ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

१७ फागुन ८१, आइतबार

१८ फागुन , काठमाण्डौ ।

नेपालका दुई ठूला दल नेपाली कांग्रेस र एमाले । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूला यी दुई दलकै नेतृत्वमा अहिले संघीय सरकारदेखि मधेस प्रदेश बाहेकमा प्रदेश सरकारहरु रहेका छन् । सबैभन्दा पूरानो प्रजातान्त्रिक दल कांग्रेसमा नेता पिच्छेका गुटमाथि गुट रहेका छन् ।

उनीहरु गुटलाई आन्तरिक लोकतन्त्र ठान्छन् । तर कम्युनिष्ट विचारधाराको नेकपा एमालेमा गुटको नाम लिनेहरु पार्टीबाटै बर्हिगमित हुने गरेका छन् । एमालेमा लामो समय महासचिव भएर कम्युनिष्ट आन्दोलनलाई अघि बढाएका माधवकुमार रहुन्जेलसम्म पार्टी नेताका रुपमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरे ।

Advertisement

त्यही गुटको बलमा उनी पार्टीको अध्यक्ष बने । तर माधवकुमार नेपालसँगै पूर्व अध्यक्ष झलनान खनालले समेत एमाले परित्याग गरेपछि ओली आफ्ना विरुद्धका आवाजहरुलाई सर्वसम्मतका नाममा दबाउदै आएका छन् । यो परिपाटी पार्टीभित्र मात्रै होइन पार्टीनिकट शुभेच्छुक र भातृसंगठनहरुमा समेत कायम राख्न खोजिएको छ ।

तरपनि एमालेभित्र प्रजातान्त्रिक चुनावी प्रतिस्र्धा र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन भन्दै संस्थापक पक्षलाई चुनौती दिने प्रयास हुँदै आएका छन् । तल्लो तहदेखि माथिल्लो तहसम्म सर्वसम्मति हुनु पर्ने, पार्टी नेतृत्वले जो भन्यो त्यही अक्षरंश पालना गर्नुपर्ने दबाब यथावत रहेको छ ।

यसका लागि अदृश्य पात्रमा रुपमा चर्चामा आइएकी पात्र भनेको चाँही पार्टीकी पूर्व उपाध्यक्ष तथा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । उनको नाममा अहिले एमालेमा संस्थापन पक्षलाई चुनौती दिने प्रयास भइरहेको छ ।

चितवनको दशौं महाधिवेशनमा अध्यक्षका लागि ओलीलाई चुनौती दिने भीम रावल पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परिसकेका छन् । संस्थापनविरुद्ध आवाज उठाउनेहरुले धमाधम स्पष्टिकरण दिनुपरेको छ ।

उनीहरुमाथि निषेधको राजनीति गर्ने गरिएको छ । यस्तै दृश्य मोरङ एमालेको जिल्ला अधिवेशनमा देखिएको छ। नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटनमा बोल्न नदिएपछि पार्टी सल्लाहकार समितिा सदस्य समेत रहेका एमाले नेता विनोद ढकालले मञ्च छाडेर हिंडनु परेको छ ।

प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बोलुन्जेलसम्म मञ्चमा बसेका ढकाल कार्यक्रम संचालक एमाले मोरङ संगठन कमिटीका सचिव रविन थापाले त्यसपछि केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलाई शुभकामना मन्तव्यका लागि बोलाएका थिए ।

घिमिरेले बोल्न सुरु गरेपछि ढकाल मञ्च छाडेर उद्घाटन सत्रबाट बाहिरिएका हुन् । प्रदेश अधिवेशनमा खतिवडालाई चुनौती दिएका ढकालले उनीपछि बोल्न पाउनु पर्ने थियो । तर उनी जिल्ला अधिवेशन आयोजक कमिटिको बोल्ने वक्ताभित्र पर्न सकेनन् ।

केन्द्रीय कमिटी सदस्य रहेका ढकाल कोशी प्रदेश कमिटीको अध्यक्षको उम्मेदवार बनेर सम्मानजनक मत ल्याएका थिए । अधिवेशनमा पराजित भएपनि ढकाल पार्टीभित्रका प्रभावशाली नेताका रुपमा स्थापित रहेका छन् ।

पार्टीले पछि सल्लाहकार कमिटीको सदस्यमा मनोनित गरेपछि उनी सोही भूमिकामा पार्टीभित्र सक्रिय छन् । ढकालले १० औं जिल्ला अधिवेशनको प्रतिनिधि छनौटकै प्रक्रियामा असन्तुष्टि जनाइसकेका छन् ।

उनले आफ्नो पक्षबाट उम्मेदवार नै खडा गरेर जिल्ला अधिवेशनमा पनि पार्टीको मुल लाइनलाई टक्कर दिने कोसिस गरिरहेकाका कारण जिल्ला अधिवेशनमा बोल्न नदिएको उनी निकटका नेता कार्यकर्ताहरूले बताएका छन् ।

एमाले मोरङको अध्यक्षका लागि इतर समूहबाट अध्यक्षमा अजम्वर राईले चुनौती दिँदैछन् । संस्थापन पक्षका यस्ता कदमविरुद्ध वैचारिक रुपमा आवाज उठाउँदा मात्रै कारबाहीको डण्डा भोग्नुपरेपछि पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किने र अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन खुट्टा कमाईरहेकी छन् ।

उनी केही साता अघि कोशी प्रदेशको राजधानी आसपासका जिल्लामा केन्द्रित भएर पार्टीका तल्लोतहसम्मका नेताकार्यकर्ता र संघ संगठनका पदाधिकारीहरुसँग भलाकुसारीमा ब्यस्त भइन् । उनले विराटनगरमा आएर राजनीतिमा प्रवेश गर्ने बारे लामो समयदेखिको मौनता तोड्दै आफु ढिलो चाडो एमालेकै राजनीतिमा फर्किने बताइन् ।

तर पार्टी सदस्यता नविकरण गराईसकेकी उनले त्यो समय अहिले नआएको भन्दै मोही माग्ने ढुंग्रो लुकाउने काम गरेकी छन् । उनको नाममा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिन नेता कार्यकर्ता तयार छन् । जसको नेतृत्वमा विद्या भण्डारीको नाम जोडिएको छ ।

तर न उनले प्रष्टसँग एमालेमा फर्किने आँट गरेकी छन् । नत नफर्किने नै भन्ने सकेकी छन् । राष्ट्र प्रमुख भइसकेकी विद्याको यो नियति पूर्व राष्ट्रप्रमुख पूर्वराजा ज्ञानेन्द्र शाहकै नियतिसँग मिल्दोजुल्दो छ ।

पूर्वराजाले समेत फागुन ६ गते साँझ एउटा भिडियो संदेश जारी गर्दै अहिलेको व्यवस्थाले जनताको अवस्था नबद्लिएकोमा अब आफूले यो टुलुटुलु हेरेर नबस्ने भन्दै जनताको साथ मागे ।

यसका लागि जस्तोसुकै त्याग गर्न पछि नहट्ने भन्दै पूर्वराजाले आफूलाई साथ दिन जनतालाई अपिल गरे । तर आफूहरुको अवस्था बदल्नका लागि जनताले कहाँ कसरी कसलाई कस्तो साथ दिनुपर्ने हो भन्ने आँट गर्न पूर्वराजाले पनि सकेनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top