NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो

शुक्रबार फाल्गुन ९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

९ फागुन , एजेन्सी।

इजरायलसँगको युद्धविराम सम्झौता अनुरुप आफ्ना नियन्त्रणमा रहेका बन्धकहरुलाई रिहा गरिरहेको हमासले पछिल्लो समय ४ जनाको शव इजरेललाई हस्तान्तरण गरेको छ । तर हमासले इजराइललाई एउटाको भनेर बुझाएको शव अर्कैको रहेको खुलेको छ।

बिहीबार हमासले चार इसराइली बन्धकको शव हस्तान्तरण गरेको थियो। ३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र १० महिनाका छोरा केफिरसँगै ८४ वर्षका ओडेड लिफसिथको भनेर हमासले चार जनाको शव हस्तान्तरण गरेको थियो।

तर फरेन्सिक चेकजाँचका क्रममा शिरीको भनिएको शव उनको नरहेको खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। शव हस्तान्तरणपछि इसराइलले चार वटै शवको फरेन्सिक जाँच गरेको थियो।

तीमध्ये तीन शवहरू जसको भनिएको हो उसैको रहेको तर दुई बच्चाकी आमा भनेर हस्तान्तरण गरिएको शव उनको नरहेको पाइएको इजराइली अखबार टाइम्स अफ इजराइलले जनाएको छ। अमेरिकी सञ्चारमाध्यमा सिएनएनले पनि त्यो शव शिरिको नभएको भनेर इजराइली अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ।

इजराइलले शिरीको भनेर पहिचान नखुलेको शव पठाएको भनेर आपत्ति जनाएको छ। उनीहरूले शिरीको शव तत्काल पठाउन पनि चेतावनी दिएका छन्। बिहीबार चारै शवको डिएनए परीक्षण गरिएको थियो।

एक्सपर्टहरूले शिरीको भनिएको शव उनको नभएको बताएपछि आइडिएफले विज्ञप्ति जारी गरेर शिरीको शव फिर्ता गर्न भनेको हो। शव बाँकी रहेका इजराइली बन्धकमध्ये कसैको पनि नभएको आइडिएफले जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि इजराइलका राजदूत ड्यानी डेननले हमासको बर्बरतापूर्ण कदमलाई राष्ट्रसंघमा रहेका सबै मुलुकहरूले निन्दा व्यक्त गर्नुपर्ने बताएका छन् । साथै त्यसो गरेर हमासले युद्धविरामको सम्झौता उल्लंघन गरेको पनि बताए।

उनले तत्काल शिरीको शव फिर्ता गर्न पनि चेतावनी दिएका छन्। हमासले गाजा क्षेत्रमा राखिएका चार इजरायली बन्धकका शव बिहीबार फिर्ता गरेको छ । अक्टोबर ७, २०२३ को हमलापछि पहिलोपटक हमासले मृत बन्धकहरू इजरायललाई बुझाएको हो ।

उनीहरूलाई हमास नेतृत्वको लडाकू समूहले १६ महिनाअघि दक्षिण इजरायलको ‘किबुट्ज निर ओज’बाट अपहरण गरेको थियो । यी बालबालिका अक्टोबर ७ को आतंकवादी आक्रमणका सबैभन्दा पीडितमध्ये थिए ।

उनीहरूको मृत शरीर फिर्ता गरिनु इजरायलका लागि भावनात्मक एवं शोकमय क्षण भएको छ । ८४ वर्षीय ओदेद लिफ्सिट्जको शव पनि बुझाईएको छ । उनलाई र उनकी पत्नी योचेभेद लिफ्सिट्जलाई पनि त्यही ठाउँबाट अपहरण गरिएको थियो ।

हमासले गत अक्टोबर २४, २०२३ मा योचेभेदलाई रिहा गरेको थियो । शव हस्तान्तरण हुनुअघि हमासका लडाकूहरूले गाजा शहर ‘खान युनुस’मा चारवटा कालो कात्रो मञ्चमा राखेका थिए । पछाडि प्रचारात्मक पोस्टरमा अरबी, हिब्रू र अंग्रेजी भाषामा विभिन्न नारा लेखिएका थिए ।

शवहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि इजरायली सेनाले लिएका थिए । शव हस्तान्तरणपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले देशभरका मानिसहरूको मन टुक्रिएको बताएका छन् । उनले सरकारको तर्फबाट क्षमायाचनासमेत गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अक्टोबर ७ मा अपहरण गरिएका मानिसहरूलाई जोगाउन नसक्नु हाम्रो असफलता हो ।’

हमासले नोभेम्बर २०२३ मा बिबास परिवारकी आमा शिरी बिबास र उनका दुई छोरा इजरायली हवाई हमलामा मारिएको दाबी गरेको थियो । तर, अहिले शिरीको शव नै नरहेको पुष्टि भएको छ भने हमासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् ।

शिरी बिबासका श्रीमान् यार्डेन बिबास भने यसै महिना हमासको बन्दी जीवनबाट मुक्त भएका थिए । उनलाई ४ सय ८४ दिनपछि रिहा गरिएको थियो । उनी जनवरी २०२५ को युद्धविराम सम्झौताअन्तर्गत जीवित मुक्त गरिएका १९ इजरायली बन्धकमध्ये एक हुन् ।

Tags: #हमासले बुझाएका ४ शव#हमासले बुझाएको शवमा हेरफेर

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.