×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो

९ फाल्गुन २०८१

९ फागुन , एजेन्सी।

इजरायलसँगको युद्धविराम सम्झौता अनुरुप आफ्ना नियन्त्रणमा रहेका बन्धकहरुलाई रिहा गरिरहेको हमासले पछिल्लो समय ४ जनाको शव इजरेललाई हस्तान्तरण गरेको छ । तर हमासले इजराइललाई एउटाको भनेर बुझाएको शव अर्कैको रहेको खुलेको छ।

Advertisement
Advertisement

बिहीबार हमासले चार इसराइली बन्धकको शव हस्तान्तरण गरेको थियो। ३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र १० महिनाका छोरा केफिरसँगै ८४ वर्षका ओडेड लिफसिथको भनेर हमासले चार जनाको शव हस्तान्तरण गरेको थियो।

तर फरेन्सिक चेकजाँचका क्रममा शिरीको भनिएको शव उनको नरहेको खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। शव हस्तान्तरणपछि इसराइलले चार वटै शवको फरेन्सिक जाँच गरेको थियो।

तीमध्ये तीन शवहरू जसको भनिएको हो उसैको रहेको तर दुई बच्चाकी आमा भनेर हस्तान्तरण गरिएको शव उनको नरहेको पाइएको इजराइली अखबार टाइम्स अफ इजराइलले जनाएको छ। अमेरिकी सञ्चारमाध्यमा सिएनएनले पनि त्यो शव शिरिको नभएको भनेर इजराइली अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ।

इजराइलले शिरीको भनेर पहिचान नखुलेको शव पठाएको भनेर आपत्ति जनाएको छ। उनीहरूले शिरीको शव तत्काल पठाउन पनि चेतावनी दिएका छन्। बिहीबार चारै शवको डिएनए परीक्षण गरिएको थियो।

एक्सपर्टहरूले शिरीको भनिएको शव उनको नभएको बताएपछि आइडिएफले विज्ञप्ति जारी गरेर शिरीको शव फिर्ता गर्न भनेको हो। शव बाँकी रहेका इजराइली बन्धकमध्ये कसैको पनि नभएको आइडिएफले जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि इजराइलका राजदूत ड्यानी डेननले हमासको बर्बरतापूर्ण कदमलाई राष्ट्रसंघमा रहेका सबै मुलुकहरूले निन्दा व्यक्त गर्नुपर्ने बताएका छन् । साथै त्यसो गरेर हमासले युद्धविरामको सम्झौता उल्लंघन गरेको पनि बताए।

उनले तत्काल शिरीको शव फिर्ता गर्न पनि चेतावनी दिएका छन्। हमासले गाजा क्षेत्रमा राखिएका चार इजरायली बन्धकका शव बिहीबार फिर्ता गरेको छ । अक्टोबर ७, २०२३ को हमलापछि पहिलोपटक हमासले मृत बन्धकहरू इजरायललाई बुझाएको हो ।

उनीहरूलाई हमास नेतृत्वको लडाकू समूहले १६ महिनाअघि दक्षिण इजरायलको ‘किबुट्ज निर ओज’बाट अपहरण गरेको थियो । यी बालबालिका अक्टोबर ७ को आतंकवादी आक्रमणका सबैभन्दा पीडितमध्ये थिए ।

उनीहरूको मृत शरीर फिर्ता गरिनु इजरायलका लागि भावनात्मक एवं शोकमय क्षण भएको छ । ८४ वर्षीय ओदेद लिफ्सिट्जको शव पनि बुझाईएको छ । उनलाई र उनकी पत्नी योचेभेद लिफ्सिट्जलाई पनि त्यही ठाउँबाट अपहरण गरिएको थियो ।

हमासले गत अक्टोबर २४, २०२३ मा योचेभेदलाई रिहा गरेको थियो । शव हस्तान्तरण हुनुअघि हमासका लडाकूहरूले गाजा शहर ‘खान युनुस’मा चारवटा कालो कात्रो मञ्चमा राखेका थिए । पछाडि प्रचारात्मक पोस्टरमा अरबी, हिब्रू र अंग्रेजी भाषामा विभिन्न नारा लेखिएका थिए ।

शवहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि इजरायली सेनाले लिएका थिए । शव हस्तान्तरणपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले देशभरका मानिसहरूको मन टुक्रिएको बताएका छन् । उनले सरकारको तर्फबाट क्षमायाचनासमेत गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अक्टोबर ७ मा अपहरण गरिएका मानिसहरूलाई जोगाउन नसक्नु हाम्रो असफलता हो ।’

हमासले नोभेम्बर २०२३ मा बिबास परिवारकी आमा शिरी बिबास र उनका दुई छोरा इजरायली हवाई हमलामा मारिएको दाबी गरेको थियो । तर, अहिले शिरीको शव नै नरहेको पुष्टि भएको छ भने हमासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् ।

शिरी बिबासका श्रीमान् यार्डेन बिबास भने यसै महिना हमासको बन्दी जीवनबाट मुक्त भएका थिए । उनलाई ४ सय ८४ दिनपछि रिहा गरिएको थियो । उनी जनवरी २०२५ को युद्धविराम सम्झौताअन्तर्गत जीवित मुक्त गरिएका १९ इजरायली बन्धकमध्ये एक हुन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top