’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘

१० फागुन ८१, आइतबार

११ फागुन ,  काठमाण्डौ ।

जय प्रकाश गुप्ता अर्थात् (जेपी आनन्द), नेपाली राजनीतिमा यो नाम कुनै बेला निकै चर्चामा थियो । तर बहालवाला संचारमन्त्री हुँदै भ्रष्टचारी ठहर भएयता पछिल्लो समय उनी कहाँ छन् र के गर्दै छन् भन्ने कुराको जानकारी धेरैलाई छैन ।

यद्यपि बेला बेला सामाजिक सञ्जालमा देखा पर्ने जेपी आनन्दको अभिव्यक्तिले कहिले कांग्रेसलाई घोच्छ त कहिले मधेसलाई । यस पटक उनको नजर पूर्व राजाले नेपाली जनतासँग साथ माग्दै प्रजातन्त्र दिवसका दिन दिएको वक्तब्य तर्फ परेको छ ।

Advertisement

आफ्नो फेसबुक पेजमा जय प्रकाश आनन्दले संघीयता माथि नै कडा प्रश्न उठाउदैं लेखेका छन् । थोरै जिस्कनु पर्यो मण्डलेहरूसङ अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना मुलुक भित्र तथा विदेशमा गरिने फजुल खर्च घटाउन अभियान चलाएका छन्।

ठीकै हो,उसको नजरमा फजुल खर्च देखिने, विदेशमा हुने लगानी कटौती गर्नु युएसको काम हो। भारतमा मतदाता शिक्षा र नेपालमा वित्तीय सङ्घीयता यसरी नै संसारभरको अमेरिकी लगानीलाई ट्रम्पले अनेकन् उपमा दिएका छन्।

Advertisement

यस्ता लगानी, विशेषतः युएसएड मार्फत दिइएको अनुदान ट्रम्पको नजरमा उसका करदाताको रकमको ठगी भनेका छन्। उनले भन्न सक्छन्, कसले रोक्ने? सबैले बिचार्नु र हेर्नु पर्ने कुरा त त्यसको उपयोग भए नभएको कुरा हो।

ट्रम्पले बोलेका कुरामा–नेपालमा वित्तीय सङ्घीयता (फिजकल फेडेरेलिज्म) का लागि दिइएको रकम ठगी हो। उसको करदाताको रकमको ठगी हो, यही नै भनेका हुन्। यद्यपि उनले “फिजकल फेडेरेलिज्म” शब्दलाई प्रयोग गरे, जुन मूलतः सङ्घीयतासँग सम्बन्धित छ।

बस– यसैमा यहाँका सङ्घीयता विरोधी मण्डलेहरूले मौका पाएका छन्। शायद ट्रम्पले वित्तीय सङ्घीयता नबोलि दिएको भए यिनीहरूका कुण्डलिनी जाग्दैनथ्यो होला। सारा तुष तथा भडास् पोख्न थालेका छन्।

उनी अगाडी लेख्छन् । युएसएडले नेपालमा सन् १९५१ देखि नै वित्तीय सहयोग दिन सुरु गरेको हो। तेती खेर कार्यक्रमको यो नाम पनि थिएन, “प्वाइन्ट फोर प्रोग्राम” भनिन्थ्यो, पछि “युएसएड” भनियो। नेपाल अमेरिकी सहायता पाउने प्रारम्भिक मुलुक मध्येका हुन्।

अहिलेका यी पञ्चमाङ्गी, जिन्जर समूहहरूले यस तथ्यलाई बुझेकै छैनन् कि “तिनका राजा”का पुरै निरङ्कुश हालीमुहाली रहेको पञ्चायती शासनकालका चरम उत्कर्षको बेला, सन् १९८० देखि १९९० सम्म, यूएसएआईडीले नेपाललाई करिब ३०० देखि ४०० मिलियन अमेरिकी डलर विकास सहायता प्रदान गरेको थियो।

सो दशकमा यूएसएआईडीको सहयोग उल्लेखनीय थियो, जसअनुसार वार्षिक औसत करिब ३० देखि ४० मिलियन अमेरिकी डलर रह्यो। यसको शतप्रतिशत रकम पञ्चायती व्यवस्थालाई सफल देखाउने विभिन्न कार्यक्रमहरूमा खर्च गरिन्थ्यो।

तिनलाई राजाका स्वप्न योजना “एशियाली मापदण्ड” याद हुनै पर्छ। मलाई यो लेख्न मन थिएन। अहिले सबै प्रतिगमनकारीहरूले सङ्घीयतालाई अचानोमा पारेका छन्। यसमा तर वा ठाँटो मार्ने “क्रिमी लेयर” खानेहरू केही बोल्दैनन्।

मेरो लागि भने नेपालको यो गोरु सङ्घीयता, जो ब्याउने छैन–“निर्धोको स्वास्नी सबका भाउजू” सरह भएकोले यहाँ घाँटी चिलाएकोले खुकुरीलाई जिस्क्याएको मात्र हुँ। जेपीको यो भनाइमा मिश्रित प्रतिक्रिया आएको छ।

केहीले सत्य कुरा भनेर प्रतिक्रिया दिएका छन् भने केहीले गुप्ताको नियतमै खोट रहेको टिप्पणी गरेका छन् । जेपी आनन्दले संघीयतामा नयाँ वहस छेडेका छन् । संघीयताको कार्यान्वयन, यसको खर्चिलो संरचना र प्रभावकारिताबारे बहस हुनु स्वाभाविकै हो, तर संघीयता नेपालका लागि गोरु जसले कहिल्यै ब्याउने छैन भन्ने उनको तर्क कति ठोस हो?

उनका आलोचकहरूले उनलाई मधेस विरोधी वा राजनीतिक आकांक्षा बोकेको व्यक्ति ठानेका छन्, भने उनका समर्थकहरूले उनलाई यथार्थ बोल्ने साहसी व्यक्ति मानिरहेका छन्। संघीयता नेपालको विकास यात्रामा अभिशाप हो कि वरदान—यो बहस अझै लामो समयसम्म चल्ने देखिन्छ।

तर , जेपी आनन्दको अभिव्यक्तिले संघीयता विरोधी र समर्थकबीचको तर्कलाई केही बल त दिएको छ तर जेपीकै भाषामा मन्डलेहरुले मुख मिठ्याउनु पर्ने अवस्था भने आउने छैन् । तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई सर्वोच्च अदालतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै २०६८ सालमा डेढ वर्ष कैद र ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दिएको थियो।

फैसलापछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । जय प्रकाश गुप्ता (जेपी आनन्द) नेपाली राजनीतिमा चर्चित व्यक्ति हुन्, जसले मधेस आन्दोलन र नेपाली कांग्रेस तथा मधेस केन्द्रित दलहरूमा आफ्नो राजनीतिक भूमिका खेलेका थिए।

उनी माओवादी द्वन्द्वपछिको संक्रमणकालीन राजनीतिमा प्रभावशाली नेता मानिन्थे। २०६४ सालको संविधानसभा चुनावपछि मधेसी जनअधिकार फोरमबाट उनी माधव नेपाल नेतृत्वको सरकारमा भौतिक योजना मन्त्री बनेका थिए ।

पछि, तराई–मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भए । तत्कालीन सञ्चारमन्त्री हुँदाको समयमा भ्रष्टाचार आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनको राजनीतिक यात्रा भने समाप्त भयो । सत्ता र शक्तिसँग उतिबेला पनि निकट रहेका बेला जेपी आनन्दको नामले आफूलाई चिनाउँदै हिँड्ने जयप्रकाश मधेस आन्दोलन भएपछि ‘जेपी गुप्ता’ बने।

तत्कालीन अवस्थामा सरकार ढाल्ने क्षमता रहेको मधेसी मोर्चामा उनी प्रभावशाली थिए । उनले तत्कालीन समयमा पटक पटक काठमाडौँसित मधेसको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top