NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’ आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध आइतवार असार २२ , २०८२
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? आइतवार असार २२ , २०८२
‘कुलिङ पिरियड’बारे अध्ययन गर्न विशेष संसदीय समिति गठन आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘

आइतवार फाल्गुन ११ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ फागुन ,  काठमाण्डौ ।

जय प्रकाश गुप्ता अर्थात् (जेपी आनन्द), नेपाली राजनीतिमा यो नाम कुनै बेला निकै चर्चामा थियो । तर बहालवाला संचारमन्त्री हुँदै भ्रष्टचारी ठहर भएयता पछिल्लो समय उनी कहाँ छन् र के गर्दै छन् भन्ने कुराको जानकारी धेरैलाई छैन ।

यद्यपि बेला बेला सामाजिक सञ्जालमा देखा पर्ने जेपी आनन्दको अभिव्यक्तिले कहिले कांग्रेसलाई घोच्छ त कहिले मधेसलाई । यस पटक उनको नजर पूर्व राजाले नेपाली जनतासँग साथ माग्दै प्रजातन्त्र दिवसका दिन दिएको वक्तब्य तर्फ परेको छ ।

आफ्नो फेसबुक पेजमा जय प्रकाश आनन्दले संघीयता माथि नै कडा प्रश्न उठाउदैं लेखेका छन् । थोरै जिस्कनु पर्यो मण्डलेहरूसङ अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना मुलुक भित्र तथा विदेशमा गरिने फजुल खर्च घटाउन अभियान चलाएका छन्।

ठीकै हो,उसको नजरमा फजुल खर्च देखिने, विदेशमा हुने लगानी कटौती गर्नु युएसको काम हो। भारतमा मतदाता शिक्षा र नेपालमा वित्तीय सङ्घीयता यसरी नै संसारभरको अमेरिकी लगानीलाई ट्रम्पले अनेकन् उपमा दिएका छन्।

यस्ता लगानी, विशेषतः युएसएड मार्फत दिइएको अनुदान ट्रम्पको नजरमा उसका करदाताको रकमको ठगी भनेका छन्। उनले भन्न सक्छन्, कसले रोक्ने? सबैले बिचार्नु र हेर्नु पर्ने कुरा त त्यसको उपयोग भए नभएको कुरा हो।

ट्रम्पले बोलेका कुरामा–नेपालमा वित्तीय सङ्घीयता (फिजकल फेडेरेलिज्म) का लागि दिइएको रकम ठगी हो। उसको करदाताको रकमको ठगी हो, यही नै भनेका हुन्। यद्यपि उनले “फिजकल फेडेरेलिज्म” शब्दलाई प्रयोग गरे, जुन मूलतः सङ्घीयतासँग सम्बन्धित छ।

बस– यसैमा यहाँका सङ्घीयता विरोधी मण्डलेहरूले मौका पाएका छन्। शायद ट्रम्पले वित्तीय सङ्घीयता नबोलि दिएको भए यिनीहरूका कुण्डलिनी जाग्दैनथ्यो होला। सारा तुष तथा भडास् पोख्न थालेका छन्।

उनी अगाडी लेख्छन् । युएसएडले नेपालमा सन् १९५१ देखि नै वित्तीय सहयोग दिन सुरु गरेको हो। तेती खेर कार्यक्रमको यो नाम पनि थिएन, “प्वाइन्ट फोर प्रोग्राम” भनिन्थ्यो, पछि “युएसएड” भनियो। नेपाल अमेरिकी सहायता पाउने प्रारम्भिक मुलुक मध्येका हुन्।

अहिलेका यी पञ्चमाङ्गी, जिन्जर समूहहरूले यस तथ्यलाई बुझेकै छैनन् कि “तिनका राजा”का पुरै निरङ्कुश हालीमुहाली रहेको पञ्चायती शासनकालका चरम उत्कर्षको बेला, सन् १९८० देखि १९९० सम्म, यूएसएआईडीले नेपाललाई करिब ३०० देखि ४०० मिलियन अमेरिकी डलर विकास सहायता प्रदान गरेको थियो।

सो दशकमा यूएसएआईडीको सहयोग उल्लेखनीय थियो, जसअनुसार वार्षिक औसत करिब ३० देखि ४० मिलियन अमेरिकी डलर रह्यो। यसको शतप्रतिशत रकम पञ्चायती व्यवस्थालाई सफल देखाउने विभिन्न कार्यक्रमहरूमा खर्च गरिन्थ्यो।

तिनलाई राजाका स्वप्न योजना “एशियाली मापदण्ड” याद हुनै पर्छ। मलाई यो लेख्न मन थिएन। अहिले सबै प्रतिगमनकारीहरूले सङ्घीयतालाई अचानोमा पारेका छन्। यसमा तर वा ठाँटो मार्ने “क्रिमी लेयर” खानेहरू केही बोल्दैनन्।

मेरो लागि भने नेपालको यो गोरु सङ्घीयता, जो ब्याउने छैन–“निर्धोको स्वास्नी सबका भाउजू” सरह भएकोले यहाँ घाँटी चिलाएकोले खुकुरीलाई जिस्क्याएको मात्र हुँ। जेपीको यो भनाइमा मिश्रित प्रतिक्रिया आएको छ।

केहीले सत्य कुरा भनेर प्रतिक्रिया दिएका छन् भने केहीले गुप्ताको नियतमै खोट रहेको टिप्पणी गरेका छन् । जेपी आनन्दले संघीयतामा नयाँ वहस छेडेका छन् । संघीयताको कार्यान्वयन, यसको खर्चिलो संरचना र प्रभावकारिताबारे बहस हुनु स्वाभाविकै हो, तर संघीयता नेपालका लागि गोरु जसले कहिल्यै ब्याउने छैन भन्ने उनको तर्क कति ठोस हो?

उनका आलोचकहरूले उनलाई मधेस विरोधी वा राजनीतिक आकांक्षा बोकेको व्यक्ति ठानेका छन्, भने उनका समर्थकहरूले उनलाई यथार्थ बोल्ने साहसी व्यक्ति मानिरहेका छन्। संघीयता नेपालको विकास यात्रामा अभिशाप हो कि वरदान—यो बहस अझै लामो समयसम्म चल्ने देखिन्छ।

तर , जेपी आनन्दको अभिव्यक्तिले संघीयता विरोधी र समर्थकबीचको तर्कलाई केही बल त दिएको छ तर जेपीकै भाषामा मन्डलेहरुले मुख मिठ्याउनु पर्ने अवस्था भने आउने छैन् । तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई सर्वोच्च अदालतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै २०६८ सालमा डेढ वर्ष कैद र ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दिएको थियो।

फैसलापछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । जय प्रकाश गुप्ता (जेपी आनन्द) नेपाली राजनीतिमा चर्चित व्यक्ति हुन्, जसले मधेस आन्दोलन र नेपाली कांग्रेस तथा मधेस केन्द्रित दलहरूमा आफ्नो राजनीतिक भूमिका खेलेका थिए।

उनी माओवादी द्वन्द्वपछिको संक्रमणकालीन राजनीतिमा प्रभावशाली नेता मानिन्थे। २०६४ सालको संविधानसभा चुनावपछि मधेसी जनअधिकार फोरमबाट उनी माधव नेपाल नेतृत्वको सरकारमा भौतिक योजना मन्त्री बनेका थिए ।

पछि, तराई–मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भए । तत्कालीन सञ्चारमन्त्री हुँदाको समयमा भ्रष्टाचार आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनको राजनीतिक यात्रा भने समाप्त भयो । सत्ता र शक्तिसँग उतिबेला पनि निकट रहेका बेला जेपी आनन्दको नामले आफूलाई चिनाउँदै हिँड्ने जयप्रकाश मधेस आन्दोलन भएपछि ‘जेपी गुप्ता’ बने।

तत्कालीन अवस्थामा सरकार ढाल्ने क्षमता रहेको मधेसी मोर्चामा उनी प्रभावशाली थिए । उनले तत्कालीन समयमा पटक पटक काठमाडौँसित मधेसको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका थिए ।

Tags: #जय प्रकाश गुप्ता अर्थात् (जेपी आनन्द)#ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘#नेपालको संघीयता

लोकप्रीय

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२

विचार

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२

थप समाचार

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
अन्तर्राष्ट्रिय

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए
ताजा समाचार

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध
ताजा समाचार

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.