NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

विश्वका नेताले गर्न नसकेको काम बालेनले गरे

शुक्रबार फाल्गुन ९ , २०८१
Reading Time: 1 min read
A A
विश्वका नेताले गर्न नसकेको काम बालेनले गरे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ फागुन , काठमाण्डौ।

राष्ट्रिय राजनीति र जनभावनासँग जोडिएका सार्वजनिक विषयहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका माथि सामाजिक संजालबाट तिखो प्रहार गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै सामाजिक सञ्जाल फेसबुकमा मेन्सन गर्दै कडा टिप्पणी गरेका छन् ।

शाहले ट्रम्पलाई अमेरिका गरिब रहेको भन्दै ‘नेपाल अमेरिका भन्दा राम्रो’ भएको महसुस गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।शाहका अनुसार, ‘नेपाल गरिब छ किनभने हामी कहाँका मानिसहरू देश छाड्दैछन्, ।’

शाहले ट्रम्पलाई भनेका छन्, ‘तपाईं (अमेरिका) गरिब हुनुहुन्छ किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन् ।’ मेयर शाहले अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई ‘दासत्व’ भनेका छन् र यसलाई रोक्न आग्रह पनि गरेका छन् ।

शाहले यसले गर्दा ‘नेपालले आफ्ना रत्नहरू फिर्ता पाउनेछ’ भनेका छन् । ‘प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकामा धन्यवाद’, शाहले लेखेका छन्, ‘हामी गरिब छौँ, किनभने हाम्रा मानिसले देश छाडिरहेका छन्।तपाईंहरू गरिब हुनुहुन्छ, किनभने तपाईंका मानिसले आफ्नो देश बनाउन सक्दैनन्।

तपाईं अल्छी मानिसहरूलाई संसारकै सहाराको आवश्यकता छ।’ अमेरिकी राष्ट्रपतिका अभिब्यक्ति र उनका निर्णयहरुका बारेमा शक्तिसम्पन्न देशका नेताहरुले सामान्य प्रतिक्रिया समेत दिन नसकिरहेको अवस्थामा ट्रम्पलाई नै मेन्सन गर्दै बालेनले यतिसम्मको कडा अभिब्यक्ति दिएपछि यसको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

शक्तिशाली देशका नेताहरूले ट्रम्पको अभिव्यक्ति र निर्णयहरूबारे प्रतिक्रिया दिनसमेत हिच्किचाइरहेका बेला काठमाडौंका प्रमुखले नै यसरी कडा प्रहार गर्नु विशेष चर्चा योग्य बनेको छ। बालेनको यो अभिव्यक्तिलाई कडा, स्पष्ट र वास्तविकताको धरातलमा उभिएको साहसी टिप्पणी भनेर हेरिएको छ।

सामाजिक सञ्जालमा यो भनाइ तीव्र रूपमा भाइरल भइरहेकाले बालेनको यो स्टेटमेन्टले अब अन्तर्राष्ट्रिय बहससमेत सिर्जना गर्ने संकेत देखिएको छ। पछिल्लो समय ट्रम्पले युक्रेन युद्ध र त्याहाका राष्ट्रपति भोलोदिमिर जेलोन्स्कीलाई तानाशाह भन्दै गरेको विवादास्पद अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा तरंग ल्याइरहेको छ ।

सोही अभिब्यक्तिलाई मेन्सन गर्दै पूर्वपरराष्ट्रपति मन्त्री प्रदीप ज्ञवालीले हाम्रो समयको द्रुत रूपमा विकसित भइरहेको भूराजनीतिको तितो वास्तविकताको अभिव्यक्ति भएको भन्दै यसबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताएका थिए ।

उनले थप लेखेका छन् , आफ्नो राष्ट्रिय हितमा ध्यान दिनुहोस्, आफ्नै बलमा भर पर्नुहोस्, बाहिरी प्रलोभनबाट कहिल्यै नबस्नु र,आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिनुहोस्। अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर सहयोग रोक्दै यसलाई ठगीको संज्ञा दिएका थिए।

यस्तै अमेरिकाले नेपालमा समेत बहुविवादित एमसीसी परियोजना समेत स्थगित गरेको छ । यो निर्णयको नेपालमा जनस्तरबाट प्रशंसा गरिएको छ । ट्रम्पमाथि कटाक्ष गरेका बालेनले देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सन्देश दिन भने भुलेका छ्रैनन् , शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’ अमेरिकाको राष्ट्रपतिमा आसिन भएपछि डोनाल्ड ट्रम्पका सयभन्दा बढी कार्यकारी आदेश र उनका हरेक दिनको अभिब्यक्तिहरुले विश्व तरंगित छ ।

विश्वलाई नै प्रभावित बनाएका दुई ठूला युद्धहरु अन्त्य हुने अवस्थामा छन् । हमास र इजरेलविरुद्धको युद्धविरामको मास्टरमाइन्ड पनि ट्रम्प नै हुन् । उनले बालेनले रोक्न सुझाव दिँदै दासत्वको संज्ञा दिएका डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई पनि सधैंका लागि सबैका लागि बन्द गर्ने तयारी गरेका छन् ।

डोनाल्ड ट्रम्पका रिपब्लिकन सांसदहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षिक रूपमा चिट्ठा आयोजना गर्छ जहाँ ५५ हजार आप्रवासीहरूलाई ग्रीन कार्ड दिइन्छ । योग्यतामा आधारित छनोट प्रक्रियाबाट गुज्रनुको सट्टा बसोबासको लागि आप्रवासीहरूलाई जथाभाबी छनोट गर्ने बारेमा राष्ट्रिय सुरक्षा चिन्ता उठाउने सांसदहरू बिच यो कार्यक्रम वर्षौँदेखि राजनीतिक बहसमा छ।

रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५ प्रस्तुत गरेका छन् । यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो ।

‘डाइभर्सिटी भिसा कार्यक्रम सरकारी सद्गुण संकेत गर्ने अनावश्यक अभ्यास हो । हामीले हाम्रो देशलाई लगभग अन्तहीन चेन माइग्रेसन प्रणालीको लागि खुला गरेका छौँ र कम्प्युटर कोडलाई ५०,००० आप्रवासीहरूको लागि नागरिकताको मार्ग निर्धारण गर्न दिएका छौँ,’ कोलिन्सले एक विज्ञप्तिमा भनेका छन् ।

अमेरिकी डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) कार्यक्रम सन् १९९० मा अमेरिकी कंग्रेसद्वारा पारित अध्यागमन ऐनअन्तर्गत सुरु गरिएको हो। यस कार्यक्रमको उद्देश्य कम आप्रवासन दर भएका देशहरूबाट विविधता बढाउनका लागि आप्रवासीहरूलाई अवसर प्रदान गर्नु हो।

यसमा नेपालजस्ता तुलनात्मक रूपमा कम संख्यामा आप्रवासी पठाउने देशका नागरिकहरूलाई यस कार्यक्रममा सहभागी गराईदै आएको छ । डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रममार्फत सन् १९९५ देखि हालसम्म ५७ हजार भन्दा बढी नेपालीहरूले अमेरिकी स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेको पछिल्लो एक तथ्याङले देखाएको छ ।

जुन संख्या अमेरिकामा रहेका नेपाली ग्रीन कार्डधारकहरूको २५% भन्दा बढी हो।

Tags: #बालेनले ट्रम्पलाई भने अमेरिका गरिब#विश्वका नेता#बालेनले गरे काम

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.