×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्पको सुरक्षामा ठूलो चूक, एफ १६ नै पठाउनु पर्यो

१८ फाल्गुन २०८१

१८ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिजोर्टमाथिको हवाई सीमामा सुरक्षा सतर्कता बढाइएको छ । यहाँ अनुमति नलिएका विमानहरु प्रवेश गरेका छन् । जसले डोनाल्ड ट्रम्पको सुरक्षामा थ्रेट बढाएको छ ।

Advertisement
Advertisement

तीन विमानहरुले हवाई सीमाको उल्लंघन गरेका छन्, जसलाई रोक्नका लागि एफ–१६ लडाकू विमानहरुलाई नै तैनाथ गर्नु परेको छ । यो घटना फ्लोरिडाको पाम बीचमा भएको हो, जहां ट्रम्पको प्रसिद्ध रिजोर्ट रहेको छ ।

उत्तरी अमेरिकी एयरोस्पेस डिफेंस कमांड (नोराड)ले मार ए लागोमाथिको आकाशमा प्रवेश गरेका तीन नागरिक विमानहरुको बाटो बदल्नका लागि एफ–१६ फाइटर जेट पठाएको थियो । रिपोट्र्सका अनुसार २ विमानहरुलाई रोक्ने क्रममा एफ–१६ ले फ्लेयर्स (चम्किलो प्रकाश) पनि छाड्नु परेको थियो ।

पछि सबै तीन विमानहरुलाई सुरक्षित रूपले पाम बीचको हवाई सीमा बाहिर निकालिएको थियो । यो घटना स्थानीय समयअनुसार ११ः५, १२ः१० र १२ः५० बजे भएको थियो । यद्यपि, यो स्पष्ट भएको छैन कि यी विमानहरु पाम बीचको हवाई सीमामा कुन परिस्थितिहरुमा प्रवेश गरे, तर गत केही साताहरुदेखि यस्ता घटनाहरु पटक पटक भइरहेका छन् ।

द पाम बीच पोस्टले २० फेव्रुअरीमा एक रिपोर्टमा भनेको थियो कि गत महिना ट्रम्पको मार–ए–लागो मा ६ दिनमा तीन पटक हवाई सीमाको उल्लंघन भएको थियो । १५ फेव्रुअरीमा २ पटक र १७ फेव्रुअरीमा एक पटक यस्तै घटना भएको थियो ।

यसको अलावा १८ फेव्रुअरीको विहान पनि १०ः४९ बजे एक थप नागरिक विमानलाई पाम बीचको माथि अनुचित तरिकाले उडिरहेको पाइएको थियो । जसलाई रोक्नका लागि एफ–१६ तैनाथ गरिएको थियो ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनको सुरक्षा एक पटक फेरी हाई लेभलको भएको छ । जतिखेर पनि ट्रम्प मार–ए–लागो जान्छन्, त्यहाँ अस्थायी उडान प्रतिबन्ध(टीएफआर) गर्ने गरिएको छ ।

यी प्रतिबंधहरुका कारण बिना अनुमति विमान र ड्रोनहरु यो हवाई क्षेत्रमा आउन सक्दैनन् । टीएफआरको आंतरिक क्षेत्र १० नटिकल मील र बाहिरी क्षेत्र ३० नटिकल मीलसम्म फैलिएको हुन्छ ।
इतर समूहबाट अध्यक्षमा ब अमेरिकी राष्ट्रपतिको सुरक्षा विश्वकै सबभन्दा कडा र परिष्कृत सुरक्षा व्यवस्थामध्ये एक मानिन्छ । राष्ट्रपतिको सुरक्षा युनाइटेड स्टेट्स सिक्रेट सर्विसले गर्छ । राष्ट्रपति सधैं सिक्रेट सर्विसका एजेन्टहरूको घेरामा रहन्छन् ।

यी एजेन्टहरू अत्याधुनिक हतियार, बुलेटप्रुफ ज्याकेट र सञ्चार उपकरणले सुसज्जित हुन्छन्। आकस्मिक स्थितिमा राष्ट्रपतिको जीवन रक्षा गर्ने विशेष तालिम प्राप्त हुन्छ। “त्जभ द्यभबकत“ भनेर चिनिने राष्ट्रपतिको कार पूर्ण रूपमा बुलेटप्रुफ, बमप्रतिरोधी, र हतियारसहितको हुन्छ।

कारमा राष्ट्रपति बचाउन अत्याधुनिक चिकित्सा सुविधा, अक्सिजन आपूर्ति र सिधै पेन्टागन वा ह्वाइट हाउससँग जडित सञ्चार प्रणाली हुन्छ। यसको ढोका द्ययभष्लन ७५७ विमानको ढोकाजत्रै बाक्लो हुन्छ। यस्तै ह्वाइट हाउस वरिपरि अत्याधुनिक सुरक्षा घेरा, स्क्यानर र विशेष कमान्ड सेन्टर रहेको हुन्छ ।

अवैध गतिविधि वा अनधिकृत व्यक्तिलाई पहिचान गर्न एआई र अनुशार पहिचान प्रणाली प्रयोग गरिन्छ। सुरक्षा बलमा मारिन्स, एफबीआई, सिक्रेट सर्विस, र सीआईएको समन्वय हुन्छ। राष्ट्रपति यात्रा गर्दा प्रयोग गरिने विमान एयर फोर्स वन अत्याधुनिक सुरक्षा प्रविधिहरूले सुरक्षित हुन्छ।

यो मिसाइल प्रतिरोधी प्रणाली, इलेक्ट्रोनिक जैमिङ प्रणाली र सिधै पेन्टागनसँग जडान हुने सुरक्षा नेटवर्क सहित डिजाइन गरिएको छ। आकस्मिक स्थितिमा राष्ट्रपति एयर फोर्स वनबाटै युद्ध रणनीति बनाउन सक्छन्।

राष्ट्रपति जहाँ जान्छन्, त्यहाँ विशेष मोटरकेड तयार गरिन्छ। यसमा बुलेटप्रुफ गाडीहरू, सुरक्षाकर्मीका विशेष गाडी,एम्बुलेन्स र कमाण्ड सेन्टर भएको वाहन समावेश हुन्छ । स्नाइपर टिम, ड्रोन र हेलिकप्टरबाट पनि सुरक्षा दिइन्छ।

यस्तै राष्ट्रपति जहाँ जान्छन्, त्यहाँ पहिले नै सुरक्षा जाँच र वैकल्पिक योजनाहरू बनाइन्छ। आकस्मिक अवस्थाका लागि गुप्त निस्कने बाटो तयार गरिन्छ। कतिपय अवस्थामा डमी कार र फेक राष्ट्रपति प्रयोग गरिन्छ ताकि शत्रुहरू अलमलमा पर्न सकुन्

राष्ट्रपतिको सुरक्षा सिधै पेन्टागन एफबीआई सीआइए एनएसएको निगरानीमा हुन्छ। आकस्मिक स्थितिमा राष्ट्रपतिले कुनै पनि बेला आणविक हमला गर्न सक्ने( ल्गअभिबच ँययतदबिि )कोड सहितको ब्याग) सधैं साथमा राख्ने गर्दछन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top