NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ? सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

‘लाज शरणम्’लाई अदालतको झट्का, प्रचार गर्न रोक

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
‘लाज शरणम्’लाई अदालतको झट्का, प्रचार गर्न रोक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन , काठमाण्डौ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’ले अब प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गर्न नपाउँने भएको छ । यो चलचित्रलाई प्रचारप्रसार नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जेलमा रहेका पूर्वमन्त्री अफताब आलमको हुलियासँग मिल्दोजुल्दो आवरणमा मुख्य कलाकार सीताराम कट्टेल देखिएको ‘लाज शरणम्’को पोस्टर रिलिज भएपछि आलमले पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गरेका थिए ।

LS Auto

आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएकाले त्यसलाई रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि.,जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ ।

अदालतको आदेशसँगै चलचित्रको आज सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ । साथै, महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्रको प्रदर्शन पनि अन्योलमा परेको छ ।

गत २ फागुनमा अदालतले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी हुने÷नहुने निर्णय निवेदनमा उल्लिखित ‘लाज शरणम्’ चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अवलोकन गरी गर्नु उपयुक्त भएको भन्दै चलचित्रको स्कीकृत स्क्रिप्टको प्रमाणित प्रतिलिपि तथा चलचित्रको श्रव्यदृश्यको अवलोकनको लागि पेन ड्राइभमा सो चलचित्रको डिजिटलप्रति झिकाएर दाखिल गर्ने न्यायाधीशहरु कविप्रसाद न्यौपाने र न्यायधीश कैलाशप्रसाद सुवेदीको इजलासले आदेश दिएको थियो भने अन्तरिम छलफलका लागि मंगलबार लागि बोलाएको थियो ।

‘निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचारप्रसार र सोसम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नू नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालतको नियमावली, २०७३ को नियम ४२(३) बमोजिम अन्तरिम आदेश जारी भएको छ,’आदेशमा भनिएको छ ।

आलमले मुद्दा दायरका क्रममा विपक्षीहरुले गरेको कार्यले निरन्तरता पाएमा अवैधानिक तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीतको काम कार्यले वैधानिकता प्राप्त गरी कानुनको शासनको उपहास हुने र निवेदकको व्यक्तित्वको अधिकारमा आघात पर्न गई आफ्नो व्यक्तित्वमाथि जनमानसमा घृणा र घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) पैदा गरी मानहानीसमेत हुन जाने अवस्था हुने उल्लेख गरेका छन् ।

उनले निवेदकको हक अधिकारमा गम्भीर क्षति हुन नदिन चलचित्र निर्माणपश्चात प्रकाशन र प्रशारण भएको पोस्टर र ट्रेलरसहित चलचित प्रदर्शनका सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नभएसम्म विद्युतीय एवं अन्य हाललाई रोकी सञ्चार जगतमा प्रकाशन र प्रशारण भएको पोस्टर र ट्रेलर हटाइ चलचित्र प्रदर्शनीको थप काम नगर्नू नगराउन माग गर्दै यथास्थितिमा राख्नका लागि अन्तरिम आदेश माग गरेका थिए ।

अन्तरिम आदेश छलफलमा निवेदकको तर्फबाट अधिवक्ताहरु सरोज कृष्ण घिमिरे, रोशनी पौडेल, रामेश्वर न्यौपानेले बहस गर्दा विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ताहरु विपना शर्मा, चिरन्जिवी खतिवडा, भावेश गौतम, महेश्वर श्रेष्ठ तथा सरकारी वकिलहरुले वहस गरेका थिए ।

चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन छ । यस फिल्ममा सीताराम र कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी,अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ,माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

आलमसँगको मिल्दो हुलिया र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले समेत गीत गाएका कारण यो चलचित्र चर्चामा रहदै आएको छ ।

Tags: #‘लाज शरणम्’लाई अदालतको झट्का#‘लाज शरणम्’

लोकप्रीय

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

विचार

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै
समाचार

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.