×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

दबंग बनेको किट कलेजलाई नेपालीसँग कसले झुकायो ?

७ फाल्गुन २०८१

७ फागुन , एजेन्सी ।

भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका डेढसय भन्दा बढी नेपाल विद्यार्थीहरु घर फर्किएका छन् भने ठूलो संख्यामा थप नेपाली विद्यार्थीहरु घर फर्किने क्रममा रहेको नेपाल आइपुगेका विद्यार्थीहरुले बताएका छन् ।

Advertisement

किट कलेजबाट निकालिएका विद्यार्थीहरू विराटनगर, काकडभिट्टा, वीरगञ्ज नाका हुँदै घर फर्किएका हुन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुशार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगन्ज नाका हुँदै घर फर्किएका छन् ।

उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ । यता कोशी प्रदेशका जोगवनी र काकडभिट्टा नाकाबाट गरी हिजो बेलुकादेखि आज विहानसम्म ३१ जना विद्यार्थी फर्किएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएको गुनासो गरेका छन् । कलेजबाट लखेटिएका नेपाली विद्यार्थीहरुलाई पुन कलेज फर्काउनका लागि लगातार फोन आइरहेको नेपाल फर्किएका विद्यार्थीहरुले बताएका छन् ।

कलेजमा १४ सय हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेकोमा अहिले चौथो सेमेस्टरका केही विद्यार्थीहरु मात्रै ओडिसामा रहेको फर्किएका विद्यार्थीहरुले बताएका छन् । भारतले दबाउन खोजेको नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु घटना विद्यार्थीको आन्दोलन र त्यसपछिको ब्यापक दबाबपछि यसको निष्पक्ष अनुशन्धानको अवस्थामा पुगेको छ ।

सुरुमा ओडिसा स्थित किट कलेजले घटनाको सत्यता लुकाउन भरपुर प्रयास गरेको विद्यार्थीहरुले बताएका छन् । सो घटनाको छानविनका लागि आवाज उठाउदा नै नेपाली विद्यार्थी कुटिएका थिए भने पछि लखेटिएका थिए । तर, न्यायिक दबाब बढेपछि कलेज प्रशासन झुकेको छ ।

कर्मचारीहरुले माफी मागेका छन् भने प्रकृतिको न्यायका लागि नेपाल र भारतमा समेत विद्यार्थीले दबाब बढाएका छन् । बुटवलकी २० वर्षीया प्रकृत्ति लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। तर, शनिबार साँझ कलेजकै होस्टेलभित्र झुण्डिएको अवस्थामा फेला परिन् ।

यसलाई कलेज प्रशासन र भारतीय मिडियाले आत्महत्या भने पनि विद्यार्थीहरुका अनुुसार घटना शंकास्पद थियो । प्रकृतिले एकजना विद्यार्थीले आफूलाई पटक–पटक मानसिक यातना दिएको भन्दै कलेज प्रशासनमा दुईपटक लिखित उजुरी दिएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अद्धिवक श्रीवास्तव नाम गरेका युवकले यातना दिने गरेको भन्दै उजुुरी गरे पनि कलेजले सुनुवाइ गरेन । त्यसपछि श्रीवास्तवले प्रकृतिलाई धम्कीपूर्ण र आपत्तिजनक शैलीमा म्यासेज र कल गरेका थिए ।

श्रीवास्तवले पटकपटक यातना दिँदासमेत कलेज प्रशासनले गम्भीरता नदेखाएको भन्दै नेपाली विद्यार्थीहरुले न्यायको अपिल गरेका थिए । घटना बाहिरिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राख्दै भारतीय पक्षसँग दबाब बढाएका थिए लगत्तै परराष्ट्र मन्त्रालय हुँदै भारतस्थित नेपाली दूतावासले भारतीय पक्षसँग संवाद गरेको थियो भने नेपाली दूतावासबाट दुई जना सुरक्षा अधिकारीलाई ओडिसा पठाइएको थियो ।

नेपाली पक्षको दबाबपछि लगातार कलेजका तर्फबाट विज्ञप्ति जारी भएका थिए भने नेपाली विद्यार्थीहरुलाई गालीगलौज गर्ने कर्मचारीहरुले माफी मागेका थिए । ओडिसाको विधानसभामा समेत यो विषय उठेपछि प्रदेश सरकारले यसको छानविनका लागि समिति गठन गरेको छ भने कलेज प्रशासनका कर्मचारी र प्रकृतिलाई प्रताडित गर्ने भनिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारबाही सुरु गरेको छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top