NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

युक्रेन युद्ध अन्त्य गर्न साउदीमा ४ घण्टा वार्ता, के भयो सहमति ?

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
रुस–अमेरिकाबीच वार्ता, जेलेन्स्कीलाई बोलाइएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ फागुन , एजेन्सी ।

युक्रेनमा जारी युद्ध अन्त्यका लागि भन्दै मंगलबार साउदी अरबमा रुस र अमेरिकाबीच चलेको चार घण्टाभन्दा लामो वार्ता सकारात्मक रहेको दुवै देशका नेताहरुले बताएका छन् । यो वार्तामा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने सहमति भएको छ ।

वार्तामा चार सैद्धान्तिक सहमति भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । उनले भने –‘वासिङ्टन र मस्कोमा रहेका हाम्रो मिसनहरूको कार्यक्षमता पुनस्र्थापित गर्ने सहमति भएको छ । यो बाटो बढ्न हामीलाई सामान्य रुपमा क्रियाशील कूटनीतिक सुविधा आवश्यक पर्छ।’

यस्तै ‘सबै पक्षलाई स्वीकार्य हुनेगरी युक्रेन युद्ध समाप्तिका लागि वार्ता र छलफल गर्न हामी आफ्नो तर्फबाट एक उच्चस्तरीय टोली गठन गर्नेछौँ।’ –‘युक्रेन द्वन्द्व समाप्तिपछि हुने भूराजनीतिक र आर्थिक सहयोगका विषयमा छलफल गर्न सुरु गर्ने।’

पनि सहमति भएको उनले बताएका छन् । उनले थप भनेका छन् , ‘आज यहाँ उपस्थित पाँचजना यो प्रक्रियालाई फलदायी तरिकाले अघि बढाउन संलग्न रहने।’ पनि सहमति भएको छ । रुबियोले भनेका पाँचजनामा उनी आफैँ, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज, विशेष दूत स्टिभ विट्कोफ र रुसका तर्फबाट विदेशमन्त्री सेर्गेइ लाभ्रोव तथा राष्ट्रपतिका सहयोगी युरी उसाकोव हुन् ।

यता अमेरिकी समकक्षीसँगको वार्तापछि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले पनि दुई देशबीच पूर्ण सहकार्य गर्ने सहमति भएको बताएका छन् । उनले तीन प्रमुख सहमति भएको उल्लेख गरे । जसअनुसार– दुवै देशले सकेसम्म चाँडो एकअर्काको मुलुकमा राजदूत नियुक्त गर्ने, दूतावासको ब्यांक ट्रान्सफरमा प्रतिबन्ध लगायत अवरोध हटाउने, युक्रेनको विषयमा समाधानको प्रक्रिया सुरु गर्ने, पहिले अमेरिकाले र त्यसपछि रुसले प्रतिनिधि नियुक्त गर्ने यस्तै पूर्ण रुपमा सहकार्य सुरु गर्नलाई वातावरण तयार गर्ने ।

‘यो निकै उपयोगी संवाद थियो। हामीले एकअर्काको कुरा सुन्यौँ,’ लाभ्रोवले पत्रकार सम्मेलनमा भनेका छन् । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई सहभागी नगराई युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रुसबीच भएको वार्ताप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

जतिबेला साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको थियो, त्यतिबेला उनी टर्कीएमा थिए । ‘हामी चाहन्छौँ कि सबै कुरा पारदर्शी होस्, कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस ।

हामीलाई रुस–अमेरिका वार्तामा आमन्त्रण गरिएको थिएन’, उनले पत्रकारहरूसँग भने, ‘अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसबारे थाहा पायौँ।’ संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्कीए र बेलायत पनि सहभागी हुनुपर्ने उनको भनाइ छ ।

उनले युक्रेनले कुनै पनि हालतमा रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताए । उनले भने, पूर्व हाम्रो हो, क्रिमिया हाम्रो हो र ती सबै सहर र गाउँ हाम्रा लागि महत्त्वपूर्ण छन् । जेलेन्स्कीले यस हप्ता गर्ने भनेको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगन गर्ने पनि बताए ।

यता रुसले भने राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक परे युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग वार्ताका लागि समेत तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पत्रकारहरुसँग भने, ‘पुटिन आफैँले भन्नुभएको छ, आवश्यक परे उहाँ जेलेन्स्कीसँग वार्ताका लागि तयार हुनुहुन्छ।’ तर, जेलेन्स्कीको वैधतामाथि उनले प्रश्न उठाए । ‘तर, उनको वैधतामाथि प्रश्न उठ्न सक्छ,’ पेस्कोवले भनेका छन् ।

समयमा चुनाव नगरेका कारण जेलेन्स्की अवैध सत्ताधारी भएको रुसको तर्क छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई ’धेरै राम्रो’ भनेका छन् ।

उक्त वार्तापछि युक्रेनमा शान्ति स्थापना गर्नेबारे आफूमा पहिलेभन्दा आत्मविश्वास बढेको ट्रम्पले बताए । उनले भने, ‘रुस केही गर्न चाहन्छ । ऊ बर्बरता रोक्न चाहन्छ । हरेक हप्ता हजारौँ सैनिक मारिइरहेका छन्। यो मूर्खतापूर्ण छ।’

यो अर्थहीन युद्ध भएको र यो आफूहरू रोक्न चाहने उनले बताए । अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेनप्रति कटाक्ष गर्दै उनले भने, ‘म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।’ उता बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ ।

यस हप्ता २५०० ब्रिटिस सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को अभ्यासमा भाग लिइरहेका छन् । यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ । ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिस सेनाले नेटो अभ्यासमा भाग लिइरहेको हो ।

युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको ब्रिगेडियर वाटसनले बताएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको बताएका थिए ।

Tags: #युक्रेन युद्ध अन्त्य गर्न साउदीमा ४ घण्टा वार्ता#युक्रेनको रक्षा ब्रिटिस सेनाले गर्ने

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.