×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वविजेता बुफोन केपी ओली कपमा आउँदै

१४ फाल्गुन २०८१

१४ फागुन, एजेन्सी ।

इटालीका विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् । बुफोन आउने चर्चासँगै उनलाई हेर्न दर्शकहरु पनि आतुर देखिएका छन् । युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा छन् ।

Advertisement
Advertisement

उनलाई नेपाल ल्याउन आयोजक युवा संघले मोटो रकम खर्चन लागेको छ । विश्व स्तरीय फुटबल खेलाडीलाई नेपाल ल्याउन ठूलो रकम खर्चनु पर्ने हुन्छ । उनीहरुको सुरक्षादेखि आउने जाने व्यवस्थासँगै आवासको व्यवस्थाका विषयमा पनि धेरै ध्यान पु¥याउनुपर्ने हुन्छ ।

युवा संघ नेपालका अनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकीडलर मागेको थियो । त्यसपछि केपी ओली कपले पहिलो सिजनदेखि उठेको नाफाबाट च्यारिटी (सामाजिक कार्यमा खर्च) गर्दै आइरहेको बताएपछि बुफोनको म्यानेजमेन्ट टोलीले १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा आउन राजी भएको हो ।

बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रूपैयाँ खर्च हुनेछ । बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् । उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् ।

बुफोनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन् । युवा संघ नेपालका सचिव निरोज पौडेलले बुफोन १७ फागुनमा काठमाडौं आइपुग्नेछन् । सचिव पौडेलका अनुसार सुरुमा ब्राजिलियन स्टार रोनाल्डिन्हो र रोबेर्टो कार्लोसलाई नेपाल ल्याउन प्रस्ताव गरिएको थियो ।

कार्लोसले नेपाल आउने इच्छा पनि देखाएका थिए । तर, कार्यक्रम जुधेको भन्दै अन्तिममा कार्लोसले नेपाल आउने कार्यक्रमलाई स्थगित गरेको सचिव पौडेलले बताए । त्यसपछि विश्वविजेता गोलकिपर बुफोनलाई प्रस्ताव गरिएको पौडेलले बताए ।

बुफोन करिब एक साता काठमाडौंमा रहने छन् । उनलाई माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गराउने र समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ । सचिव पौडेलका अनुसार, बुफोनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका नेताहरूलाई पनि भेट्ने छन् ।

११ गतेदेखि सुरु भएको केपी ओली कपको तेस्रो संस्करण १९ फागुनसम्म एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको छ । क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान तथा सेमिफाइनल र फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।

केपी ओली कपको यो संस्करणमा दुई विदेशी ९ टिमले प्रतिस्पर्धा गर्दै छन् ।यो प्रतियोगिता अन्तर्गत अब पहिलो सेमिफाइनलमा आउँदो शुक्रवार सङ्कटा र आर्मी तथा दोस्रो सेमिफाइनलमा शनिबार मच्छिन्द्र र केपी ओली एफसी खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top