×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना

१४ फाल्गुन २०८१

१४ फागुन, एजेन्सी ।
अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ । न्यूयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलोचीको गर्धन थिचेकोे आरोपमा एमएलएसले मेसीलाई जरिवाना तिराइएको हो ।

यद्यपि, कति जरिवाना तिइएको हो भन्ने खुलाइएको छैन । शनिबारको भएको उक्त खेल २–२ को बराबरीमा सकिएको थियो । लगत्तै यो घटना भएको हो । खेलको अन्त्यमा रेफ्री अलेक्सिस सिल्भासँगको मौखिक विवादका कारण मेसीले पहेलो कार्ड पाएका थिए ।

Advertisement
Advertisement

मैदानबाट बाहिरिँदै गर्दा उनले न्यूयोर्कका सहायक प्रशिक्षक बलोचीलाई केही भनेका थिए । दुई मियामी सहायक प्रशिक्षकले हस्तक्षेप गरेपछि मेसी अघि बढे । तर, उनी फेरि बलोचीतर्फ फर्किएर र गर्धनमा समाएका थिए ।

यो कार्यले बलोचीलाई केही छिन स्तब्ध बने । यसैगरी मियामीका फरवार्ड सुआरेजलाई पनि सोही खेलमा हात अनुहार÷घाँटीमा लगाउने नीति उल्लंघन गरेको आरोपमा जरिवाना तिराइएको छ । सुआरेजले पहिलो हाफको अन्त्यपछि भएको झगडामा न्यूयोर्क डिफेन्डर बिर्क रिसाको गर्धन समातेका थिए ।

मेसी र सुआरेजले कारबाही भोगिरहँदा यता क्रिस्टियानो रोनाल्डोले भने आफ्नो कुल गोलसंख्यामा थप एक गोल एड गरेका छन् । साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २–० ले पराजित गरेको छ ।

नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे ।

इन्ज्युरी समयको अन्तिममा मानेले पेनाल्टी मार्फत गोल गरेपछि नासार विजयी भयो । जितसँगै नासर २२ खेलमा ४७ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अल इत्तिहाद २१ खेलमा ५५ अंकका साथ शीर्ष स्थानमा छ ।

वाहिड २२ खेलमा १३ अंकका साथ रेलिगेसन जोनमा छ । उता स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४–४ को बराबरी भयो ।

बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

रियल मड्रिड र रियल सोडिडाडबिच दोस्रो सेमिफाइनलको पहिलो लेग आज हुनेछ । यता प्रिमियर लिगमा पुछारको क्लब साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष चारमा फर्किएको छ । गएराति स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा हारको सिलसिला तोड्दै चेल्सी शीर्ष चारमा फर्किएको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–० को फराकिलो अन्तरले हराएको हो । पहिलो हाफको २४औँ मिनेटमा क्रिस्टोफोर एनकुन्कुको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो ।

पेड्रो नेटोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । लेवी कोलविलले तेस्रो गोल थपे । त्यसपछि मार्क कुकुरेल्लाको गोलमा चेल्सीले ४–० को फराकिलो जित दर्ता गरेको हो । जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लेको हो ।

चेल्सीले लिगको २७ खेलबाट ४६ जोडेको छ । एक खेल कम खेलेको म्यानेचेस्टर सिटी ४४ अंकमा तालिकाको पाचौँ स्थानमा छ । समान खेलबाट ४४ अंक बनाएको न्युक्यासल छैटौँ स्थानमा छ । गएराति भएको अर्को खेलका क्रिस्टल प्यालेसले ४–१ को जित दर्ता गरेको छ ।

यस्तै ब्राइटनले एएफसी बर्नमाउथलाई र फुल्हामले वुल्भ्सलाई समान २–१ गोल अन्तरले नै हराएका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top