होमपाईप भित्र भेटिएको शवको पहिचान भयो, हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, असोज १४
असोज ७ गते विराटनगरमा होमपाईप भित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको छ । उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ ।

विराटनगरको वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनी स्थित होमपाईप भित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै घटनाको बिषयमा बिस्तृत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको बिषयमा जानकारी गराउदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले होमपाईपभित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको पुष्टि भएको जानकारी दिए ।

Advertisement

उनले असोज १ गतेबाट हराएका अस्फाकलाई सोही स्थानका २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहारगरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।

घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुवै अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिकगर्दै उनले मृतक अस्फाक असोज १ गतेबाट हराएको र सो बिषयमा प्रहरीमा खोजतलासकालागि निवेदन समेत परेको उनले जानकारी दिए ।

Advertisement

अभियुुक्तद्वयले अस्फाक हराएको भनिएकैदिन उनको हत्या गरेको खुलेको उनले बताए । अभियुक्तद्वयले अस्फाकलाई घटनास्थलसम्म लिएर गएको तथा सो स्थानमा टाउकोमा ढुंगा प्रहार गरेर हत्यागरेपछि होम पाइपभित्र लुकाएको जानकारी दिनुभयो ।

हत्या गरिसकेपछि शव लुकाएर अभियुक्तद्वयले पटकपटक मृतकका अभिभावक सँग मोबाइलमा म्यासेज पठाएर फिरौती समेत मागेको प्रहरीले जनाएको छ । ५० लाखबाट शुरु भएको फिरौतीको बार्गेनिङ अन्तमा ५ लाखसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । मृतक अस्फाक स्थानिय एक विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top