×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

विश्वका नेताले गर्न नसकेको काम बालेनले गरे

९ फाल्गुन २०८१

९ फागुन , काठमाण्डौ।

राष्ट्रिय राजनीति र जनभावनासँग जोडिएका सार्वजनिक विषयहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका माथि सामाजिक संजालबाट तिखो प्रहार गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै सामाजिक सञ्जाल फेसबुकमा मेन्सन गर्दै कडा टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

शाहले ट्रम्पलाई अमेरिका गरिब रहेको भन्दै ‘नेपाल अमेरिका भन्दा राम्रो’ भएको महसुस गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।शाहका अनुसार, ‘नेपाल गरिब छ किनभने हामी कहाँका मानिसहरू देश छाड्दैछन्, ।’

शाहले ट्रम्पलाई भनेका छन्, ‘तपाईं (अमेरिका) गरिब हुनुहुन्छ किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन् ।’ मेयर शाहले अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई ‘दासत्व’ भनेका छन् र यसलाई रोक्न आग्रह पनि गरेका छन् ।

शाहले यसले गर्दा ‘नेपालले आफ्ना रत्नहरू फिर्ता पाउनेछ’ भनेका छन् । ‘प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकामा धन्यवाद’, शाहले लेखेका छन्, ‘हामी गरिब छौँ, किनभने हाम्रा मानिसले देश छाडिरहेका छन्।तपाईंहरू गरिब हुनुहुन्छ, किनभने तपाईंका मानिसले आफ्नो देश बनाउन सक्दैनन्।

तपाईं अल्छी मानिसहरूलाई संसारकै सहाराको आवश्यकता छ।’ अमेरिकी राष्ट्रपतिका अभिब्यक्ति र उनका निर्णयहरुका बारेमा शक्तिसम्पन्न देशका नेताहरुले सामान्य प्रतिक्रिया समेत दिन नसकिरहेको अवस्थामा ट्रम्पलाई नै मेन्सन गर्दै बालेनले यतिसम्मको कडा अभिब्यक्ति दिएपछि यसको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

शक्तिशाली देशका नेताहरूले ट्रम्पको अभिव्यक्ति र निर्णयहरूबारे प्रतिक्रिया दिनसमेत हिच्किचाइरहेका बेला काठमाडौंका प्रमुखले नै यसरी कडा प्रहार गर्नु विशेष चर्चा योग्य बनेको छ। बालेनको यो अभिव्यक्तिलाई कडा, स्पष्ट र वास्तविकताको धरातलमा उभिएको साहसी टिप्पणी भनेर हेरिएको छ।

सामाजिक सञ्जालमा यो भनाइ तीव्र रूपमा भाइरल भइरहेकाले बालेनको यो स्टेटमेन्टले अब अन्तर्राष्ट्रिय बहससमेत सिर्जना गर्ने संकेत देखिएको छ। पछिल्लो समय ट्रम्पले युक्रेन युद्ध र त्याहाका राष्ट्रपति भोलोदिमिर जेलोन्स्कीलाई तानाशाह भन्दै गरेको विवादास्पद अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा तरंग ल्याइरहेको छ ।

सोही अभिब्यक्तिलाई मेन्सन गर्दै पूर्वपरराष्ट्रपति मन्त्री प्रदीप ज्ञवालीले हाम्रो समयको द्रुत रूपमा विकसित भइरहेको भूराजनीतिको तितो वास्तविकताको अभिव्यक्ति भएको भन्दै यसबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताएका थिए ।

उनले थप लेखेका छन् , आफ्नो राष्ट्रिय हितमा ध्यान दिनुहोस्, आफ्नै बलमा भर पर्नुहोस्, बाहिरी प्रलोभनबाट कहिल्यै नबस्नु र,आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिनुहोस्। अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर सहयोग रोक्दै यसलाई ठगीको संज्ञा दिएका थिए।

यस्तै अमेरिकाले नेपालमा समेत बहुविवादित एमसीसी परियोजना समेत स्थगित गरेको छ । यो निर्णयको नेपालमा जनस्तरबाट प्रशंसा गरिएको छ । ट्रम्पमाथि कटाक्ष गरेका बालेनले देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सन्देश दिन भने भुलेका छ्रैनन् , शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’ अमेरिकाको राष्ट्रपतिमा आसिन भएपछि डोनाल्ड ट्रम्पका सयभन्दा बढी कार्यकारी आदेश र उनका हरेक दिनको अभिब्यक्तिहरुले विश्व तरंगित छ ।

विश्वलाई नै प्रभावित बनाएका दुई ठूला युद्धहरु अन्त्य हुने अवस्थामा छन् । हमास र इजरेलविरुद्धको युद्धविरामको मास्टरमाइन्ड पनि ट्रम्प नै हुन् । उनले बालेनले रोक्न सुझाव दिँदै दासत्वको संज्ञा दिएका डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई पनि सधैंका लागि सबैका लागि बन्द गर्ने तयारी गरेका छन् ।

डोनाल्ड ट्रम्पका रिपब्लिकन सांसदहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षिक रूपमा चिट्ठा आयोजना गर्छ जहाँ ५५ हजार आप्रवासीहरूलाई ग्रीन कार्ड दिइन्छ । योग्यतामा आधारित छनोट प्रक्रियाबाट गुज्रनुको सट्टा बसोबासको लागि आप्रवासीहरूलाई जथाभाबी छनोट गर्ने बारेमा राष्ट्रिय सुरक्षा चिन्ता उठाउने सांसदहरू बिच यो कार्यक्रम वर्षौँदेखि राजनीतिक बहसमा छ।

रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५ प्रस्तुत गरेका छन् । यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो ।

‘डाइभर्सिटी भिसा कार्यक्रम सरकारी सद्गुण संकेत गर्ने अनावश्यक अभ्यास हो । हामीले हाम्रो देशलाई लगभग अन्तहीन चेन माइग्रेसन प्रणालीको लागि खुला गरेका छौँ र कम्प्युटर कोडलाई ५०,००० आप्रवासीहरूको लागि नागरिकताको मार्ग निर्धारण गर्न दिएका छौँ,’ कोलिन्सले एक विज्ञप्तिमा भनेका छन् ।

अमेरिकी डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) कार्यक्रम सन् १९९० मा अमेरिकी कंग्रेसद्वारा पारित अध्यागमन ऐनअन्तर्गत सुरु गरिएको हो। यस कार्यक्रमको उद्देश्य कम आप्रवासन दर भएका देशहरूबाट विविधता बढाउनका लागि आप्रवासीहरूलाई अवसर प्रदान गर्नु हो।

यसमा नेपालजस्ता तुलनात्मक रूपमा कम संख्यामा आप्रवासी पठाउने देशका नागरिकहरूलाई यस कार्यक्रममा सहभागी गराईदै आएको छ । डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रममार्फत सन् १९९५ देखि हालसम्म ५७ हजार भन्दा बढी नेपालीहरूले अमेरिकी स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेको पछिल्लो एक तथ्याङले देखाएको छ ।

Advertisement

जुन संख्या अमेरिकामा रहेका नेपाली ग्रीन कार्डधारकहरूको २५% भन्दा बढी हो।

Advertisement

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top