NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य

सोमवार फाल्गुन १२ , २०८१
Reading Time: 1 min read
A A
लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ फागुन, एजेन्सी ।

लेबनानमा नयाँ नेतृत्व आएको छ, जो पश्चिम निकट मानिएको छ । त्यहाँ वासिङ्टनको रोजाइका पूर्व सेना प्रमुख अउन राष्ट्रपति र नवाफ सलाम प्रधानमन्त्री भएका छन् । तर सरकारकै छत्र छाँयामा रहेर शसस्त्र युद्ध लडिरहेको इरान समर्थित लडाकु समूह हिजबुल्लाहले भने अमेरिकासंग निकट हुने वा उसको लेबनानमा नियन्त्रण रहने भन्ने कुरामा विरोध जनाएको छ ।

हिजबुल्लाहका प्रमुखले लेबनानमाथि अमेरिकी नियन्त्रणलाई अस्वीकार गरेका छन् । यद्यपि, अहिले इजरायलसँगको युद्धमा यो समूह कमजोर भएको छ । उसले इजरायलसंग युद्धविराम गरेको छ। तर आइतबार हिजबुल्लाह नेता नईम कासिमले बेरुतको एक स्टेडियममा हिजबुल्लाह पूर्वप्रमुख हसन नसरल्लाहको अन्त्येष्टिमा उपस्थित दशौँ हजार मानिसलाई टेलिभिजन मार्फत सम्बोधन गर्दै लेबनानमा अमेरिकी नियन्त्रण नस्वीकार्ने बताएका हुन् ।

उनले भने, ‘हामी अत्याचारी अमेरिकाले हाम्रो देशमाथि गरेको नियन्त्रण स्वीकार गर्दैनौँ। तपाईंहरूले युद्धमा जे प्राप्त गर्न सक्नुभएन, त्यो राजनीति मार्फत प्राप्त गर्न सक्नुहुन्न। ’ कासिमले दुई महिनाको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुतालाई अन्त्य गर्ने नोभेम्बरको हिजबुल्लाह–इजरायल युद्धविरामका बावजुद सशस्त्र समूह अझै बलियो रहेको र इजरायलसँग जुध्न तयार रहेको धम्की पनि दिएका छन् ।

‘प्रतिरोध समाप्त भएको छैन, प्रतिरोध अझै पनि छ र इजरायलको सामना गर्न तयार छौँ’, उनले भने । यस महिनाको सुरुमा मध्यपूर्वका लागि अमेरिकी उपविशेष दूत मोर्गन ओर्टागसले ‘हिजबुल्लाहको आतङ्कको शासनको अन्त्य’ घोषणा गर्दै समूह ‘इजरायलद्वारा पराजित’ भएको भनेका थिए ।

‘यी अमेरिकीहरूलाई चिन्नुहोस्, यदि तपाईंले अधिकारीहरू र लेबनानलाई दबाब दिने प्रयास गर्नुभयो भने, तपाईं आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनुहुने छैन, लेबनानका अधिकारीहरूलाई शक्तिको सन्तुलन थाहा छ’, कासिमले भने, ‘प्राथमिकताहरू मूल्याङ्कन गर्दा हाम्रो धैर्य र बुद्धिलाई कमजोरीका रूपमा व्याख्या नगर्नुहोस्।’

लेबनानको राजनीतिमा लामो समयसम्म प्रभावशाली शक्ति रहेको हिजबुल्लाहले इजरायलसँगको युद्धमा आश्चर्यजनक क्षति बेहोरेको थियो । युद्धमा तीन दशकभन्दा बढी समय संगठनको नेतृत्वमा रहेका नसरल्लाह सेप्टेम्बरमा भएको ठूलो हवाई आक्रमणमा मृत्यु भयो ।

जसको झन्डै ५ महिनापछि आइतबार अन्त्येष्टि गरिएको छ । नसरल्लाहसँगै उनका उत्तराधिकारी हाशिम सफिद्दीनको पनि अन्तिम संस्कार गरिएको हो । उनीहरूको अन्तिम बिदाइ गर्न आइतबार हजारौँ मानिस लेबनानको राजधानी बेरुतस्थित स्पोट्र्स सिटीमा भेला भएका थिए ।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए । यसैबीच खामेनीले नसरल्लाहको आइतबार भएको अन्त्येष्टिका क्रममा इजरायलविरुद्ध ‘प्रतिरोध’ गर्ने प्रतिज्ञा गरेका छन् ।

खामेनीले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनेका छन्, “दुश्मनलाई थाहा हुनुपर्छ– कब्जा, दमन र घमण्डविरुद्धको प्रतिरोध कहिल्यै अन्त्य हुँदैन र लक्ष्य हासिल नभएसम्म जारी रहनेछ।” खासमा हिजबुल्लाहले डिसेम्बर ८ मा सिरियामा बशर अल–असदको पतनसँगै अर्को ठूलो धक्का खायो ।

सिरियालाई उसले लामो समयदेखि इरानबाट हतियारको लाइफलाइनको रूपमा प्रयोग गर्दै आएको थियो । दुई वर्षभन्दा बढीको राजनीतिक गतिरोधपछि, हिजबुल्लाह कमजोर हुँदा वासिङ्टनको रोजाइको उम्मेदवार मानिएका पूर्व सेना प्रमुख अउनलाई राष्ट्रपति र नवाफ सलामलाई प्रधानमन्त्रीको रूपमा अनुमोदन गर्न सम्भव भयो ।

कासिमका अनुसार समूहले नसरल्लाहको ‘मार्ग पछ्याइरहनेछ । उनले भने, ‘हामी तपाईंको इच्छालाई कायम राख्नेछौँ। तपाईं अझै हामीसँग हुनुहुन्छ । तपाईंको मार्ग र सङ्घर्ष हामीभित्र जीवित छ।’ यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन् ।

आइतबार उनले ‘वार्ता वा अन्य माध्यमबाट’ युद्धका उद्देश्य पूरा गर्ने वाचा गरेका छन् ।

‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ’, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहुले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश संगठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शंका छैन– हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ, चाहे वार्ताका माध्यमबाट होस् वा अन्य माध्यमबाट।’

हमासले गत शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ । इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ ।

नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन् । यसबीच इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविरबाट मानिसहरूलाई खाली गराएको छ ।

साथै यसले त्यहाँ पहिले नै रहेको आफ्नो सैन्य उपस्थितिलाई अझ बढाएको छ । ‘जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू अब खाली छन् र एक वर्षको लागि सैन्य कब्जामा रहनेछ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले भने ।

आतंकका गुँडहरू हटाइएको काट्जको भनाइ छ । गत महिना गाजामा युद्धविराम सम्झौता भएदेखि पश्चिम किनारमा ५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । प्यालेस्टिनीहरूलाई इजरायलले उक्त क्षेत्र कब्जा गरी राख्ने योजना बनाएकोमा डर भएको बताएका छन् ।

Tags: #लेबनानका लागि अत्याचारी अमेरिका#५ महिनापछि नसरल्लाहको अन्त्येष्टि

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.