×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

जेलेन्स्कीले छेडेको नयाँ युद्ध! अमेरिका विनाको नेटो कस्तो होला ?

१९ फाल्गुन २०८१

१९ फागुन ,काठमाण्डौ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको भयो । यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि जेलेन्स्कीमाथि खनिएका थिए ।

Advertisement
Advertisement

युक्रेनको खनिजमा अमेरिकी स्वामित्व हस्तान्तरणका लागि जेलेन्स्की अमेरिका पुगेका थिए । तर उनी त्याहाबाट अपमानित भएर निस्किन पर्याे । बैठकको क्रममा ट्रम्पले जेलेन्स्कीलाई रूससँगको युद्ध अन्त्य गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति सम्झौता गर्न सुझाव दिएका थिए।

तर, जेलेन्स्कीले पुटिनलाई हत्यारा र आतंकवादीको रूपमा चित्रण गर्दै २०१९ को युद्धविराम सम्झौतामा रूसले पालना नगरेको तर्क गरेका थिए। यसले ट्रम्पलाई क्रोधित बनायो, र उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धको जोखिम मोलिरहेको आरोप लगाए।

स्थिति यति तनावपूर्ण बन्यो कि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन अनुरोध गरियो, र उनी बिना डिनर नै त्यहाँबाट निस्किए।ट्रम्प र भान्सले जेलेन्स्कीको अपमान गरेको भनेर विश्वभरका कतिपय नेताहरुले अमेरिकाको आलोचना गरिरहेका छन् ।

अमेरिकी नागरिक समेत जेलेन्स्की र युक्रेनको पक्षमा सडक प्रर्दशनमा उत्रिएका छन् । यस घटनापछि, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भने, हामीलाई यस्तो नेताको आवश्यकता छ जसले हामीसँग सम्झौता गर्न सकोस्, रूससँग सम्झौता गर्न सकोस् र यो युद्ध अन्त्य गर्न सकोस्।

यसैगरी, हाउस अफ रिप्रेजेन्टेटिभ्सका स्पीकर माइक जोनसनले भने, ूकेही परिवर्तन आवश्यक छ। या त जेलेन्स्कीले वार्ताको मेजमा फर्कनुपर्छ, वा कसैले देशको नेतृत्व लिनुपर्छ।
यस घटनाले युरोपेली नेताहरूलाई पनि चकित बनाएको छ।

यो घटनापछि १८ युरोपेली देशले खुलेर युक्रेनलाई समर्थन गरेका छन् । उनीहरुले युक्रेनको सुरक्षाका लागि एकताबद्ध हुँदै नयाँ गठबन्धन बनाएका छन् । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनको रक्षा प्रयासहरू बढाउन आह्वान गरेका छन्।

अमेरिकाबाट अपहेलित भएर लण्डन पुगेका जेलेन्स्कीमा पक्षमा सिंगो युरोप उभिएपछि उनी हर्ष विभोर भएका छन् । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा उनलाई युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको बताएका छन् । “वास्तविक सुरक्षा प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,” उनले लेखेका छन्, “हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ । यो सम्पूर्ण युरोपको माग हो ।”

अमेरिकाको महत्व बुझ्ने भन्दै उनले प्राप्त सबै सहयोगका लागि आभारी रहेको बताएका छन् । उनले हरदिन सहयोगका लागि आभार प्रकट गरेको पनि स्मरण गरेका छन् । आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा युरोपेली देशका नेताहरूको बैठक बसेको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए ।

बीबीसीको प्रश्नको जवाफमा जेलेन्स्कीले भने, “म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर युक्रेनको अवस्था सुन्नुपर्ने हाम्रो सर्त छ ।” जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको सुनिश्चितता चाहेका छन् ।

ट्रम्प, भान्स र जेलेन्स्कीबीचको त्यो विवादले नै विश्वको भुराजनीतिमा ठूलो उचारचढाव ल्याएको छ । रुस अमेरिकासँग प्रफुलित छ भने युरोपले क्रमश अमेरिकी कित्ताबाट आफूलाई अलग गराउने पहल सुरु गरिसकेका छन् ।

डोनाल्ड ट्रम्प सार्वजनिक रूपमा भन्दै छन् कि युरोपले रूसविरुद्ध सुरक्षा जिम्मेवारी लिन सक्रिय हुनुपर्छ। उनले विशेषगरी नाटो सदस्य राष्ट्रहरूलाई जीडीपीको ५ प्रतिशत रक्षा खर्च गर्न आग्रह गरेका छन्।

ट्रम्पको धारणा अनुसार युरोपले आफ्नो सुरक्षा आफैं लिनुपर्छ। ट्रम्पले हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन्। उनले रूसप्रति नरम देखाउँदै युक्रेन र युरोपमाथि आक्रामक नीति अपनाइरहेका छन्।

यसबाट अनुमान गर्न सकिन्छ कि ट्रम्पले अमेरिकालाई नेटोबाट बाहिर निकाल्न सक्छन्, जसले नेटोको भविष्य नै संकटमा पार्न सक्छ। हाल नेटोमा ३२ सदस्य राष्ट्र छन्, जसमा अधिकांश युरोपेली देशहरू छन्।

दशकौँदेखि अमेरिका नेटोको नेतृत्वदायी राष्ट्र रहँदै आएको छ। अमेरिकाले लामो समयदेखि युरोपलाई सुरक्षा प्रदान गर्दै आएको छ। तर, ट्रम्प र पुटिनबीचको सम्बन्धले युरोपेली नेताहरूलाई चिन्तित बनाएको छ।

विशेष गरी वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको विवादपछि जर्मनी, फ्रान्स र बेलायतजस्ता देशहरूमा महत्वपूर्ण निर्णय लिन दबाब परेको छ। यदि अमेरिका नाटोबाट अलग भयो भने युरोपले रूसविरुद्ध संयुक्त रूपमा लड्नुपर्नेछ।

युरोप र रूसको सैन्य शक्ति तुलना :

युरोपेली संघ तर्फ
क्षेत्रफलः ४२,३३,२५५ वर्ग किलोमिटर

जनसंख्याः ४४७ मिलियन

सैन्य बजेटः ३००.८ अर्ब डलर

सक्रिय सैनिकः १२,९८,९६९

रिजर्भ सैनिकः १७,५०,१३२

रूस तर्फ

क्षेत्रफलः १७,०९८,२४२ वर्ग किलोमिटर

जनसंख्याः १४६ मिलियन

सैन्य बजेटः ८६.४ अर्ब डलर

सक्रिय सैनिकः १०,००,०००

रिजर्भ सैनिकः २०,००,०००

हतियार शक्ति तुलना

ट्याङ्कहरूः

ईयुः ४,३७७

रूसः १२,२६७

बख्तरबन्द लडाकू वाहनहरूः

ईयुः ३०,५१०

रूसः २४,१७२

तोपखानाः

ईयुः ६,४१६

रूसः १८,२६६

स्वचालित तोपः

ईयुः १,९६५

रूसः ६,४४३

रकेट तोपः

ईयुः ७७८

रूसः ४,३३१

हवाई र नौसेना शक्ति

लडाकू विमानहरूः

ईयुः ५,३९२

रूसः ४,४१८

पनडुब्बीहरूः

ईयुः (बेलायतसमेत)ः ५९

रूसः ६६

परमाणु हतियारहरूः

ईयुः (बेलायत + फ्रान्स)ः ५१९
रूसः ५,८८९
हाल युरोपभर करिब ७५,००० – १,०५,००० अमेरिकी सैनिकहरू तैनाथ छन्। अमेरिकी सैन्य अखडाहरू ४० भन्दा बढी युरोपेली देशहरूमा फैलिएको छ। यदि अमेरिका नेटोबाट बाहिरिएमा युरोपले ३ लाख थप सैनिकहरू राख्नुपर्नेछ र २६० अर्ब डलर अतिरिक्त वार्षिक रक्षा खर्च गर्नुपर्नेछ।

Advertisement
Advertisement

यदि अमेरिका नाटोबाट बाहिरियो भने युरोपले आफ्नै सामथ्र्यमा रूसविरुद्धको रक्षा रणनीति बनाउनुपर्नेछ, जुन आर्थिक रूपमा कठिन हुनेछ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top