NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

राजाबाट रैती बनेका ज्ञानेन्द्रले किन मागे जनताको साथ ?

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
श्री ५ महाराजधिराजका नाममा ज्ञानेन्द्र शाहको विज्ञप्ति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन , काठमाण्डौ , ।

पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्र बचाउन जनताको साथ आवश्यक रहेको बताएका छन्। उनको यस अभिव्यक्तिले विभिन्न राजनीतिक तरङ्ग उत्पन्न गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भइसकेको नेपालमा पूर्वराजाको यस्तो अपिलले अनेक प्रश्न जन्माएको छ— के अब ज्ञानेन्द्र शाह सक्रिय राजनीतिमा फर्कन चाहन्छन् ? वा उनी राजतन्त्र पुनःस्थापनाको कुनै रणनीतिक तयारी गरिरहेका छन् ?भन्ने बहस सुरु भएको छ ।

LS Auto

तर नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२, ०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् ।’

महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।’ ‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ ।’ पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’

नेपालमा गणतन्त्र स्थापना भइसकेपछि ज्ञानेन्द्र शाह सक्रिय रूपमा राजनीतिक वक्तव्य दिएका छैनन् । तर, पछिल्लो समय उनले समय–समयमा राष्ट्रियता, स्वाधीनता र धर्मका विषय उठाउँदै आएका छन्।

यस पटकको सन्देशमा उनले “राष्ट्र जोगाउन जनताको साथ आवश्यक रहेको भन्दै जनताको साथ खोजेका छन् । पूर्वराजाले आफूलाई राष्ट्रको रक्षकका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय राप्रपाले राजतन्त्रसहितको हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा अगाडि सार्दै आएको छ।

ज्ञानेन्द्र शाहको अपिल यसै अभियानलाई बल पुर्याउने सम्भावना छ। यदि राजसंस्थालाई पुनःस्थापित गर्ने लक्ष्य राखिएको हो भने उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राप्रपा वा अन्य शक्तिहरूसँग हातेमालो गर्न सक्छन्।

उनले गणतन्त्र असफल भएको सन्देश दिन खोजिरहेका छन्। भ्रष्टाचार, कुशासन, आर्थिक संकट, विदेशी हस्तक्षेपको बहसलाई उचालेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न खोज्न सक्छन्। उनी प्रत्यक्ष राजनीतिमा प्रवेश गर्न सक्ने सम्भावना न्यून भए पनि संस्थागत रूपमा राजसंस्थाप्रति सद्भाव बढाउने प्रयास हुनको हुन् सक्ने आंकलन गरिएको छ ।

ज्ञानेन्द्र शाह आफैं प्रत्यक्ष राजनीतिमा आउने सम्भावना कम छ। तर, यदि परिस्थितिले अनुकूलता देखायो भने उनले अप्रत्यक्ष रूपमा राजसंस्था पुनःस्थापनाको अभियानलाई बल दिन सक्छन्। यदि गणतन्त्रको असफलताको आभास जनता बीच फैलिँदै गयो भने, ज्ञानेन्द्र शाहलाई समर्थन गर्ने धारणा बलियो बन्न सक्छ।

यदि राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको आन्दोलनलाई जनस्तरमा लोकप्रिय बनाउन सक्यो भने, उनी त्यस अभियानसँग जोडिन सक्छन्। गणतन्त्र समर्थक दलहरूले यो अभिव्यक्तिलाई गणतन्त्रविरोधी गतिविधिको रूपमा व्याख्या गरेका छन् ।

हिन्दू राष्ट्र समर्थक समूहहरू र राजसंस्था पक्षधरहरूले भने यसलाई “परिवर्तनको संकेत“ भन्दै प्रचार गरिरहेका छन् । शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ।

अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ । तर,उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन्। आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने पूर्वराजा शाहले बताएका छन् ।

अहिले देशको इतिहास मेटिँदै गएको र नेपालका होनहार जनशक्ति देशबाट बाहिरिँदै गएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेका छन् । यस्तै निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने पूर्वराजा शाहको भनाइ छ।

Tags: #‘पञ्चायती भूत’को संज्ञा#ज्ञानेन्द्रले जनताको साथ मागे#पूर्वराजा ज्ञानेन्द्र शाह

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.