेंस्कीका प्रवक्ता सर्गेई निकिफोरोभले एएफपी संग कुरा गर्दै लामो समय देखि नै यो यात्राको योजना बनेको बताएका छन् ।

पत्नीका साथ जेलेंस्की साउदी आउने बताइएको छ । जेलेंस्कीले गत साता नै यो यात्राको घोषणा गरेका थिए, तर मिति भने खुलाएका थिएनन् । उनले रुस वा अमेरिकी अधिकारीहरुसंग भेट्ने उनको योजना नभएको पनि बताएका थिए ।

यस्तै उनले रुस र अमेरिकी नेताहरु शान्तिका लागि वार्तामा बस्दा आफूलाई भने अहिलेसम्म नबोलाइएको पनि बताएका छन् । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top