युक्रेन युद्ध अन्त्य गर्न साउदीमा ४ घण्टा वार्ता, के भयो सहमति ?

७ फागुन , एजेन्सी ।

युक्रेनमा जारी युद्ध अन्त्यका लागि भन्दै मंगलबार साउदी अरबमा रुस र अमेरिकाबीच चलेको चार घण्टाभन्दा लामो वार्ता सकारात्मक रहेको दुवै देशका नेताहरुले बताएका छन् । यो वार्तामा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने सहमति भएको छ ।

वार्तामा चार सैद्धान्तिक सहमति भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । उनले भने –‘वासिङ्टन र मस्कोमा रहेका हाम्रो मिसनहरूको कार्यक्षमता पुनस्र्थापित गर्ने सहमति भएको छ । यो बाटो बढ्न हामीलाई सामान्य रुपमा क्रियाशील कूटनीतिक सुविधा आवश्यक पर्छ।’

Advertisement

यस्तै ‘सबै पक्षलाई स्वीकार्य हुनेगरी युक्रेन युद्ध समाप्तिका लागि वार्ता र छलफल गर्न हामी आफ्नो तर्फबाट एक उच्चस्तरीय टोली गठन गर्नेछौँ।’‘युक्रेन द्वन्द्व समाप्तिपछि हुने भूराजनीतिक र आर्थिक सहयोगका विषयमा छलफल गर्न सुरु गर्ने।’

पनि सहमति भएको उनले बताएका छन् । उनले थप भनेका छन् , ‘आज यहाँ उपस्थित पाँचजना यो प्रक्रियालाई फलदायी तरिकाले अघि बढाउन संलग्न रहने।’ पनि सहमति भएको छ । रुबियोले भनेका पाँचजनामा उनी आफैँ, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज, विशेष दूत स्टिभ विट्कोफ र रुसका तर्फबाट विदेशमन्त्री सेर्गेइ लाभ्रोव तथा राष्ट्रपतिका सहयोगी युरी उसाकोव हुन् ।

Advertisement

यता अमेरिकी समकक्षीसँगको वार्तापछि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले पनि दुई देशबीच पूर्ण सहकार्य गर्ने सहमति भएको बताएका छन् । उनले तीन प्रमुख सहमति भएको उल्लेख गरे । जसअनुसार– दुवै देशले सकेसम्म चाँडो एकअर्काको मुलुकमा राजदूत नियुक्त गर्ने, दूतावासको ब्यांक ट्रान्सफरमा प्रतिबन्ध लगायत अवरोध हटाउने, युक्रेनको विषयमा समाधानको प्रक्रिया सुरु गर्ने, पहिले अमेरिकाले र त्यसपछि रुसले प्रतिनिधि नियुक्त गर्ने यस्तै पूर्ण रुपमा सहकार्य सुरु गर्नलाई वातावरण तयार गर्ने ।

‘यो निकै उपयोगी संवाद थियो। हामीले एकअर्काको कुरा सुन्यौँ,’ लाभ्रोवले पत्रकार सम्मेलनमा भनेका छन् । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई सहभागी नगराई युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रुसबीच भएको वार्ताप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

जतिबेला साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको थियो, त्यतिबेला उनी टर्कीएमा थिए । ‘हामी चाहन्छौँ कि सबै कुरा पारदर्शी होस्, कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस ।

हामीलाई रुस–अमेरिका वार्तामा आमन्त्रण गरिएको थिएन’, उनले पत्रकारहरूसँग भने, ‘अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसबारे थाहा पायौँ।’ संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्कीए र बेलायत पनि सहभागी हुनुपर्ने उनको भनाइ छ ।

उनले युक्रेनले कुनै पनि हालतमा रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताए । उनले भने, पूर्व हाम्रो हो, क्रिमिया हाम्रो हो र ती सबै सहर र गाउँ हाम्रा लागि महत्त्वपूर्ण छन् । जेलेन्स्कीले यस हप्ता गर्ने भनेको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगन गर्ने पनि बताए ।

यता रुसले भने राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक परे युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग वार्ताका लागि समेत तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पत्रकारहरुसँग भने, ‘पुटिन आफैँले भन्नुभएको छ, आवश्यक परे उहाँ जेलेन्स्कीसँग वार्ताका लागि तयार हुनुहुन्छ।’ तर, जेलेन्स्कीको वैधतामाथि उनले प्रश्न उठाए । ‘तर, उनको वैधतामाथि प्रश्न उठ्न सक्छ,’ पेस्कोवले भनेका छन् ।

समयमा चुनाव नगरेका कारण जेलेन्स्की अवैध सत्ताधारी भएको रुसको तर्क छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई ’धेरै राम्रो’ भनेका छन् ।

उक्त वार्तापछि युक्रेनमा शान्ति स्थापना गर्नेबारे आफूमा पहिलेभन्दा आत्मविश्वास बढेको ट्रम्पले बताए । उनले भने, ‘रुस केही गर्न चाहन्छ । ऊ बर्बरता रोक्न चाहन्छ । हरेक हप्ता हजारौँ सैनिक मारिइरहेका छन्। यो मूर्खतापूर्ण छ।’

यो अर्थहीन युद्ध भएको र यो आफूहरू रोक्न चाहने उनले बताए । अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेनप्रति कटाक्ष गर्दै उनले भने, ‘म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।’ उता बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ ।

यस हप्ता २५०० ब्रिटिस सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को अभ्यासमा भाग लिइरहेका छन् । यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ । ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिस सेनाले नेटो अभ्यासमा भाग लिइरहेको हो ।

युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको ब्रिगेडियर वाटसनले बताएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top