×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

फुङलिङमा अनिश्चितकालीन कफ्र्यु, प्रहरी लखेट्ने १५ जना पक्राउ

११ फाल्गुन २०८१

११ फागुन , विराटनगर ।

केबलकार निमार्ण विवाद झन् बढ्दै जाँदा ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त बनेको छ । यसबीच त्यहाँ अनिश्चितकालिन कफ्र्युसमेत लागू भएको छ । शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको हो ।

Advertisement
Advertisement

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ’ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।’

निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।

फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्वमा फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी पश्चिममा फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी, दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजङ्घा टोल)सम्म निषेधाज्ञा लागू हुने छ ।

काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रको पूर्वतर्फ पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिमतिर बल्लुडाँडा, उत्तरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ नयाँ बसपार्क इलाकाकोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । शनिबारको झडपमा १० जना घाइते भएका छन् । फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको हो ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेका थिए । प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको प्रहरीको भनाई छ ।

यता प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ गरिएको बताएको छन् । उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । नो केबलकार पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Advertisement

उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् । प्रदेश नम्बर १ पुन नामकरण अभियान समितिका संयोजक केन्द्र सिङ थेगिमले प्रहरीले साँझ दमन गरेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top