खुर्सिदको परिवालाई दश लाख हस्तान्त्रण

१४ असोज ७५, सोमबार

इनरुवा, असोज १४
केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आज सरकारले रु १० लाख हस्तान्तरण गरेको छ ।

११औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरे ।

अज्ञात समूहले गोली प्रहार गरी खुर्शिदको हत्या गरेको थियो । हत्या गरेका खुर्सिदलाई सरकारले शहीद घोषणा गर्दै र १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

Advertisement

श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै मन्त्री थापाले अपराधी जुनसुकै कुनामा लुकेर बसेको भएको पनि कानूनी कठघरामा ल्याउने दाबी गरे । अपराधी देशको कुनै कुनामा लुकेर बसे पनि खोजेर कानूनी कठघरामा उभ्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेशमन्त्री उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश सांसद ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतले हत्यारालाई कठघरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top