NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

बुफोनले नेपालीलाई भने नमस्ते, केपी ओली कपमा भेट्ने

शुक्रबार फाल्गुन १६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विश्वविजेता बुफोन केपी ओली कपमा आउँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन, एजेन्सी ।

इटालीका विश्व चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् ।

आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने यसअघि नै आयोजक नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घले जानकारी दिएको थियो । बुफोनले आफैँले शुक्रबार यसको पुष्टि गरेका छन् ।

Advertisement

भिडिओमा उनले नेपाली भाषामा ‘नमस्ते सबैजनालाई’ भनेका छन् । त्यसपछि अङ्ग्रेजीमा उनले थपेका छन् । ‘जिजी बुफोन हेयर । म मार्च पहिलो साता नेपाल आउँदै छु । केपी ओली कपको फाइनलको प्रमुख अतिथिको रुपमा आउँदैछु । सबैसँग त्यहीँ भेटौँला !’

सन् २००६ को फिफा विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् । सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

बुफोन विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । बुफोन इटालीको टस्क्यानीमा सन् १९७८ को जनवरी २८ मा जन्मिएका थिए । उनको परिवार नै इटालीका खेल क्षेत्रमा थियो । बुबा एड्रआनो भारत्तोलनमा थिए ।

आमा मारिया स्टेला डिस्क थ्रोअर र उनका दुई दिदी भेरोनिका र ग्युअनडालिना इटालियन भलिबल टोलीमा थिए । १३ वर्षको उमेरमा उनले मिडफल्डरका रूपमा पार्माबाट खेलेका थिए । सन् १९९५ सम्म उनी मिडफिल्डरकै रूपमा रहे ।

त्यसपछि उनले आफ्नो भूमिका परिवर्तन गर्दै गोलकिपर बने । पार्माबाट गोलकिपरका रूपमा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । पार्माबाट उनले ‘सिरी ए गोलकिपर अफ द इयर’को उपाधि दुईपटक पाए ।

यस्तै, २३ वर्षमुनिका खेलाडीहरूलाई युरोपमा दिइने ‘ब्राभो अवार्ड’ पनि उनले पाएका थिए ।युवा संघ नेपालका अनुसार १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा नेपाल आउन उनी राजी भएका हुन् । बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ

करोड रूपैयाँ खर्च हुनेछ । युवा संघ नेपालका सचिव निरोज पौडेलले बुफोन १७ फागुनमा काठमाडौं आइपुग्नेछन् । सचिव पौडेलका अनुसार सुरुमा ब्राजिलियन स्टार रोनाल्डिन्हो र रोबेर्टो कार्लोसलाई नेपाल ल्याउन प्रस्ताव गरिएको थियो ।

कार्लोसले नेपाल आउने इच्छा पनि देखाएका थिए । तर, कार्यक्रम जुधेको भन्दै अन्तिममा कार्लोसले नेपाल आउने कार्यक्रमलाई स्थगित गरेको सचिव पौडेलले बताए । त्यसपछि विश्वविजेता गोलकिपर बुफोनलाई प्रस्ताव गरिएको पौडेलले बताए । बुफोन करिब एक साता काठमाडौंमा रहने छन् ।

उनलाई माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गराउने र समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ । सचिव पौडेलका अनुसार, बुफोनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका नेताहरूलाई पनि भेट्ने छन् ।

Tags: #केपी ओली कप#बुफोनले नेपालीलाई भने नमस्ते#विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोन

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.