×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?

१३ फाल्गुन २०८१

१३ फागुन, काठमाण्डौ ।

भारतको ओडिसास्थित किट विश्वविद्यालय अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि शोकमा रहेको उनका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी समवेदना ब्यक्त गरेका छन् ।

Advertisement
Advertisement

वुटवलस्थित लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन संवाद गराएका थिए । प्रकृतिका बाबुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ’ उनले भनेका थिए । प्रकृतिका बुवा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन भनेका थिए ।

उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस् ।’ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।

उनको मृत्युपछि त्याहा अध्ययनरत नेपाली विद्यार्थीहरुले उनका लागि न्यायको माग गर्दै दोषीलाई कारबाहीको माग गरेपछि कलेज प्रशासनले सुचना नै जारी गरी छात्राबासमा बसोबास गरिरहेका सबै नेपाली विद्यार्थीहरुलाई मध्यरातमा लेखेटेको थियो ।

यो घटनापछि प्रधानमन्त्री ओलीले समेत सरकारको ध्यानाकर्षण भएको भन्दै भारतस्थित नेपाली दूताबासमार्फत भारतमाथि दबाब बढाएका थिए । तत्काली दूताबासका अधिकारीहरु ओडिसा पुगेर कलेज प्रशासनसँग छलफल गरी घटनाको छानविन र दोषीलाई पक्राउ गराउन पहल गरेको थियो भने नेपाल र नेपाली विद्यार्थीमाथिको स्वाभिमानमाथि नै आँच आउने अभिब्यक्ति दिने कर्मचारीहरुले माफी समेत मागेका थिए ।

यो घटनाको विषयमा छानविन गर्न ओडिसा सरकारले समेत छानविन समिति बनाएको छ । भारतीय संचारमाध्यामहरुले समेत किटको चरमलापरवाहीका कारण नेपालका प्रधानमन्त्रीले समेत यो घटनाका विषयमा बोल्नु परेको भन्दै विश्वविद्यालय प्रशासनको कडा आलोचना गर्दै निष्पक्ष छानविनको वकालत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा अन्यायमा परेका नेपालीको पक्षमा आवाज उठाएपछि भारतीय पत्रकार रविश कुमारले खुलेर प्रशंसा गरेका थिए । उनले भनेका थिए, “नेपालका प्रधानमन्त्रीकै कारण न्याय प्रक्रिया अघि बढ्यो“ यो विषयमा भारतीय विदेश मन्त्रालयले समेत प्रष्टिकरण दिइसकेको छ ।

यो घटनापछि पक्राउ परेका अद्धिवक श्रीवास्तवमाथि ४ वटा अभियोगसहित मुद्दा चल्ने प्रकृतिका बाबुले बताएका छन् । ती युवकले नै प्रकृतिलाई पटक पटक यातना दिने गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ ।

नेपालकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाल र भारतमा गहिरो बहस सिर्जना गरिरहेका बेला न्यायको लागि आवाज उठाएका नेपाली विद्यार्थीहरूलाई नै निकाल्ने किट विश्वविद्यालयको निर्णयले थप आक्रोश उत्पन्न गरायो।

तर, जब प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक ट्विटमार्फत यो विषयमा गम्भीर ध्यानाकर्षण गराए, तब घटनाले नयाँ मोड लियो। भारतीय पत्रकारहरू समेतले ओलीको हस्तक्षेपलाई ‘नायकत्वपूर्ण’ भन्दै प्रशंसा गरे, जसले अनुसन्धानलाई तीव्र बनायो। अब प्रकृतिको मृत्युको रहस्य खुल्ने र नेपाली विद्यार्थीहरुले न्याय पाउने आशा बलियो बनेको छ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top